© २०२३
बाँके, ११ चैत ।
राष्ट्रिय गौरवको हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज–गुलरिया खण्डमा हालसम्म ९१ प्रतिशत निर्माण सम्पन्न भएको छ । बाँकी ९ प्रतिशत काम यहि चैत्र महिनाभित्र सम्पन्न हुने भएको छ ।हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका अनुसार नेपालगञ्जको नन्दनी मिल क्षेत्रबाट सुरु भएर बर्दियाको लालपुर चोकसम्म डबल अस्फाल्ट विधिबाट कालोपत्र सम्पन्न भएको छ ।
विसं २०७० माघ १५ गतेदेखि निर्माण सुरु गरिएको उक्त खण्डको गुलरिया नगरपालिका–११ लालपुर चोकसम्म कालोपत्र पूरा भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका योजना प्रमुख ई. लिला बहादुर भण्डारीले बताए । हाल एक किलोमिटर मात्र कालोपत्र गर्न बाँकी रहेको भन्दै उनले पहिलो सिङ्गल कालोपत्रको काम दुई दिनभित्र सम्पन्न हुने योजना प्रमुख ई.भण्डारीले बताए ।
सीमा सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीहरू समेत पानीको अभावमा भारतको एसएसबी क्याम्पबाट पानी ल्याएर खान बाध्य छन् । स्थानीय सरकार राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले स्रोत अभावका कारण समस्या समाधान गर्न नसकेको बताउँदै प्रदेश र संघ सरकारले पहल गर्नुपर्ने जनाइएको छ । दाङ जिल्लामा भारत नेपाल छोएका २२ वटा स्थान रहेका छन । सबैजसो नाकाबासीहरू खानेपानीको अभावमा रहेका छन । केही नागरिक समस्याका कारण बिस्तापित हुन थालेका छन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर, एक धारा अभियानले आधारभूत तहमा खानेपानीको पहुँच सुनिश्चित गरेको दाबी गर्दै आएका छन । उनले प्रदेशमा ९२ प्रतिशत जनतालाई खानेपानी पहुँचमा ल्याएको जानकारी दिएका छन ।
मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सरकार स्थापनाअघि र अहिलेको खानेपानी पहुँचबीच स्पष्ट तुलना गर्न सकिन्छ । ‘प्रदेश सरकारले सघन रूपमा योजना अघि बढाएको छ । अब आधारभूत पानी मात्र होइन, स्वच्छ पानी पु¥याउने संकल्प सरकारको छ,” उनले भने ।
प्रदेशभर तीन हजार १७० साना तथा ठूला खानेपानी आयोजना सञ्चालनमा रहेको पनि आचार्यले बताए । हालसम्म १५ लाख ७ हजार ६६३ जनाले शुद्ध खानेपानी पाएका छन् भने २ लाख ३७ हजार ३४८ धारा वितरण भइसकेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ मा १,३९० आयोजनाका लागि एक अर्ब ५६ करोड ३३ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ यसले नाकाबासीको समस्या सम्बोधन गर्छ ’– उनले भने । अघिल्ला सरकारको पालामा सुरु भए पनि ८० प्रतिशत मात्र सम्पन्न भएका १५६ खानेपानी योजनाहरू यस वर्ष पूरा गरेर पानी वितरण गर्ने सरकारको लक्ष्य छ । यसबाट थप ७ लाख ७ हजार उपभोक्ता लाभान्वित हुने अनुमान गरिएको छ । साथै, आगामी वर्ष ६०–८० प्रतिशत सम्पन्न भइसकेका योजनाहरूमा बजेट थप गरी पूरा गरिने मुख्यमन्त्री आचार्यले बताए ।