ट्रेंडिंग:

>> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस् >> आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै  >> बिराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समुह बिजयी >> बारामा साढे तीन क्विन्टल बढी गाँजा सहीत ५ जना पक्राउ

निशुल्क स्वास्थ्य शिविरले महिलाहरुमा सचेतना बढायो

८ चैत्र २०८१, शुक्रबार
८ चैत्र २०८१, शुक्रबार

दाङ, ८ चैत ।

ग्रामीण क्षेत्रका महिला कामकाजमा व्यस्त रहने भएकाले घोराही उपमहानगरपालिकाले निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । स्वास्थ्यप्रति सजग देखिएकाले स्थानीय सरकारको निर्धारित कार्यक्रम बमोजिम शिविरको आयोजना गरिएको जनाएको छ । दाङको घोराही उपमहानगरपालिका १ मा स्वास्थ्य शिविरमा सोही ठाउँ निवासी ४९ वर्षकी एक जना महिला आइन् । उनलाई तल्लो पेट दुख्ने र गर्हौ काम गर्न समस्या हुने गरेको थियो । घर नजिकैको स्वास्थ्य शिविरमा परिक्षण गर्दा उनको पाठेघरमा मासु पलाएकोे रिपोट आयो र औषधि नियमित सेवन गरेका निको हुने चिकित्सकले सल्लाह दिएको उनले बताइन् । घोराही उपमहानगरपालिकाले महिलाहरुको प्रजनन् स्वास्थ्यका लागि पाठेघरको मुखको क्यान्सर जाँच अर्थात स्क्रिनिङ सेवा निःशुल्क रुपमा सुरु गरेको छ । घरमै व्यस्त रहने महिलाहरुको सेवाको लागि पालिकाले गाउँघरमा सेवा पुराएकोमा उनी जस्तै महिला खुशी भएका छन् ।

पाठेघरको मुखको क्यान्सर जाँच सेवा नागरिक स्वस्थ बनाउने अभियान हरेक नागरिक वर्गमा स्वास्थ्य सेवाको पहुँच बिस्तार गरिनु स्थानीय सरकारको नमूना काम भएको घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले जानकारी दिइन् । पछिल्लो समय महिलाहरुमा बढ्दो पाठेघर क्यान्सर रोकथाम गर्न र यौन तथा प्रजनन् स्वास्थ्य सेवा हरेक परिवारसम्म पुर्याउन निःशुल्क रुपमा यो सेवा सुरु भएको उपप्रमुख डिसीको भनाइ छ । पाठेघर क्यान्सरको जोखिम उच्च हुँदै गएको हुँदा कोहीपनि महिला उपचार अभावमा समस्या झेल्न नपरोस्, यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सेवा र सचेतना सहज रुपमा पाउँदै स्वस्थ जीवन बाँच्न सकून भन्ने उद्देश्यसहित यो सेवा निःशुल्क रुपमा सुरु गरेको उनले बताइन् । ‘महिलाहरुमा अस्वाभाविक रुपमा बढ्दै गएको पाठेघर क्यान्सरको समस्या समाधान गर्न यो अभियान चलाएको हो,’उनले भनिन् । ‘अब कोही पनि महिला उपचार अभावमा क्यान्सर जस्तो घातक रोगको शिकार हुनुपर्ने छैन, सबै महिलाको निःशुल्क परिक्षणसँगै उपचार हामी गछौँ ।’ ‘महिलाको पाठेघरको मुखको क्यान्सर जाँचसहित, यौन तथा प्रजनन स्वास्थ्यका सबै सेवा सुरु भएको छ’ उनले भनिन् ।
यो अभियान घोराही उपमहानगरपालिकाका सबै वडामा पुर्याउन जरुरी रहेको उनले बताइन् । अधिकांश वडामा यो अभियान पुगेको छ बाकी रहेका वडामा पनि पुराउने लक्ष्य रहेको छ । पाठेघरको मुखको क्यान्सर यौन तथा प्रजनन स्वास्थ्य सेवाका बारेमा जानकारी पाउने भएपछि प्रजनन स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको हुँदा हरेक महिलाले पाठेघरको सुरक्षाका लागि जचाउनुपर्छ भन्ने मान्यताको विकास हुने उपप्रमुख डिसीले बताइन्।

यो सेवा प्रत्येक हप्ताको बिहीबारका दिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरमा दिँदै आएको सेवाबाट नियमित पाठेघरको मुखको क्यान्सर जाँचसँगै अरु प्रजनन् स्वास्थ्य सम्बन्धी सेवा दिन सुरु गरेको एक वर्ष पुरा भएको उहाँले बताइन् ।
जटिल प्रकारका बिरामी भेटिए तत्काल जिल्ला बाहिर रिफर गर्नुपर्ने अवस्था आएमा पनि सम्बन्धित अस्पतालमा सिफारिस गरिने व्यवस्था पनि मिलाइएको घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवन्धन शाखा प्रमुख एवं वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक राधा पौडेलले जानकारी दिइन् । सहज रुपमा सेवा नपाउँदा महिलाहरुलाई शारीरिक तथा मानसिक समस्या झेल्नुपर्ने बाध्यता थियो । आफ्ना समस्याका बारेमा भन्न नसकेकाहरुले यो ठाउँमा आएर खुल्न थालेको र समयमा उपचार पाएको उनले बताइन् । स्वास्थ्य शिविरमा सहज उपचार पाउन थालेसँगै उपचारमा आउनेहरुले अपनत्व महसुस गरेका छन् । २०८१/०८२ को साउन देखि फागुन अन्तिमसम्म २ हजार ६ सय ७६ जनाको भिआइए परिक्षण गरेकोमा १ सय ६ जनाको पोजेटिभ देखिएको जनस्वास्थ्य प्रवन्धन शाखा प्रमुख पौडेलले जानकारी दिइन् ।

घोराहीका वडा नम्वर १ मा १ सय २२ जनाको परिक्षण गरेकोमा ३ जना क्यान्सर पोजेटिभ र १४ जनाको आङ खसेको बिरामी भेटिएका छन् । वडा नम्वर २ मा ६४ जनाको परिक्षण गर्दा १ जनामा पाठेघरको मुखको क्यान्सरको आशंका गरिएको छ भने ६ जनाको आङ खसेको भेटिएको छ । त्यसैगरी वडा नम्वर ४ मा २ सय ३८ जना महिलाको परिक्षण गर्दा १९ पाठेघरको मुखको क्यान्सरको आशंका गरिएको छ भने ४६ जनाको आङ खसेको भेटिएको छ । वडा नम्वर ५ मा २ सय ९८ जनाको परिक्षणगर्दा ९ जना पाठेघरको मुखको क्यान्सरको आशंका गरिएको छ भने २६ आङ खसेको भेटिएको छ । वडा नम्वर ७मा १ सय ७८ जनाको परिक्षण गर्दा ५ जना पाठेघरको मुखको क्यान्सरको आशंका गरिएको छ भने १५ जनाको आङखसेको भेटिएको छ । वडा नम्वर ८ मा १सय ११ जना लाई परिक्षण गर्दा ९जना पाठेघरको मुखको क्यान्सरको आशंका गरिएको छ भने २८ जनाको आङखसेको भेटिएको छ । वडा नम्वर ११मा ५२जना लाई परिक्षण गर्दा ४ जना पाठेघरको मुखको क्यान्सरको आशंका गरिएको छ भने ४ जनाको आङखसेको भेटिएको छ । वडा नम्वर १३ मा १सय ५५ जना लाई परिक्षण गर्दा १ जना पाठेघरको मुखको क्यान्सरको आशंका गरिएको छ भने ७ जनाको आङखसेको भेटिएको छ । वडा नम्वर १६ मा ९७ जना लाई परिक्षण गर्दा ६जनामा पाठेघरको मुखको क्यान्सरको आशंका गरिएको छ भने १८ जनाको आङखसेको भेटिएको छ । वडा नम्वर १८ मा १सय ७ जना लाई परिक्षण गर्दा ५जना पाठेघरको मुखको क्यान्सरको आशंका गरिएको छ भने १२ जनाको आङखसेको भेटिएको छ । वडा नम्वर १९ मा ८३ जनालाई परिक्षण गर्दा १०जना पाठेघरको मुखको क्यान्सरको आशंका गरिएको छ भने २० जनाको आङखसेको भेटिएको प्रमुख पौडेलले जानकारी दिइन् । पालिकाको समन्वयमा वडा वडामा पुगेर निशुल्क स्वास्थ्य परिक्षण शुरु गरेपछि महिलाहरुमा स्वास्थ्य प्रति चेतना बढेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission