ट्रेंडिंग:

>> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

बुटवलको पहिचान ‘रात्रीकालीन बजार’

८ चैत्र २०८१, शुक्रबार
८ चैत्र २०८१, शुक्रबार

बुटवलको अमरपथ र ट्राफिक चोकमा सन्ध्याकालीन तथा कालिकापथ क्षेत्रमा रात्रीकालिन बजार सञ्चालन गर्ने बिषयमा भैरहेको प्रयास सार्थक हुँदैछ । बुटवल उपमहानगरले बुटवलमा सन्ध्याकालीन तथा रात्रीकालीन बजारका लागि आवश्यक पूर्वाधार तयार भैसकेको बताउँदै जिल्ला प्रशासन कार्यालयमार्फत आवश्यक सहयोग गर्न माग गरेको छ । त्यसो त बुटवल उद्योग वाणिज्य संघ र होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले पनि बुटवलको बजार चलायमान बनाउने प्रमुख आधार रात्रीकालीन बजार हुने भन्दै धेरै पहिलेदेखि प्रयास गर्दै आएका छन् । जेहोस् प्रशासन कार्यालय सकारात्मक भएको छ । रात्रीकालीन बजारका लागि सवै प्रकृया पूरा भैसकेकोले अव अनुमति दिएर बुटवलको विकासमा एउटा इट्टा थप्ने काम गरिनुपर्दछ । आम आम बुटवलबासीको माग हो । बुटवलमा रहेको लुम्बिनी प्रदेशको अस्थायी राजधानी दाङको देउखुरी लगिएपछि बुटवल एक हिसावले सन्नाटामा छ । बुटवलको आर्थिक विकासमा असर पर्ने कुरा निश्चित थियो । त्यही भयो । अव बुटवललाई चलायमान वनाउने आधार रात्रीकालीन बजार हुनसक्छ । बुटवलका उद्योगी व्यवसायी, होटल व्यवसायी तथा बुटवलका स्थानीय सवैले यही आवश्यकता बोध गरेका छन । अव रात्रीकालीन बजारले सार्थकता पाउने अपेक्षा गरिएको छ । बुटवलबाट राजधानी दाङ सरेपछि बुटवललाई आर्थिक राजधानी बनाउने कुरा अहिले सेलाउँदै गएको छ । वुटवल त्यसैपनि पश्चिम नेपालको बाणिज्य केन्द्रको रूपमा विकास भैरहेको छ । बुटवल पश्चिम नेपालको मात्र नभै समग्र लुम्विनी प्रदेशको औद्योगिक र बाणिज्य केन्द्र हो । त्यसैले यसलाई आर्थिक राजधानी भनिँदा अस्वाभाविक लाग्दैन । बुटवल आर्थिक राजधानी बनिरहँदा यहाँको व्यापार व्यवसाय पनि त्यहीरूपमा विकसित र परिमार्जित हुनु जरुरी छ । त्यसको पहिलो प्रयासको रूपमा बुटवल उद्योग वाणिज्य संघ र होटल तथा रेष्टुरेण्ट व्यवसायीले धेरै पहिलेदेखि गरिरहेको पहल सकारात्मक छ ।

बुटवलका होटल व्यवसायीले कालिकापथलाई रात्रीकालीन बजारको रूपमा विकास गर्न बर्षौदेखि माग गर्दै आएका छन् । बजार सञ्चालनको निश्चित तालिका नहुँदा होटल व्यवसाय सञ्चालनमा धेरै समस्या आउने गरेको होटल व्यवसायीको पीडा छ । अर्कोतर्फ रात्रीकालीन होटल सञ्चालन गर्दा बुटवलको गरिमा र प्रतिष्ठालाई पनि ध्यान दिनुपर्ने जरुरी छ । त्यसमा होटल व्यवसायी सचेत हुनुपर्ने छ । भोली एक दुईवटा घटनाले समग्रह बुटवलकै इज्जतमाथि धब्बा लाग्ने काम हुनुहुँदैन । बुटवलमा रात्रीकालीन बजार सञ्चालन गर्दैगर्दा सुरक्षाको मापदण्डलाई बिर्सनु हुँदैन् । रात्रीकालीन बजारमा सवैभन्दा बढी सम्बेदनशील बिषय सुरक्षाकै हो । तसर्थ बुटवलका होटल व्यवसायी सुरक्षाको बिषयमा गंभीर वन्नु जरुरी छ । बुटवलका व्यावसायिक संघ संस्थाहरूले रात्रीकालिन बजार कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुको प्रशासनको सुरक्षा मापदण्डलाई मध्यनजर गर्नैपर्दछ । निश्चितरूपमा मुलुक आर्थिक मन्दीका कारण चलायमान बन्न नसकिरहेको बेला कम्तीमा पनि बुटवलमा रात्रीकालीन बजारले नयाँ संभावनाको ढोका खोल्नेछ । बुटवल उपमहानगरले समेत रात्रीकालीन बजारका लाग आवश्यक भौतिक पूर्वाधार निर्माणमा ठूलो सघाउ पु¥याएको छ । सिसिटिभी क्यामराबाट निगरानी, हाईमास्ट लाईट जडान, घुम्ति शौचालयको व्यवस्था गरेर बुटवल उपमहानगरले रात्रीकालीन बजार सञ्चालनमा एउटा आधार खडा गरिदिएको छ । अव रात्रीकालीन बजार सञ्चालनका लागि प्रहरी प्रशासनको सहयोग आवश्यक छ । बुटवललाई रात्रीकालीन बजारका रूपमा स्थापित गर्न सकेको अवस्थामा बुटवल बजार देशकै उदाहरणीय बजार हुनेछ । त्यसले बुटवलको गरिमा र प्रतिष्ठा बढ्नेछ । बुटवलमा रात्रीकालीन बजार सुरु हुँदै गर्दा रूपन्देहीको भैरहवा, तिलोत्तमाको मूख्य बजार, सैनामैनाको मुर्गिया क्षेत्रमा समेत रात्रीकालीन बजारको आधार सिर्जना हुनेछ । तसर्थ राम्रो कामको सुरुवात अब छिटै बुटवलबाट हुँदैछ । यो अभियानमा सवै बुटवलबासी जोडिनु आवश्यक छ । बुटवलको गरिमा र पहिचान श्रीबृद्धिमा रात्रीकालीन बजार गहना सावित हुनेछ । सवै बुटवलबासीले होस्टेमा हैसैं गरौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?