© २०२३
बुटवल, ८ चैत ।
नेपाल बैंक लिमिटेड सिटी अफिस खस्यौलीले उजिरसिंह मावि बुटवलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बिगतको बर्षमा जस्तै यस बर्ष पनि वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
नपाल राष्ट्र बैकको ग्लोबल मनि विक कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम गरिएको बैंकका सहायक दिनेश नेपालले जानकारी दिए ।
कार्यक्रममा नेपाल बैंक लिमिटेड सिटी अफिस शाखा प्रबन्धक प्रतिज्ञा सुवेदी तथा सहायक प्रवन्धक देवी भण्डारी, सहायक दिनेश नेपाल, कर्मचारीहरु बुद्धि सागर न्यौपाने, रविन्द्र श्रेष्ठ, उजिरसिंह माविका विद्यार्थी र शिक्षक गरी १०० जना सहभागी थिए ।
कार्यक्रममा बैंकमा हुन सक्ने जोखिमको बारेमा बचत गर्ने तरिका, बैंकिङ कारोबार गर्ने तरिकाको बारेमा तथा बैकद्वारा दिइने सेवा सुविधाको बारेमा शाखा प्रवन्धक प्रतिज्ञा सुवेदीले जानकारी गराएकी थिइन्