ट्रेंडिंग:

>> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने

फुटबलको गौरवः ‘तिलोत्तमा गोल्डकप’

–नेपालको मुख्य चार गोल्डकपहरू खप्तड, बिराट, आहारारा र तिलोत्तमा गोल्ड कप मध्येको एक प्रतिष्ठित प्रतियोगिता – १२ लाख १२ हजार २ सय २२ रूपैयाँ सर्वाधिक राशी र गोल्डकप उपहार ।
८ चैत्र २०८१, शुक्रबार
८ चैत्र २०८१, शुक्रबार

बुटवल, ०८ चैत ।
शनिबारदेखि रूपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शुरु हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेल मैदान प्रतियोगिता आयोजनाका लागि चिटिक्क सजाईएको छ । वर्षभरि नै खेलकुद गतिविधि हुने रूपन्देहीमा तिलोत्तमा गोल्डकप एक वर्षको अन्तरालमा आयोजना हुन लागेको छ । रूपन्देही जिल्ला फुटबल संघले खेलमैदान ३ महिना अघि मर्मत थालेको थियो । मैदानमा माटो पट्याउने, सम्याउने र निरन्तर पानी राखेर हरियो बनाउने काम ३ महिनादेखि रूपन्देही जिल्ला फुटबल संघले थालेको हो । ‘मैदानमा प्रवेश रोक लगाएर नै मर्मतको काम गरेका छौं,’–मैदान संयोजक बुद्धि गुरुङले भने । खेललाई ब्यवस्थित, सुरक्षित र दर्शकको सुविधालाई ध्यानमा राखेर पूर्वाधार मर्मत गरेको उनले बताए । चारैतिर तारजाली गर्ने, रंगरोगनमात्र नभई यसपटक मुल गेट नजिक न्यु होराईजन माबिको सहयोगमा नमुना शौचालय निर्माण गरिएको उनले बताए ।

बुद्धि गुरुङ
खेल मैदान संयोजक

फुटबल खेलको उर्वरभूमि मानिने रूपन्देहीमा वर्षभरि नै फुटबल प्रतियोगिता चलिरहेको छ । अझ सैनामैन नगरपालिकामा भर्खरमात्र यो वर्ष नयाँ गोल्डकप शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमूर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगी संस्था रहेको प्रतियोगिताको २३ औ संस्करणको सम्पूर्ण तयारी पुरा भएको रूपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । नेपालमा खप्तड, बिराट, आहारारा र तिलोत्तमा चार मुख्य गोल्डकप हुने गरेको भन्दै उनले तिलोत्तमा यसैमध्येको एक भएको दाबी गरे । प्रतियोगिताको गरिमा कै कारण यो वर्ष पुरस्कार राशीमा समेत अघिल्लो संस्करणभन्दा १ लाख रूपैयाँ वृद्धि गरिएको उनले बताए । ‘प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रूपैयाँ, गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ,’–उनले भने ।

लोक पुन
अध्यक्ष, एन्फा रुपन्देही

यसैगरि उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रूपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रूपैयाँबाट पुरस्कृत गरिने उनले बताए । ब्यस्त स्याडुलका कारण यो वर्ष डिफेन्डिङ च्याम्पियन मनाङ मर्याङदी क्लब भने प्रतियोगितामा सहभागी नहुने उनले बताए । यो वर्ष आयोजक करेन्ट रूपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरू एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्प्रर्धा गर्ने छन ।

यस क्षेत्रकै गरिमा बोकेको फुटबल प्रतियोगितालाई निरन्तर आयोजना गरेको अनुभवी एन्फा जिल्लाका पूर्वअध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष दिर्घ बहादुर केसी आफनो समयमा देश, विदेशबाट सहयोग जुटाएर प्रतियोगिता गरेको बताउछन । फुटबलको क्रेज कै कारण प्रतियोगिता निरन्तरता गर्नुपर्ने र आर्थिक पाटोमा चुनौती हुने गरेको उनी बताउछन । ‘पछिल्लोसमय प्रतियोगिता आयोजनामा स्थानिय सरकार र ब्यवसायीक घरानाको राम्रो सहयोग छ ।’– उनले भने । ब्यस्त स्याडुलका बाबजुद प्रतियोगितामा राम्रा खेलाडी भित्राउने, बिबादरहित निर्णायक र निर्णय, दर्शकलाई खेल मनोरन्जन जस्ता पाटोमा आयोजक सजग हुनुपर्ने उनको सुझाव छ । चैत ९ गतेबाट १६ गतेसम्म संचालन हुने प्रतियोगितामा १ करोड ८ लाख रूपैयाँ, ८८ हजार रूपैयाँ खर्च हुने अनुमान रहेको छ ।

दीर्घ बहादुर केसी
केन्द्रीय उपाध्यक्ष, एन्फा

‘गोल्डकप’ विजेताहरूको ईतिहास
तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता सुरु भएको थियो । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता जिल्ला फुटबल संघले आयोजना गर्दै आएको छ । बि.सं. २०३३ सालमा भएको पहिलो खेलमा सिद्धार्थ खेलकुद परिषद् रूपन्देही विजयी भएको थियो । दोस्रो संस्करण बम्बई फर्टिलाईजर मुम्बई, तेस्रो, नवौं, दशौं र तेह्रौमा महेन्द्र पुलिस क्लब, चौथो, पांचौ र छैटौंमा कालिका स्पोर्टिङ क्लब, सातौं जनकपुर चुरोट कारखाना विजयी भएका थिए ।त्यस्तै, आठौमा आरएनएसी, एघारौंमा महिन्द्रा एण्ड महिन्द्रा मुम्बई, बाह्रौं र सोह्रौमा त्रिभुवन आर्मी क्लब, चौधौं र अठारौंमा रूपन्देही ११, पन्ध्रौमा फ्रेन्ड्स क्लब, सत्रौमा जावलाखेल युथ क्लब र १९ औं संस्करणको उपाधि सिएमसी संकटा क्लवले जितेका थिए । २० औं तिलोत्तमा गोल्डकपको उपाधि थ्रिस्टार क्लव काठमाडौं, २१ औं संस्करणको उपाधि क्यामरुनको दाउफिन्स क्लबले जितेको थियो । २२ औ संस्करण भने मनाङ मस्याङ्दी क्लब, काठमाडौ विजेता रहेको थियो ।

कस्तो छ करेन्ट रूपन्देही–११
यशोदा फुड्स प्रालि, त्रिमुर्ति ईण्डष्ट्रिज प्रालीको मुख्य प्रायोजन रहेको प्रतियोगितामा आयोजक करेन्ट रूपन्देही–११ टिम यसपटक फाईनल पुग्ने गरि तयारी रहेको प्रशिक्षक पुकार गहतराज बताउँछन । राष्ट्रिय टिमबाट खेलेका अनुभवी गोलकिपर विशाल सुनारले रूपन्देहीको पोष्ट सम्हाल्दैछन । यसैगरि टिममा रूपेश केसी, सुरज थारुसहित ४ जना विदेशी खेलाडीको समेत टुगो लागेको उनले बताए । ‘युवा स्थानिय खेलाडीहरू मिश्रित गरि रूपन्देही ११ तयार भएको छ,’–उनले भने ।प्रत्येक टिममा ३ जना विदेशी र एकजना एशियन मुलका गरि ४ जना विदेशी खेलाउन पाउने एन्फाको मापदण्ड अनुसार नै खेलाडी खेल्न पाउने प्रावधान छ । २१ औं संस्करणमा सेमीफाईनलमा विभागिय टिम नेपाल पुलिस क्लबसँग रूपन्देही पराजित भएको थियो भने अघिल्लो संस्करण पहिलो चरणमा बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?