ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य
विशेष समाचार

लुम्बिनीका २६ सिट : सबै क्षेत्रमा गठबन्धनलाई एमालेको चुनौती

१ मंसिर २०७९, बिहीबार
१ मंसिर २०७९, बिहीबार

न्युज बुटवल टुडे डेस्क
बुटवल,१ म्ंसिर ।

लुम्बिनी प्रदेशका प्रतिनिधि सभातर्फका २६ सिटमा सबै क्षेत्रमा नेकपा एमालेले ६ दलीय गठबन्धनलाई अधिकांश ठाउंमा एक्लै र केही स्थानमा राप्रपान र जसपाको साथमा टक्कर दिने देखिएको छ । २० ग्यारेन्टीसहित नेकपा एमालेको स्मार्ट घोषणापत्र, पार्टी अध्यक्ष केप ीओलीको देशव्यापी चुनावी सभामा देखिएको जनलहरले एमाले पक्षमा जाहोल बढ्दै गएको आंकलन गरिएको छ । २६ क्षेत्र मध्ये रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेलको जित सुनिश्चित रहेको र परिस्थितिमा कुनै फेरबदल नभए अन्य स्थानमका कडा टक्कर भएकाले यसै भन्न सकिने स्थिति छैन ।

रुपन्देही :

रुपन्देही १ मा एमाले सचिव छविलाल विश्वकर्मा र सत्ता गठबन्धनको साथ घनश्याम भुसालबीच प्रतिस्पर्धा हुने देखिएको छ । तर स्थानीय तहको मतका आधारमा सत्ता गठबन्धन भन्दा एमाले राप्रपा जसपा गठबन्धन १२ हजार मतले अगाडि भएकाले छविलाल जित नजिक देखिन्छन् ।

रुपन्देही २ मा एमालेका विष्णु पौडेलले निश्चित जित्ने क्षेत्रमा पर्छ । यहाँ गठबन्धनले जनमुक्तिका केशवबहादुर थापालाई समर्थन गरेको छ ।
गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका राजु गुरुङ र डा कमल भुसाल दुवैको उम्मेदवारी खारेज भएकाले पौडेलको जित निश्चित बनेको हो ।

रुपन्देही ३ मा राप्रपाका दीपक बोहोरा र गठबन्धनबाट गृहमन्त्री समेत रहेका कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय तह चुनावका आधारमा बोहरा ६ हजार भन्दा बढी मतले अगाडि भएकाले बोहोरालाई सहज छ । बोहरालाई एमाले र जनता समाजवादी पार्टीको साथ छ ।

रुपन्देही ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्ला, कांग्रेसका प्रमोद यादव,जसपा,एमाले र राप्रपाका उम्मेदवार ओमप्रकाश यादव गुल्जारीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय तह चुनावको मतका आधारमा जसपा एमाले राप्रपा गठबन्धन थोरै मतले अगाडि छ । यहां जनमत पार्टीका भोपेन्द्र्र यादव पनि प्रतिस्पर्धाको दौडमा छन् ।
रुपन्देही ५ मा तिलोत्तमालाई उत्कृष्ट नगरपालिका बनाएर चर्चा कमाएका युवा र नयां उम्मेदवार एमालेका बासुदेव घिमिरे र कांग्रेसका भरत शाहबीच प्रतिस्पर्धा हुने देखिन्छ । तर १५ वर्षसम्म भरत शाहले उल्लेख्य काम नगरेको भन्दै क्षेत्रका मतदाताहरु घिमिरेको पक्षमा देखिएका छन् ।

कपिलवस्तु

कपिलवस्तु १ मा माओवादीका चक्रपाणि खनाल र एमालेका बलराम अधिकारीबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । गठबन्धनमा रहेको कांग्रेसबाटै बागी उम्मेदवारी परेकोले एमालेका अधिकारीले जित्ने प्रबल सम्भावना रहेको स्थानीयको आंकलन छ ।

कपिलवस्तु २ मा एमालेका बृजेशकुमार गुप्ता र कांग्रेसका सुरेन्द्र आचार्यबीच कडा प्रतिस्पर्धा हुनेछ । स्थानीय चुनावमा कांग्रेस अघि भए पनि यहां गुप्ताको पकड बलियो छ ।
कपिलवस्तु ३ मा एमालेका मंगलप्रसाद गुप्ताको पक्षमा माहोल बनेको छ । यहां कांग्रेसका अभिषेकप्रताप शाह पनि बलिया उम्मेदवार हुन् । स्थानीय चुनावको मतका आधारमा एमाले अघि छ ।

गुल्मी

गुल्मी १ मा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारी बीच तीव्र प्रतिस्पर्धा देखिन्छ । तर कांग्रेसभित्र अन्तरघात हुने खतरा छ । ज्ञवालीको स्वच्छ छविका कारण ज्ञवालीको पल्ला भारी हुने आंकलन छ ।

गुल्मी २ मा एमालेका सचिव गोकर्ण विष्ट र एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीबीच पनि तीव्र प्रतिस्पर्धा देखिन्छ । तर विष्टले क्षेत्रमा गरेका सडक,विद्युत,शिक्षा लगायतका विकास निर्माणमा गरेका काम, मन्त्री हुंदा वैदेशिक रोजगरलाई सुरक्षित बनाउन गरेका निर्णय र उर्जा मन्त्री हुंदा कमाएको लोकप्रियताले विष्टले नै बाजी मार्ने संभावनालाई नकार्न सकिन्न ।
झांक्रीको पार्टीको मत क्षेत्रमा ४३३ मात्र भएकाले माओवादी केन्द्र र कांग्रेसका सबै मत पाउन मुश्किल हुने देखिन्छ ।

अर्घाखाँची

अर्घाखांचीमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र र कांग्रेसकी पुष्पा भुसालबीच प्रतिस्पर्धा छ । स्थानीय तह चुनावको मत अन्ुसार भुसाल केही अगाडि भएपनि रायमाझीले जिललामा गरेका विकास निर्माणले गर्दा उनले कडा टक्कर दिएको अवस्था छ । नतिजा कसको पक्षमा आउंछ भन्न सकिने अवस्था छैन ।

पाल्पा

पाल्पा १ मा एमालेका नारायण आचार्य र गठबन्धनबाट कांग्रेसका ज्ञानवहादुर गाहाबीच प्रतिस्पर्धा छ । एमालेको गढका रुपमा रहेको यो क्षेत्रमा एमालेका आचार्यले जित्ने निश्चित जस्तै छ ।

पाल्पा २ मा एमालेका युवा नेता ठाकुर गैरे र निवर्तमान सांसद समेत रहेका एकीकृत समाजवादीका सोमप्रसाद पाण्डे प्रतिस्पर्धामा छन्।् । स्थानीय तहको वडागत मत विश्लेषणका आधारमा गठबन्धन अगाडि देखिएपनि पटक पटक सांसद र मन्त्री भएका पाण्डे भन्दा मतदाताले पहिलोपटक उम्मेदवार बनेका र अहिलेसम्म लाभको पदमा नपुगेका गैरेलाई अवसर दिने आंकनल छ ।

दाङ ः

दाङ १ मा पुर्व एमालेका तीनजनाबीच प्रतिस्पर्धा छ । तर एकीकृत समाजवादीका मेटमणि चौधरी बलियो छन्।् । एमालेबाटै गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिएकाले एमालेकै नेतृ शान्ता चौधरी दबाबमा छिन्।् ।

दाङ २ मा एमालेका महासचिव शंकर पोखरेल र माओवादी केन्द्रकी स्थायी समिति सदस्य रेखा शर्माबीच कडा प्रतिस्पर्धा छ । गत स्थानीय चुनावको वडागत मत विश्लेषण गर्दा एमाले भन्दा गठबन्धनको मत बढी छ।

दाङ ३ मा कांग्रेसका दीपक गिरी र कोमल वलीबीच प्रतिस्पर्धा छ । स्थानीय चुनावको आधारमा एमालेभन्दा गठबन्धन अगाडि छ । तर स्थानीय चुनावमै कांग्रेसभित्र असन्तुष्टिले कोमललाई फाइदा पुग्न सक्ने विश्लेषण छ ।

प्युठान

प्युठानमा नेकपा एमालेका सुर्य थापा र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच प्रतिस्पर्धा छ । स्थानीय तहको मतका आधारमा पौडेल अगाडि छन् तर विगतमा चुनाव जितेर खासै काम नगरेकाले थापाले कडा चुनौति दिंदैछन् ।

रोल्पा

रोल्पामा माओवादीका उपमहासचिव वर्षमान पुन र एमालेका पूर्ण बुढामगर प्रतिस्पर्धामा छन् । तर यहां पुन अगाडि छन् । तर, माओवादीभित्रको केही असन्तुष्ट पक्षको मत एमालेका उम्मेदवारले पाउने सम्भावनाले पुनलाई तयति सहज भने छैन ।

रुकुम पूर्व

यो जिल्लामा माओवादी केन्द्रका पूर्णबहादुर घर्र्ती र एमालेका कैलाशकुमार मल्लबीच प्रतिस्पर्धा छ । तर घर्ती अंक गणितमा अगाडि छन्

बाँके

बाँके १ मा सत्ता गठबन्धनका माओवादी केन्द्रका महेश्वरजंग गहतराज र एमालेका सूर्यप्रसाद ढकाल प्रतिस्पर्धामा छन्।् । यो क्षेत्रमा एमालेभन्दा गठबन्धन निकै अगाडि देखिन्छ ।
बाँके २ मा जसपाका मोहम्मद इस्तियाक राई र राप्रपाका धवलशम्शेर राणाबीच प्रतिस्पर्धा छ । राईको सो क्षेत्रमा बलियो अवस्था छ तर, एमालेको सहयोग पाएकाले राणाले नतिजालाई फरक बनाउने विश्लेषण छ ।

बाँके ३ मा कांग्रेसका किशोरसिंह राठौर र एमालेका किस्मत कक्षपति प्रतिस्पर्धामा छन् । स्थानीय तह चुनावको मतका आधारमा राठौर अगाडि छन् । तर यहां कांग्रेसभित्रै अन्तराघातको खतरा पनि उत्तिकै छ ।

बर्दिया

बर्दिया १ मा कांग्रेसका निवर्तमान सांसद सञ्जयकुमार गौतम र एमालेका लक्ष्मणराज ज्ञवालीबीच प्रतिस्पर्धा छ । यहां गठबन्धनका माओवादी केन्द्र र कांग्रेसको मत मात्रले पनि गौतम अगाडि छन् ।
बर्दिया २ मा माओवादी केन्द्रका सुरेश पन्थ र एमालेका पंकजसिंह राठौरबीच प्रतिस्पर्धा छ ।

नवलपरासी

नवलपरासी १ मा कांग्रेसका विनोद चौधरी र एमालेको समेत समर्थन पाएका जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी प्रतिस्पर्धामा छन् । कांग्रेसभित्रै अन्तरघातको सम्भावना रहेकाले चौधरीलाई त्रिपाठीले कडा टक्कर दिने देखिन्छ ।

नवलपरासी पश्चिम २ मा कांग्रेसबाट देवेन्द्रराज कँडेल र एमालेका दीपेन्द्र अधिकारी प्रतिस्पर्धामा छन् । स्थानीय चुनावमा वडाध्यक्षतर्फ प्राप्त मतमा कांग्रेस पहिलो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?