ट्रेंडिंग:

>> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो

एसईईको उल्लासमय शुभकामना

७ चैत्र २०८१, बिहीबार
७ चैत्र २०८१, बिहीबार

वि.सं. २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि मुलुकभरि सुरु हुँदैछ । एसईई परीक्षा फलामे ढोका हो । यो पार गरिसकेपछि विद्यार्थीहरूका लागि अवसरको अथाह सागरमा डुबुल्की मार्ने अवसर प्राप्त हुन्छ । तसर्थ सवै परीक्षार्थीमा आजको दिन उल्लासको दिन हो । मिहिनेती सबै विद्यार्थीका लागि यो उत्साहको अवसरसमेत हो । एसएलसीको परिवर्तित स्वरूपका रूपमा एसईई परीक्षा विगत केही वर्षदेखि राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्दै आएको छ । विगतमा एसएलसी परीक्षालाई उच्च शिक्षाको फलामे ढोकाको रूपमा चिनिन्थ्यो । अहिलेपनि त्यसको ओज कायमै छ । एसईई परीक्षाप्रति देशभरिका लाखौँ परीक्षार्थी तथा उनीहरूका अभिभावकको भविष्य जोडिएको छ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसवर्षको परीक्षामा अघिल्लो वर्षको तुलनामा ४९ हजार दुई सय ८६ जना बढी अर्थात पाँच लाख १४ हजार ७१ जना सहभागी हुँदैछन् । कार्यालयले यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । यस वर्षको एसईई चैत ७ गतेदेखि शुरू भएर १९ गते सकिनेछ । देशैभर एकसाथ सुरु हुने एसईई परीक्षाको सफलताको शुभकामना । एसईईको गुणस्तर कुनैपनि अवस्थामा कायम राखिनुपर्छ । शिक्षाको गुणस्तर खस्कनु भनेको राष्ट्रको भविष्यप्रति गम्भीर नहुनु हो । कक्षा १० को यस अन्तिम परीक्षा एसईई विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि नयाँ मार्गहरूको दिशानिर्देश गर्ने सम्बन्धमा निकै महत्वपूर्ण आयामका रूपमा रहँदै आएको छ । यसैबाट विद्यार्थीहरूले आफ्नो भविष्यका लागि कुन प्रकारको शिक्षा ग्रहण गर्ने उपयुक्त निर्णय गर्न सक्षम हुन्छन् ।

यस अर्थमा मुलुकको एसईई समग्र विकासमा सघाउ पु¥याउने दिशा तय गर्ने शैक्षिक माध्यमका रूपमा पनि लिन सकिन्छ । तसर्थ परिक्षार्थीले कुनै भय र डरत्रास नमानी परीक्षामा सहभागी भएर असल र योग्य जनशक्ति निर्माणको ढोका खोल्नेतर्फ अव अग्रसर हुनु जरुरी छ । एसईईलाई परीक्षार्थीले हाउगुजीका रूपमा होइन, सहजताका रूपमा बुझ्न र लिनु जरुरी छ । विद्यार्थीमा आत्मविश्वास बढाउनु जरुरी छ । त्यसै त एसईईलाई ठूलो बिषय बनाउने गरिएको छ तर एसईई परीक्षा मात्र हो र पास गर्न सकिन्छ भन्ने दृढता विद्यार्थीमा हुनुपर्दछ । परीक्षाका अवधिमा राम्रो पढ्नु, खानपान र दिनचर्यामा विशेष ध्यान दिनु जरुरी हुन्छ । परीक्षा नियन्त्रण कार्यालयले भयभित भएर होइन सौहार्दरूपमा परीक्षा दिन विद्यार्थीहरूलाई आग्रह गरेको छ । परीक्षामा विद्यार्थीहरूले संयमता अपनाउनु उत्तिकै आवश्यक पनि छ । परीक्षालाई अनिसयोक्तिको रूपमा होइन स्वाभाविक र नियमित प्रकृया हो भन्ने ठानियो भने सफलता पाउन सकिन्छ । यो विषयमा अव परीक्षार्थीहरूले ध्यान दिनु जरुरी छ । परीक्षालाई सकारात्मक प्रभावको रूपमा ग्रहण गर्ने हो भने विद्यार्थीमा आत्मविश्वास जगाउँछ । त्यसबाट बढी सफलता हासिल गर्न सकिन्छ । परीक्षा भनेको तनाव होइन, वर्षभरि पढेका कुरालाई परीक्षाका माध्यमबाट प्रस्तुत गर्ने भन्ने कुरा विद्यार्थीले आत्मसाथ गर्नुपर्दछ । परीक्षार्थीहरूले ध्यान दिनुपर्ने कुरा के हो भने बिना तनाव, कुनैपनि डर नराखेर परीक्षामा सहभागी हुनुपर्दछ । भोलीको उच्च शिक्षा अध्ययनको अवसरको रूपमा यसलाई सहजतासाथ स्वीकार गर्न सक्नुपर्दछ । मेहनत गरे सफलता टाढा छैन भन्ने आत्मविश्वासका साथ परीक्षार्थीहरू निर्धक्क हुनुपर्दछ । लाखौं परीक्षार्थीहरूलाई अग्रीम सफलताको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?