ट्रेंडिंग:

>> मेन्स सिंगल र डबलमा एपीएफलाई उपाधि >> आदिवासी जनजाति महासंघ कपिलवस्तुको अध्यक्षमा चौधरी >> मौसम प्रतिकुलका कारण पहिलो दिनको खेल प्रभावित, रोकिएको खेल आईतबार बिहान हुने >> २३ औ तिलोत्तमा गोल्डकप शुरु, पहिलो हाफमा एपीएफको अग्रता >> सामाजिक कार्यमा जुट्न नगरप्रमुख पाण्डेयको आग्रह >> प्रकाशन तथा प्रशारण संघ लुम्बिनीमा कुवँर >> मानसिक स्वास्थ्यको समाचार संप्रेषणमा संवेदनशिलता आवश्यक    >> प्रेस चौतारीको महाधिवेसनको तयारी पुरा, अध्यक्षमा पाण्डे र राई भिडदैँ >> आजवाट सुरु हुदैँ आइपीएल, कोलकोत्तामा उदघाटन खेल >> जेआर क्रिकेट क्लबलाई ईलिटको साथ >> विश्वकर्मा युवा समाजद्वारा स्वर्णकार सुपर सिक्स क्रीकेट प्रतियोगिता हुंदै  >> राष्ट्रिय दल बन्न चार सर्त पूरा गर्नुपर्ने, एउटै चिन्हमा चुनाव लड्न नपाइने >> स्थानीय सरकार सञ्चालन ऐनमा विद्यालय शिक्षाका अधिकार >> सीमा तस्करको गोदामबाट नै सामान जफत >> गणेशको लोभिलो ‘कृषि उद्यम’ >> जनकपुरमा आज राप्रपाको खबरदारी सभा >> आजको मौसमः पाँच प्रदेशमा प्रदेशमा बर्षा हुन सक्ने >> आजवाट प्रथम पानी सम्मेलन हुदैँ >> रुपन्देहीमा अब डेक्सा स्क्यान मेशिन >> ६८ औं सहकारी दिवसः बाँकेमा सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने >> लुम्बिनी प्रदेश लिग फुटबलको उपाधि बर्दियाले हात पार्यो >> नेपालगन्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र >> एन्फा देविनगरमा सुविधा सम्पन्न शौचालय >> धनुषामा प्रहरीको हवाई फायर >> काठमाडौं महानगरले चैत १२ गतेबाट स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउने >> जबरजस्ती करणी आरोपमा राइस मिल व्यवसायी पक्राउ >> प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान >> बबईमा सवारी साधनका नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधिको जडान >> पिएम कपमा आर्मी ६ विकेटले विजयी >> प्रचण्डको स्वागतमा बिरगञ्जका मेयर राजेशमान सिंह >> क्रान्तिका लागि तयार रहन रविको अपिल >> बुटवलमा सुरु भयो मिडिया सम्मेलन >> लन्डनको एअरपोर्टमा आगलागी हुदाँ २४ घन्टा बन्द, १३५१ उडान प्रभावित >> इन्डोनेसियामा ज्वालामुखी बिष्फोट, आसपासका सबै उडान रद्द >> स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह >> युद्धविराम भंग भएको तीन दिनमा मारिए ५९० प्यालेस्टाइनी >> प्रहारीको मौनता लुम्बिनीको कक्ररहवा-कालिदह नाकामा तस्करी मौलाउँदै >> रविले दर्ता गरे पाटन अदालतमा निवेदन, सोमबार तोकियो पेशी >> सिराहाका सिडियो हटाएर कपिलबस्तुबाट पठाइयो >> नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक जारी >> युसिएमएस भैरहवामा निःशुल्क दन्त परीक्षण समपन्न >> लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज तल झर्यो, कतिमा हुँदैछ किनबेच ? >> निशुल्क स्वास्थ्य शिविरले महिलाहरुमा सचेतना बढायो >> वेपत्ता भएका भारतीय पर्यटक भटिएनन् >> चीनले ४ जनालाई फाँसी दिएपछि क्यानडा आक्रोशित >> ‘व्यवसायी टिकाउनको लागि सहकार्य गरौं’ >> सरकारसँग समस्या समाधान हुँदैनः अध्यक्ष शेर्पा >> अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको ६० बर्ष पूरा >> चैतमा चमत्कार, साउनमा सन्नाटा ! >> बुटवलको पहिचान ‘रात्रीकालीन बजार’

कर्णालीका महिला सांसदको गुनासो ‘महिला सांसदको सवालले स्थान पाउँदैनन्’

६ चैत्र २०८१, बुधबार
६ चैत्र २०८१, बुधबार

सुर्खेत,६ चैत ।
कर्णालीका महिला सांसदहरुले आफ्ना सवालहरु सञ्चारमाध्यमले वेवास्ता गरेको गुनासो गरेका छन् ।कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका महिला सांसदहरुले आमसञ्चार माध्यममा आफ्ना कुराहरुले स्थान नपाएको गुनासो गरेका हुन् ।
वीरेन्द्रनगरमा संसदीय मामिला सम्बन्धी पत्रकारहरुसँग लैङ्गिक संवेदनशील संसदीय रिपोटिङ्ग विषयक तीन दिने कार्यशालाको समापन समारोहमा सहभागी सांसदहरुले सञ्चार माध्यममा महिलाका सवालले उचित स्थान पाउन नसकेको बताएका हुन् ।
प्रदेश मामिला समितिका सभापति समेत रहेकी सांसद कल्याणी खड्काले कर्णालीका सामाजिक तथा सांस्कृतिक कुरिति अन्त्य गर्ने खालका बहसमा पत्रकारहरुको ध्यान जान नसकेको बताइन् । कर्णालीका समस्या तथा कुरीती विरुद्ध सञ्चारमाध्यममा स्थान दिनुपर्नेमा उनले जोड दिइन् । महिलालाई विशेष गरी राजनीतिमा आउन विविध सामाजिक कारण बाधक रहेको उल्लेख गर्दै खड्काले संविधानमा व्यवस्था भए अनुसार बाध्यकारी नीति अवलम्बन नगरिएसम्म लैङ्गिक समावेशी सहभागिताको सवाल बलियो बन्न नसक्ने बताइन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सन्तोषी शाहीले संसदमा महिलाहरुले उठान गर्ने विषयले कम प्राथमिकता पाउने गरेको बताइन । ‘सरकारले ठुला आयोजनाको अनुगमन तथा अन्य महत्वपूर्ण निर्णय लिदा हामीहरुलाई सहभागी गराइदैन’ उनी भन्छिन्, ‘यसतर्फ पत्रकारहरुले ध्यान पु¥याउन जरुरी छ ।’ नेतृत्वमा रहेका महिलाहरुको क्षमतामाथि प्रश्न उठ्नु स्वभाविक रहेको उल्लेख गर्दै सांसद खड्काले यसबाट उनीहरुलाई नागरिकप्रति उत्तरदायी हुन सिकाउने बताइन ।अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापती एंव सांसद दक्षिणा शाहीले संविधानले सहभागिता अनिवार्य गरेको भएपनि पुरुषवादी सामाजिक चिन्तनले राजनीतिज्ञ महिलालाई जताततै चुनौती रहेको गुनासो गरिन् । आफुले नेतृत्व गरेको समितिमा कतिपय कानून निर्माणका क्रममा पुरुष सांसदबाट अफ्ठ्यारोमा पर्ने गरेको उनले बताइन । शाहीले पुरुषको तुलनामा महिलालाई राजनीतिमा आउन निकै चुनौती रहेको बताइन ।

नेकपा माओवादी केन्द्रका सांसद एवम् पूर्व जलस्रोत तथा उर्जामन्त्री उर्मिला विश्वकर्माले महिला त्यसमा पनि दलित तथा उत्पिडनमा परेका महिलाको सवाल प्राथमिकतामा राखिनुपर्ने बताइन । समानुपातिक निर्वाचन प्रणालीबाट आउने महिलाहरु नेताका आसेपासे र कमजोर हुन्छन् भन्ने मानसकिता त्याग्नुपर्ने सांसद विश्वकर्माको धारणा छ ।माओवादीबाट निर्वाचित रुकुम पश्चिमका सांसद मिलन रोकाले महिलाहरु आफ्नै संघर्षले राजनीतिमा आएतापनि सहजै आएजस्तो व्यवहार गरिएको बताउँछिन् । उनले महिलाका सवालहरु सशक्त ढङ्गले उठान हुनुपर्ने बताइन् । महिलाप्रति हेरिने दृृष्टिकोण एकातिर व्यवहार अर्को हुँदा सहभागिताको सवाल ओझेलमा परेको उनले बताइन ।

सांसद जुुमकिता लामाले संसदमा महिलाले बोलेका विषय आमसञ्चार माध्ययमले खासै प्राथमिकता नदिने गरेको बताइन । समाजमा आवाज उठाउन नसक्ने वर्गको पक्षमा पत्रकारिताले वकालत गर्नुपर्ने उनको भनाई छ । केही गर्न सक्दैनन् भन्ने गलत सोचबाट शिक्षित समाजमा महिलालाई प्रत्यक्ष निर्वाचन प्रणालीबाट विजयी हुन निकै चुनौती रहेको सांसद लामाले प्रष्ट पारिन् ।
यस्तै सांसद बलिमाया बुढाले ठूलो पदमा भएपछि मात्र सञ्चारमाध्यमले लेखिदिने अवस्था रहेको बताइन् । ‘काम गर्ने त हामीहरु पनि हुन्छौ नि’ उनी भन्छिन्, ‘तर, मन्त्री भएपछि मात्र पत्रकारका आँखा पुग्छन् ।’युएन उमनको आर्थिक तथा प्राविधिक सहयोगमा महिला अधिकारका क्षेत्रमा कानुनी वकालत गर्दै आएको महिला, कानून र विकास मञ्चको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?