ट्रेंडिंग:

>> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य

लागूपदार्थ दुव्र्यसन विरुद्ध अन्तर्क्रिया

६ चैत्र २०८१, बुधबार
६ चैत्र २०८१, बुधबार

जितपुर, ०६ चैत ।
मनोपरामर्श, स्नेह र सहयोग नै लागू पदार्थ दुव्र्यसनबाट पुर्नस्थापना गर्ने विकल्प रहेको सरोकारवालाहरूले बताएका छन् । सिद्धार्थ सामाजिक विकास केन्द्रले आयोजना गरेको लागु पदार्थ दुव्र्यसन विरुद्ध सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रममा लागु पदार्थ दुव्र्यसन न्युनिकरणका लागि सबै एकजुट भएर लाग्नुपर्ने सरोकारवालाहरूले प्रतिवद्धता व्यक्त गरेका हुन् । अन्तरक्रिया कार्यक्रममा ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरिक्षक लोकेन्द्र बहादुर जिसीले लागु पदार्थ दुव्र्यसन लागू पदार्थ सेवनका कारण, असर तथा न्युनिकरणका उपायहरू बारेमा प्रकाश पारेका थिए ।उनले खुला सिमा नाकाका कारण लागु औषधको सेवन तथा कारोबार बढी देखिएको र छिमेकी देश भारत र नेपालको लागुऔषध सम्बन्धिको कानुन फरक भएकाले पनि प्रभाव परेको बताए । उनले बाणगंगा नगरपालिकामा लागूऔषध सेवनको अवस्था, मुद्दा दर्ताको तथ्यांक समेत प्रस्तुत गरेका थिए ।

प्रहरी निरिक्षक जिसीले साथी संगति, कौतुहल्ता, उत्सुकता, पारिवारिक समस्या, पढाईमा समस्या लगायतका कारणले गर्दा व्यक्ति लागु पदार्थ दुव्र्यसनमा फस्ने बताउँदै व्यक्तिगत जीवन, परिवार, सामाजिक जिवन, आर्थिक विचलन, सामाजिक मान मर्यादा र अन्त्यमा मृत्यु जस्ता यसका असर रहेको बताए ।बाणगंगा नगरपालिकाका उपप्रमुख रीता कुमारी चौधरीेले लागू औषध पदार्थ सेवन तथा ओसारपोसार न्युनिकरणका लागि नगरपालिकाले नीति बनाउदै बजेट विनियोजन गरिरहेको बताइन । उपप्रमुख चौधरीले विद्यार्थीहरूलाई लक्षित गर्दै विभिन्न विद्यालयमा, नगरका वडा, वाल संजाल, नगर वाल संजाल, युवा संजाल, टोल विकास संस्था लगायत विभिन्न स्थानमा नगरपालिकाले सचेतनामुलक कार्यक्रम गरिरहेको बताएकी थिइन ् ।

चौधरीले पुर्नस्थापना केन्द्रहरूलाई सहयोग गरिरहेको बताउँदै लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियानमा सबै संघ संस्थाहरूसंग नगरपालिका हातेमालो गर्न तयार रहेको बताइन । कार्यक्रममा फ्रिडम फाउन्डेसनका हेमन्त थापा, नागरिक समाज कपिलवस्तुका अध्यक्ष अर्जुन पोख्रेल, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री, भुपु सैनिक खोपानी तथा सरसफाई संस्थाका अध्यक्ष राजेन्द्र विक्रम शाह, श्रृंगीघाट सामुदायिक वनका सचिव कमला खाँण लगायतले लागु पदार्थ दुव्र्यसन विरुद्ध विशेष अभियान संचालन गर्नुपर्नेमा जोड दिएका थिए । संस्थाका सचिव दुर्गा अर्यालले संस्थाको ईतिहास र परिचय तथा आगामी योजनाको बारेमा प्रकाश पारेका थिए ।सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सूर्यकुमारी शाही, संस्थाका उपाध्यक्ष हरिलाल शर्मा र आन्तरिक कार्यक्रम संयोजक रोमकान्त घिमिरे लगायतले बोलेका थिए । अन्तरक्रिया कार्यक्रममा विभिन्न सामाजिक संघ संस्था, सामुदायिक वन, सहकारी, खानेपानी, विद्यालयका प्रमुख तथा प्रतिनिधि, लगायतको उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?