© २०२३
चितवन ।
चालू आर्थिक वर्षको ८ महिनामा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा २० वटा गैंडा मृत भेटिएका छन्। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यी गैंडाहरू प्राकृतिक कारणले मरेका हुन्। मरेका गैंडामा बाघ, गोहीको आक्रमण, एकापसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर र बुढो भएर मृत्यु भएको पाइन्छ।
यस आर्थिक वर्षमा चोरी–शिकारीका कारण कुनै गैंडा मरेको छैन। गत वर्षको तुलनामा गैंडाको मृत्युदर घटेको छ। २०७९/८० आर्थिक वर्षमा २२ गैंडा मरेका थिए, जसमा २० वटा प्राकृतिक कारणले र २ वटा चोरी–शिकारीको कारण मरेका थिए।
नेपालमा गैंडाको संख्या २०२१ को गणनाअनुसार ७५२ रहेको छ, जसमा सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैंडा छन्। बर्दिया, शुक्लाफाँटा र पर्सामा क्रमशः ३८, १८ र ३ गैंडा रहेको तथ्यांक छ।