ट्रेंडिंग:

>> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस् >> आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै  >> बिराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समुह बिजयी >> बारामा साढे तीन क्विन्टल बढी गाँजा सहीत ५ जना पक्राउ

लायन्स सयपत्रीद्धारा दृष्टिविहिनलाई सहयोग

५ चैत्र २०८१, मंगलवार
५ चैत्र २०८१, मंगलवार

बुटवल ।

लायन्स क्लब अफ बुटवल सयपत्रीले सोमबार बुटवल उपमहानगरपालिका वडा नं। १५, उजेलापुरस्थित लुम्बिनी अपाङ्ग, दृष्टिविहिन तथा अनाथ आश्रममा आश्रितहरूका लागि सहयोग गरेको छ। गर्मीमा चिसो पानी पिउन र खाना भण्डारण गर्न सहज होस् भन्ने उद्देश्यले क्लबले आश्रमलाई फ्रिज, दुईवटा ग्यास सिलिन्डर, खाजा तथा तरकारी वितरण गरेको हो।

लायन्स क्लबको हामी सेवा गर्छौ भन्ने अन्तर्राष्ट्रिय नारालाई आत्मसात गर्दै क्लबले आफ्नो वार्षिक कार्यक्रमअनुसार उक्त सहयोग हस्तान्तरण गरेको हो। क्लबकी अध्यक्ष कमला बस्नेत कुँवरको अध्यक्षता, डिष्ट्रिक्ट गभर्नर पुरुषोत्तम भक्त प्रधानांगको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फर्स्ट डिष्ट्रिक्ट गभर्नर बालाराम भट्टराई र सेकेन्ड भिजी सन्दीपको संसोधनमा  विशिष्ट आतिथ्य रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि प्रधानांगले यस कार्यक्रमलाई अन्तर्राष्ट्रिय ग्लोबल कज हंगर रिलिफु अन्तर्गतको एक महत्वपूर्ण प्रयास रहेको भन्दै यस्ता गतिविधिले लायन्स क्लबको मूल मर्म र उद्देश्य प्राप्तिमा योगदान पुग्ने बताए। साथै, लायन्स क्लब अफ बुटवल सयपत्रीले विभिन्न समयमा रचनात्मक कार्यक्रमहरू गर्दै आएको उल्लेख गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे।

कार्यक्रममा फर्स्ट डिष्ट्रिक्ट गभर्नर बालाराम भट्टराई, सेकेन्ड भिजी सन्दीप कसोधन, डिष्ट्रिक्ट ट्रेजरर प्रकाश श्रेष्ठ, एओजी तथा क्लबका पूर्व अध्यक्ष कल्पना शिवाकोटी, रिजन चेयरपर्सन विष्णु उपाध्यायलगायतले दृष्टिविहिन, फरक क्षमता भएका तथा अभिभावक गुमाएकाहरूलाई सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

आश्रमका सञ्चालक लिलाराम मगरले लायन्स क्लबद्वारा गरिएको यस्ता कार्यक्रमहरूले आश्रमलाई ठूलो सहयोग पुग्ने बताउँदै क्लबप्रति आभार व्यक्त गरे। कार्यक्रम संयोजक तथा क्लब सचिव शान्तिलक्ष्मी अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission