© २०२३
कालीकोट।
नेपाल विद्युत प्राविधिक कालीकोट वितरण केन्द्रमा रहेको ट्रास्फर्मरमा समस्या आएपछि अवरुद्ध भएको विद्युत सेवा मंगलबार बाट पुनः संचालनमा आएको छ । कालीकोट वितरण केन्द्रमा रहेको ट्रास्फर्मरमा समस्या आएपछि कालीकोट,जुम्ला र मुगुमा विद्युत अवरुद्घ भएको थियो । प्राविधिक टोली संगको फोन सम्बादका आधारमा समस्याको खोजी गरि सेवा सुचारू गरिएको फ्रोर्मेन तथा मर्मत शाखा प्रमुख जय प्रसाद पाण्डेले बताउनुभयो । पहाडी क्षेत्रमा लामो विद्युतीय लाईन भएकाले विद्युत सेवा पुर्ण रुपमा प्रवाह गर्न विभिन्न कठिनाइ रहेको उहाँले बताउनु भयो ।