© २०२३
कालीकोट।
नेपाल विद्युत प्राविधिक कालीकोट वितरण केन्द्रको वितरण लाईनमा समस्या आएपछि सोमबार बिहानै बाट विद्युत सेवा अवरुद्ध भएको छ । कालीकोट वितरण केन्द्रमा समस्या आएपछि कालीकोट,जुम्ला र मुगुमा विद्युत अवरुद्ध भएको हो । बिहानै बाट समस्याको खोजी गरिए पनि समस्या पत्ता नलागेको फ्रोर्मेन जय प्रसाद पाण्डेले बताउनुभयो । उहाँले भन्नू भयो हामी बिहानै बाटै कहाँ कुन लाईन कट्यो खोजी गरिरहेका छौ तर पत्ता लागेको छैन । हामीले सुर्खेतबाट प्राविधिक समेत बोलाएका छौ भोली मंगलबार सम्म समस्या समाधान हुन्छ । विद्युत सेवा अवरुद्ध भएपछि पछिल्लो सरकारी तथा गैरसरकारी कार्यालयका काम काज प्रभावित भएका छन् ।