ट्रेंडिंग:

>> महिलाले गरेका योगदानको इतिहास तस्वीरबाट पढ्ने अवसर >> प्राकृतिक कारणले ८ महिनामा २० गैंडा मरे >> नेपाली कांग्रेसको पदाधिकारी  बैठक सुरु >> काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति वाग्लेले शपथ लिए >> १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल खेलतालिका सार्वजनिक >> पुल्चोक क्याम्पसमा १७०० मत खसे, मतदान प्रक्रिया जारी >> एसईईको नतिजा असार ७ गतेसम्म सार्वजनिक हुने >> मोरङमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु, ८ घर जले >> पोखरामा स्वतन्त्र विद्यार्थी युनियन चुनावमा तनाव, इन्जिनियरिङ क्याम्पसमा भिडन्त >> बर्दियाबाट एसइइमा ७ हजार ७ सय ६२ विद्यार्थी सहभागी हुँदै >> आज एकै पटक ६ वटा संसदीय समितिहरूका बैठकहरू बस्दै >> आरजुले अमरेशकुमार सिंहविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दा पेसीमा चढ्यो >> इजरायलले गाजा क्षेत्रमा फेरि हमला: ३४ जनाको मृत्यु, ७० जना घाइते >> सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा १७.९३ प्रतिशत बजेट खर्च गरेको जानकारी >> काठमाडौँमा २० करोड रुपैयाँसहित एक जना पक्राउ >> होन्डुरसको रोआटानमा विमान दुर्घटना, सात जनाको मृत्यु >> बारीमा उम्रिएका च्याउ खाएर तनहुँमा एकजनाको ज्यान गयो >> सुनको भाउमा नयाँ रेकर्डः तोलाको एक लाख ७५ हजार दुई सय रुपैयाँ पुग्यो >> लायन्स सयपत्रीद्धारा दृष्टिविहिनलाई सहयोग >> महिनावारीबारे सही जानकारी र स्वस्थ अभ्यास हुनुपर्ने >> लायन्स क्लब अफ बुटवलमा नयाँ नेतृत्व >> शैक्षिक संस्थाहरूलाई एकै खालको नीति आवश्यक >> रात्रीकालीन बजारको मागसहित चार पालिकाको ज्ञापन >> ‘समाजसेवीहरुलाई सम्मानको खाँचो’ >> कालीकोट वितरण केन्द्रको ट्रास्फर्मरमा समस्या समाधान, विद्युत सेवा सुचारू >> झाडी फाँडेर ‘परोपकार कुञ्ज पार्क’ >> त्रिवि आंगिक तथा सामुदायिक क्याम्पसमा स्ववियु चुनाव आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव, वर्षा, हिमपातदेखि हावाहुरीसम्मको सम्भावना >> दीपक थापा बने नेपाल प्रहरीको ३१ औ महानिरीक्षक >> उच्च स्तरीय समितिले कर्णाली सरकारलाई दियो यस्तो सुझाव >> कालीकोटमा विद्युत सेवा अवरुद्ध >> वडा नं ११ र १५ अन्तिम चारमा >> मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुन नसक्ने एमालेको निष्कर्ष >> सिंगापुर र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा >> नागरिक लगानी कोषको खुद कोष २ खर्ब ७३ अर्ब रुपैयाँ नाघ्यो >> दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते >> धनुषामा चोकको नामकरणलाई लिएर दुई पक्षबीचको विवाद, प्रहरी गोली चलाउँदा एक घाइते >> सेयर बजार २७०४ अंकमा झर्यो, कारोबार रकममा घटौती >> सशस्त्र प्रहरीद्वारा ६४ लाख बढीको अवैध सामान बरामद >> एभरेष्ट माविका विद्यार्थीलाई सम्मान >> नेकपा एमालेको सचिवालय बैठक सुरु >> देउवाले बोलाए नेपाली कांग्रेसको पदाधिकारी बैठक  >> प्रधानमन्त्री ओलीलाई २१ बुँदे घोषणापत्र हस्तान्तरण >> युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता हुँदै >> भोजपुरमा बाँदरको समस्याका कारण स्थानीयवासीले आफ्नो घरबास छोड्न बाध्य >> आईजीपी चयन प्रक्रिया: दिपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङको प्रतिस्पर्धा >> ९० वर्षभन्दा माथिका नागरिकलाई राष्ट्रिय परिचयपत्र बिना सेवा दिने व्यवस्था >> भ्वाइस अफ अमेरिकालाई बन्द गर्न ट्रम्पको आदेश >> ‘मे महिनामा हुने एनआरएनए एकता महाधिवेशन नै वैधानिक’ >> अस्पताल भर्ना भएको ३१ दिनपछि पोपको तस्वीर सार्वजनिक

‘मे महिनामा हुने एनआरएनए एकता महाधिवेशन नै वैधानिक’

४ चैत्र २०८१, सोमबार
४ चैत्र २०८१, सोमबार

काठमाडौँ ।

सर्वोच्च अदालतको परमादेश अनुसार गठित  गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)  उच्चस्तरीय समितिको आइतबार बसेको १२ औँ बैठकमा उपस्थित सरकारी प्रतिनिधिहरूले एकताको महाधिवेशनद्वारा निर्वाचित कार्यसमिति नै वैधानिक हुने र मे महिनापछि अर्को अधिवेशन आयोजना गर्छु भन्नु सर्वोच्च अदालतको अवहेलना हुने स्पष्ट पारेका छन्।

बैठकमा बोल्दै कानुन मन्त्रालयकी सहसचिव अरुणा जोशीले सर्वोच्च अदालतको परमादेश कार्यान्वयनको विकल्प नभएकाले सबै मिलेर एकताको महाधिवेशन गर्नु पर्ने बताइन् । उनले  समितिलाई काम गर्नका लागि आइपरेका समस्याहरूबारे चासो राखेकी थिइन् । ‘सर्वोच्चको परमादेश हामीले कार्यान्वयन गर्नै पर्छ । तपाईँहरूलाई काम गर्न केके समस्या छ । मन्त्रालयमा लेखेर पठाउनुस् हामी सहजीकरण गरिदिन्छौँ’, उनले भनिन् ।

बैठकमा गत वर्षको चैत २१ को फैसलाअनुसार आगामी मे ३-५, २०२५ मा काठमाडौँमा तय गरिएको एकता महाधिवेशनका सन्दर्भमा भएको प्रगतिबारे छलफल भएको उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले बताए । बैठकमा सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई तोकिएको मितिमा अधिवेशन गरेर एकताको महाधिवेशनका लागि तयारी गर्न निर्देशन दिने र तोकिएको समयमा अधिवेशन गर्न नसक्नेको हकमा नयाँ संयोजक तोकेर कार्य गाडी बढाउने   निर्णय भएको कुँवरले बताए  ।

यस्तै बैठकमा आर्थिक उपसमितिका संयोजक कुल आचार्यले महाधिवेशनको  आर्थिक पक्षबारे ब्रिफिङ गरेका थिए ।

बैठकले  काठमाडौँमा एकताको  महाधिवेशन गर्नको लागि सहजीकरण गर्न  परराष्ट्र मन्त्री डा आरजु राणा  देउवाले गत ७ मार्च २०२५ का दिन उच्चस्तरीय समितिका सबै सदस्यहरूलाई मन्त्रालयमा आमन्त्रण गरी छलफल गरेकोमा मन्त्री देउवा लगायत परराष्ट्र मन्त्रालयलाई धन्यवाद दिने निर्णय  गरेको छ ।

बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले दुई, दुई पटक पत्र लेख्दा पनि एनआरएनएको सचिवालय, कागजात, एमआइएस प्रणाली लगायतमा  पहुँच नदिइएको र यसले गर्दा एकता महाधिवेशनको तयारी कार्यमा अवरोध भई रहेकाले तत्काल  पहुँच उपलब्ध गराउन सहजीकरण गरिदिन परराष्ट्र मन्त्रालयलाई  अनुरोध गर्ने निर्णय पनि गरेको छ।

“सर्वोच्च अदालतको परमादेश तथा नेपाल सरकारको सहयोग तथा समन्वयमा मे ३-५, २०२५ मा काठमाडौँमा एकता महाधिवेशन हुनेमा ढुक्क हुन,  कुनै भ्रममा नपर्न र  एकता महाधिवेशनलाई सफल पार्न आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न पनि उच्चस्तरीय समिति सम्बन्धित सबैमा आह्वान गर्दछ,” समितिले भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%