ट्रेंडिंग:

>> दीपक थापा बने नेपाल प्रहरीको ३१ औ महानिरीक्षक >> उच्च स्तरीय समितिले कर्णाली सरकारलाई दियो यस्तो सुझाव >> कालीकोटमा विद्युत सेवा अवरुद्ध >> वडा नं ११ र १५ अन्तिम चारमा >> मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुन नसक्ने एमालेको निष्कर्ष >> सिंगापुर र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा >> नागरिक लगानी कोषको खुद कोष २ खर्ब ७३ अर्ब रुपैयाँ नाघ्यो >> दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते >> धनुषामा चोकको नामकरणलाई लिएर दुई पक्षबीचको विवाद, प्रहरी गोली चलाउँदा एक घाइते >> सेयर बजार २७०४ अंकमा झर्यो, कारोबार रकममा घटौती >> सशस्त्र प्रहरीद्वारा ६४ लाख बढीको अवैध सामान बरामद >> एभरेष्ट माविका विद्यार्थीलाई सम्मान >> नेकपा एमालेको सचिवालय बैठक सुरु >> देउवाले बोलाए नेपाली कांग्रेसको पदाधिकारी बैठक  >> प्रधानमन्त्री ओलीलाई २१ बुँदे घोषणापत्र हस्तान्तरण >> युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता हुँदै >> भोजपुरमा बाँदरको समस्याका कारण स्थानीयवासीले आफ्नो घरबास छोड्न बाध्य >> आईजीपी चयन प्रक्रिया: दिपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङको प्रतिस्पर्धा >> ९० वर्षभन्दा माथिका नागरिकलाई राष्ट्रिय परिचयपत्र बिना सेवा दिने व्यवस्था >> भ्वाइस अफ अमेरिकालाई बन्द गर्न ट्रम्पको आदेश >> ‘मे महिनामा हुने एनआरएनए एकता महाधिवेशन नै वैधानिक’ >> अस्पताल भर्ना भएको ३१ दिनपछि पोपको तस्वीर सार्वजनिक >> पिएम कपमा लुम्बिनीद्वारा मधेश प्रदेशलाई १५९ रनको लक्ष्य >> उत्तरी म्यासेडोनियामा नाइटक्लबमा आगलागी, ५९ को मृत्यु  >> पोखरा विमानस्थलमा चीनसँग नियमित चार्टर उडान सुरु >> एसइई परीक्षाको केन्द्राध्यक्ष चयन गोलाप्रथाबाट गर्न मुख्यमन्त्री सिंहको चेतावनी >> नेपाल बिजनेस समिटको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक >> एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै >> नेपाली बजारमा आज सुनको मूल्य स्थिर >> ‘मिसन–२०२६’ को समिक्षा >> कुन मुद्राको कतिमा हुँदैछ काराेबार ? >> हुथी विद्रोहीमाथि अमेरिकाको आक्रमण जारी, ५३ जनाको मृत्यु >> कहिले शुरु हुन्छ सुनिता र बुचको अन्तरिक्षबाट फर्किने प्रक्रिया ? >> कहिले आउँछ पुष्पा-३ ? >> लेस्टरमाथि म्यानचेस्टर युनाइटेडको सहज जित >> एमालेको सचिवालयको बैठक आज बस्दै >> पालिकाको पहलमा मुख्य सडक कालोपत्रे >> पिएम कपमा लुम्बिनी फराकिलो अन्तरले विजयी >> संसदीय समिति किन बन्दैनन् प्रभावकारी ? >> ‘पश्चगमन होईन, अग्रगमनको खाँचो’ >> ढाकामा तानसेन सरकारको बेइमानी >> एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा >> पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले वर्षादेखि हावाहुरीको सम्भावना >> सैनामैनामा लागूऔषध सहित संलग्न व्यक्ति पक्राउ >> स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा तोडफोड तथा धम्की दिएकोप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण >> रूपन्देही प्रहरीद्वारा एक महिनामा ११३ फरार प्रतिवादी पक्राउ >> मजदुरको शव भेटियो >> टेक्टरसहित काठ बरामद >> मेयर कपमा वडा नं ८ र १२ विजयी, सोमबारदेखी क्वाटरफाईनल खेल हुदै >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगित

नेपाल बिजनेस समिटको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक

४ चैत्र २०८१, सोमबार
४ चैत्र २०८१, सोमबार

काठमाडौं ।

नेपाल बिजनेस समिट २०२५ को दोस्रो संस्करणमा वल्र्डलिंक कम्युनिकेशन्सले इन्टरनेट साझेदार ( क्ष्क्ए एबचतलभच ) कोरुपमा साझेदारी गर्ने भएको छ ।

आगामी २०८२ साल बैशाख महिनाको ७ गते ( अप्रिल २०२५) काठमाण्डौंमा आयोजना हुने सम्मेलनमा साझेदारीबारे सुक्रवार वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडकातर्फबाट अध्यक्ष दिलिप अग्रवाल र नेपाल बिजनेश इन्स्टिच्युट ( एनबिआई ) का तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल चेम्वर अर्फ कमर्ष ( एनसिसि ) नेपाल बिजनेश इन्स्टिच्युट ( एनबिआई )को आयोजना रहने सम्मेलनमा बिभिन्न मन्त्रालय र स्थानीय तहहरु, निजि क्षेत्र र अन्तराष्ट्रिय साझेदार निकायहरुले सम्मेलनमा साझेदारी गर्ने छन् ।

वर्ल्डलिंक कम्युनिकेशन्सका अध्यक्ष दिलिप अग्रवालले स्टार्टअप, इनोभसन र सुचना, प्रविधिको विकासमा सरकारले प्राथमिकता दिनुपर्ने बताए । राष्ट्रियस्तरमा आयोजना हुने यसखाले सम्मेलनले सरकारको निति निमार्णमा सहजिकरण र निजिक्षेत्र मैत्री बातावरण निमार्णमा सहयोग पुग्ने बताए ।

त्यसैगरी नेपाल बिजनेश इन्स्टिच्युट ( एनबिआई ) का कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटिका संयोजक विशाल गैरेले सम्मेलनमा संघीय सरकारका उच्च राजनीतिक एवं प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषयविज्ञ, अर्थविद्, बैंकिङविद्, दातृ निकायका प्रतिनिधि, निजी क्षेत्रका अग्रणी संस्थाका नेतृत्वगण, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष÷संचालक तथा उच्च अधिकारी, लब्धप्रतिष्ठित उद्योगी एवं व्यवसायी, उदयीमान युवा तथा महिला, नवप्रवर्तनीय क्षेत्रमा कार्यरत युवा तथा महिला, आईटी तथा डिजिटल प्रविधिमा संलग्न युवा, वैदेशिक रोजगारबाट फर्केको जनशक्ति तथा उच्च शिक्षाका विद्यार्थीहरुसहित करिब ५ सयभन्दा बढीको सघन सहभागिता रहने जानकारी दिए ।

‘इकोनोमी फर अ सस्टे नेबल एण्ड रेजिलेन् फ्युचर’ भन्ने मुल नाराका साथ आयोजना हुने यो बर्षको सम्मेलनमा आर्थिक, बैंकिङ, उद्योग-व्यवसायीक तथा अधिक संभावना बोकेका क्षेत्रहरुमा देखिएका जल्दाबल्दा विषयहरुमा केन्द्रित रहेर सम्बन्धित विषय-क्षेत्रका स्वदेशी तथा विदेशी प्राज्ञ÷विज्ञ, उदीयमान युवा तथा महिला उद्यमीहरुकोवीचमा सघन छलफल, बहस तथा अन्तरक्रिया गरिने र उक्त बहस सत्रहरुबाट प्राप्त हुने दुरगामी महत्वका बहुपयोगी सुझावहरु समावेश भएको निष्कर्ष प्रतिवेदन बनाई उचित कार्यान्वयनका लागि तीनै तहका सरकारहरुलाई हस्तान्तरण गर्ने उद्देश्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?