ट्रेंडिंग:

>> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले

पालिकाको पहलमा मुख्य सडक कालोपत्रे

४ चैत्र २०८१, सोमबार
४ चैत्र २०८१, सोमबार

सल्यान, ०४ चैत ।
छत्रेश्वरी गाउँपालिकाको दिर्घकालीन महत्वको शंखमुल–दारिमज्यूला–जयचौर सडक कालोपत्रे गर्ने कार्य सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले आइतबार औपचारिक रूपमा सिलान्यास गर्दै सडक निर्माण कार्यको शुभारम्भ गरेका हुन् । २ करोड ८९ लाख ८० हजार ५२९ रूपैयाँको लागतमा सडक कालोपत्रे गर्न लागिएको हो ।
सडक निर्माणका लागि आवश्यक बजेट गाउँपालिकाको ५० प्रतिशत तथा समपुरक अनुदानको ५० प्रतिशत गरी प्राप्त भएको छ । चालु आर्थिक वर्षमा करिब २२०० मिटर सडक कालोपत्रे गरिनुका साथै केही स्थानमा नाला निर्माणको काम समेत सम्पन्न गरिने योजना रहेको छ ।

पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै विकास निर्माणका कामहरूलाई निरन्तरता दिइरहेको भन्दै गाउँपालिका अध्यक्ष बुढाथोकीले स्तरिय सडक निर्माण पश्चात स्थानीय बासिन्दाहरूको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न टेवा पुग्ने विश्वास व्यक्त गरे । समग्र पालिकाको विकासका लागि गाउँपालिकाले सक्रियताका साथ लागेर विभिन्न निकाय र क्षेत्रसंगको समन्वयलाई जोड दिइएको उनको भनाइ छ ।

सडक निर्माणको जिम्मा ठेक्का प्रक्रियामार्फत अप्लाइड इन्जिनियरिंग प्रा. लि. कार्यविनायक, ललितपुरले पाएको छ । उक्त कम्पनीले गाउँपालिकासँग १ करोड ८० लाख ८४ हजार २४६ रूपैयाँको लागतमा सम्झौता गरिसकेको छ । सम्झौता बमोजिम तोकिएको समयमा गुणस्तरीय काम सम्पन्न गर्ने निर्माण व्यवसायी पवित्रमान बोहराको प्रतिबद्धता छ ।
सिलान्यास कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, भूमि समस्या समाधान आयोग सल्यानका सदस्य ज्ञान बहादुर खड्का लगायतको उपस्थिती रहेको थियो । गत आर्थिक वर्षमा पनि यस सडक खण्डमा विभिन्न पूर्वाधार निर्माण भएका थिए । नाला निर्माण, आवश्यक स्थानमा रिटेनिङ वाल निर्माण, ह्युम पाइप तथा ग्याविन जाली जडान, मोड सुधार लगायतका कार्य सम्पन्न भएका थिए । यस पटक सडक कालोपत्रे भएमा यातायात सुगम बनाउनुका साथै स्थानीय बासिन्दाहरूलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?