ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

‘पश्चगमन होईन, अग्रगमनको खाँचो’

४ चैत्र २०८१, सोमबार
४ चैत्र २०८१, सोमबार

पूर्वराजाको अभिव्यक्तिले मुलुकको राजनीति यतिवेला तरंगीत वनेको छ । प्रधानमन्त्रीदेखि मन्त्री र पूर्व प्रधानमन्त्रीदेखि दलका नेताहरूसम्मको भाषणमा पूर्व राजाको विषयले चर्चा पाउने गरेको छ । उता राजतन्त्र समर्थक पार्टीहरू राजतन्त्र फर्काउने नाममा जुलुश प्रदर्शन गरेर सामथ्र्य देखाउने अभियानमा छन् । पूर्वराजा ज्ञानेन्द्रलाई सिधै दरबार लान्छौं भनेर उद्घोष गरिरहेका राजावादीहरू नेपाली जनताले लामो संघर्ष पश्चात् प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने जुन सपना देखेका छन, किमार्थ पूरा हुने अवस्था छैन् । गणतन्त्र मिनेटभरको उद्घोषबाट आएको होइन, यसका लागि दर्जनौं नेपालीको रगत पसिना वगेको छ । बर्षाैको राजनीतिक वातावरण तयार भएपछि मात्रै मुलुकमा गणतन्त्र आएको विर्सन सकिदैन् । तसर्थ नेपाली जनताको बलिदानबाट आएको गणतन्त्र यति कमजोर अवश्य छैन् । दुई चार हजार व्यक्तिले आन्दोलन गर्दैमा गणतन्त्रको जग हल्लिने अवस्था छैन । हो निश्चितरूपमा गणतन्त्रलाई कमजोर वनाउने काम भएको छ । नेताहरूले देश विगारेको गुनासो व्यापक छ तर त्यो भन्दैमा गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन् । मुलुकलाई फेरीपनि उही जहानीय शासन व्यवस्थामा फर्काउने काम जनताका लागि कुनैपनि मानेमा स्वीकार हुन सक्दैन् । पछिल्लो समय नेताहरूले एकपछि अर्को कमजोरी गर्दै आएका छन् । त्यही भएरपनि राजतन्त्रबादीहरू सल्बलाएका छन । तर, नेताहरूलाई दोष दिएर व्यवस्था परिवर्तन संभव छैन । यही व्यवस्थालाई अझै परिष्कृत र उन्नत बनाउनेतर्फ अव सोच्नु जरुरी छ । लोकतन्त्रमा बोल्न पाइन्छ । त्यही भएर नै खुल्लमखुला राजावादीहरू सडकमा उत्रिएर आन्दोलित बनेका हुन् । वास्तवमा गणतन्त्र नेता धनी र जनता गरिब बन्नलाई ल्याइएको होइन् । जनता अधिकारका लागि सधैं लड्नुपर्ने, नेता कुर्सीको वरिपरि घुमिरहने हो भने देशमा सुशासन कहिले आउँछ त ? तसर्थ व्यवस्था परिवर्तन भयो, अब जनताको अवस्था परिवर्तनतिर नेताहरू लाग्नु जरुरी छ । जनताको यो आवाज सुन्न नेताहरूले ढिला नगरून् । अहिले सर्वत्र यही गुनासो र प्रश्न नेताहरूमाथि तेर्सिएको छ । निश्चितरूपमा जनतामा पछिल्लोसमय असन्तुष्टी बढेको छ तर त्यो भन्दैमा व्यवस्थालाई दोष दिएर कोही पनि उम्किनु मिल्दैन । यही व्यवस्थाबाट विकल्प खोज्ने हो । यसैलाई अझै परिष्कृत गराउनेतर्फ पहल जरुरी छ ।
राजाबादीहरूले अहिले जुन प्रदर्शन गरेर राजतन्त्र फर्काउने सपना देखेका छन, त्यसका पछि कुनै शक्तिको हात रहेको कुरा अहिले चर्चामा छ । यद्यपि त्यो प्रयास त्यत्तिकै पूरा हुन सक्दैन् । लोकतन्त्रमा निर्वाचनमार्फत व्यवस्था परिवर्तन गर्न सकिन्छ । दुई तिहाई जनताको मतबाट संविधान संशोधन गर्न सकिन्छ तर जनता अव पछाडी फर्कने छैनन् । जनताका लागि राजतन्त्र स्वीकार हुनै सक्दैन । जनता यही व्यवस्थामार्फत परिवर्तनको चाहना राख्छन् । फेरीपनि मुलुकलाई पुरानै अवस्थामा फर्काउनु भनेको नेपाललाई दारुण युगमा लगेर सिध्याउनु हो । अतः नेपालमा अव व्यवस्था परिवर्तन होइन, जनताको अवस्था परिवर्तनको खाँचो छ । यही व्यवस्था सर्वस्वीकार्य छ । हो जनतामा असुन्तष्टी बढेको छ तर असन्तुष्टीका नाममा फेरीपनि राजाको सर्वोच्चता कुनैपनि अवस्थामा स्वीकार्य हुन सक्दैन् । आजको २१ शताब्दीका जनताले परिवर्तन चाहन्छन, पछाडी फर्कने संभावना अव छैन, त्यो सोच्नपनि सकिदैन् । राजावादीको प्रदर्शनले नेतालाई सच्चिन पाठ सिकाएको छ । उनको अहिलेको कदमले जनताको आवाजलाई दबाउने र समाजका अधिकांश वर्गका अधिकारलाई अस्वीकृत गर्ने पनि निश्चित छ । राजनीतिक दलहरूबीचको अनेकताले लोकतान्त्रिक व्यवस्थालाई सुरक्षित राख्न मद्दत गरेको छ । नेपालको लोकतन्त्रको स्थायित्व भनेको केवल राजतन्त्रको अन्त्य मात्र होइन, बरु सामाजिक न्याय र समान अवसरको प्रतीक पनि हो । नेपाली जनताको भविष्य लोकतान्त्रिक र न्यायपूर्ण समाजमा मात्र सम्भव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?