© २०२३
बुटवल, ३ चैत । चारपाग्रे सवारीमा नाम कमाएको टाटा मोटर्स कम्पनीको ३ नया मोडलका ईभी चार पाग्रे सवारी बुटवलमा लन्च गरिएको छ । नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी र यस क्षेत्रको डिर्लस सफल अटो ईन्टरनेश्नल प्रालिले आईतबार कालिकानगरस्थित शोरुममा टाटाका कर्भ ईभिसहित टियगो ईभी, नेक्सन के थ्रि ईभी कारहरु लन्च गरेको हो ।
एक समारोहका बिच बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव मुक्ति प्रसाद अधिकारीले नया मोडलका कारहरु लन्च गर्दै टाटा कम्पनी विश्व बजारमा पुरानो र नाम चलेको सवारी साधन उत्पादक भएको बताए । समय अनुसार उपभोक्ताको माग र चाहनालाई मध्येनजर गरि टाटाको ईभी कार नेपाली बजार उपयोगी भएको उनले बताए । बुटवल बजार सवारीको हबका रुपमा रहेको भन्दै टाटा कम्पनीको खपत धेरै रहेको र उपभोक्ताको मागलाई पुरा गरिरहेको उनले बताए ।
कार्यक्रममा सिप्रदीका जिएम सावन्तजंग सिजापतिले रुपन्देही बजारमा टाटाको सवारीको खपतमा पहिलो नम्बरमा रहेको भन्दै यही हिसाबबाट पनि रुपन्देही बजारलाई विशेष प्राथमिकतामा राख्दै आएको दाबी गरे । सवारी बिक्रिपछिको सेवामा आफुहरु विशेष चासो दिएर आधुनिक र उपयोगी नया सुविधासम्पन्न वर्कसप सुभारम्भ गरि सेवा दिने तयारीमा रहेको उनले बताए । बुटवल शोरुममा आईतबार र सोमबार दुई दिनसम्म कार बुकिङ गर्ने उपभोक्तालाई एक वर्षलाई ईन्सुरेन्स कम्पनीबाट ब्यहोर्ने र चार्जिङ समेत आजिवन निशुल्क हुने उनले घोषणा गरे ।
कार्यक्रममा नेपालका लागि टाटाका कन्ट्रि म्यानेजर श्री प्रसन्न रंगनाथनले अटो मोबाईल क्षेत्रमा टाटाको उत्पादन नेपाली बजारमा राम्रो खपत रहेको बताए । टाटाको ग्राहकबाट प्राप्त हुने प्रतिक्रिया आफुहरुलाई सबैभन्दा धेरै उपयोगी हुने भन्दै यसको आधारमा नया र मोडिफाई सवारीहरु बजारमा ल्याउदै गरेको उनले बताए ।
कार्यक्रममा सिप्रदी सेल्स चिफ म्यानेजर निर्मल खत्री तीन वटै नया कारका विशेषताहरु प्रकाश पारे । कर्भ ईभी बजारमा सर्वाधिक रुचाईएको दाबी गरे । एडभान्स डिजाईनमा रहेको लक्जरियस र प्रिमियम वुफे डिजाईन यो पहिलो भएको उनले बताए। १८ ईन्चको टायर, १३ ईन्चको टच स्क्रिन, जेभिएलको ९ स्पिकर जडान, लगेज पर्याप्त राख्न मिल्ने प्रविधियुक्त रहेको छ। २१ वटा ईन्टेलिजेन्स फिचर, ६ वटा एयर ब्याग, ७० वाटको ब्याट्री चार्ज, पाच वटा कलर अप्सन रहेको छ। कारको २६ लाख देखि ५७ लाख रुपैयासम्मको बजार मूल्य रहेको छ ।
यसैगरि अघिल्लो वर्ष लन्च भएको टिआगोको नया स्वरुप, फिचरमा नया मोडेल बजारमा ल्याएको उनले बताए । उपभोक्ताको फिडब्याकको आधारमा नया स्वरुपमा ल्याएको उनले बताए । २०१८ मा पेट्रोल भर्जनमा बजारमा आएको नेक्सन २०२१ मा नेक्सन ईभी गर्दै बजारको माग अनुसार अहिले नया नेक्सन के थ्रि गेम चेन्जरका रुपमा बजारमा ल्याएको उनले दाबी गरे । टाटाको नया डिजिटल डिजाईनका रुप, ग्राउण्ड क्लियरेन्स, सुरक्षा सिस्टम, नया टेक्नोलोजीसहितको साउण्ड सिस्टम, म्याप, सुचना दिने डिस्प्ले,६ वटा कलर अप्सन लगायत रहेको छ ।
कार्यक्रममा सफल अटोका संचालक दिनेश शर्माले सिप्रदीसंगको सहकार्यमा यस क्षेत्रमा चारपाग्रेका सबै खोले सवारी र सेवालाई ध्यान दिने बताए ।
कार्यक्रममा सिप्रदी सिनियर म्यानेजर डिलर सेल्स मेघराज ढुगेल, सफल अटोका अध्यक्ष भावध्वज ढुगाना, शोरुम म्यानेजर सन्दिप पोखरेलले सवारीको बारेमा जानकारी दिए ।