ट्रेंडिंग:

>> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै

रंगहरूको पर्व होलीको शुभकामना

१ चैत्र २०८१, शुक्रबार
१ चैत्र २०८१, शुक्रबार

सामाजिक सद्भाव, एकता, सहअस्तित्व र रङ्हरूको पर्व होली हाम्रो घर आँगनमा आईपुगेको छ । हरेक बर्ष हिमाली र पहाडी जिल्लामा एक दिन र त्यसपछिको अर्को दिन तराईका जिल्लामा होली धुमधामका साथ खेलेर मनाईन्छ । जस अनुसार तराईको होली आज खेलिदैछ । होलीको पूर्व सन्ध्यामा बिहीवार बुटवल उद्योग बाणिज्य संघले संघको सचिवालयमा होली मिलन कार्यक्रम गरेको छ । होलीलाई त्रेता युगमा भगवान विष्णुका भक्त प्रल्हादसंग जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफै आगोमा भष्म भएकी थिईन् । सोही दिनदेखि होली पर्व सुरु भएको मानिन्छ । होलीकाले आफूले पाएको अग्नीप्रतिरोधक शक्तिको वरदानलाई दुरूपयोग गरेको हुनाले जलेर मर्नु परेको विश्वास गरिन्छ । यसप्रकार, असत्य माथि सत्यको विजय भएको यही घटनाको स्मृतिमा उल्लाख मनाउन ‘सत्य डग्दैन असत्य टिक्दैन’ भन्ने मान्यताका साथ यो पर्व सुरुवात भएको मानिन्छ । होलीको समयमा चोरी चकारी तथा होलीको बहानामा उच्श्रंङ्खल तथा अपराधिक गतिबिधि पनि हुन सक्ने भएकोले प्रहरी प्रशासनले विशेष ध्यान दिनु जरुरी छ । यद्यपि प्रहरीले होलीको अवसरमा हुने उच्छृंखल गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । वसन्त ऋतुको आगमन र हेमन्त ऋतुलाई बिदाइ गर्ने फागुपूर्णिमामा रङसँग खेलेर मनाइने पर्वको मौलिकता जोगाईराख्नुपर्ने आवश्यकता छ ।

फागुपूर्णिमामा रङसँग खेलेर मनाइने यो पर्व बिग्रिएको सम्बन्ध सुधार्ने अवसर पनि हो । होली सबैका लागि विशेष पर्व हो । यसलाई सुरक्षाको साथमा मनायौँ भने पर्वको रौनकता आउनेछ । तसर्थ होली खेल्नुअघि विशेष ध्यान दिनु जरुरी छ । युवाहरूले होलीलाई पिरती गाँस्ने पर्वका रूपमा लिने गरेका छन् । यस दिन युवक युवती अबिर, रङ खेल्दै ठूलो रौनकका साथ होली खेलिन्छ । पहिले–पहिले पानीमा विविध सुगन्धित वस्तुहरू मिसाइने गरिएपनि अचेल भने पानीको लोला हान्ने प्रबृत्तिले होलीको रौनकता गुमेको महसुस हुने गरेको छ । होली रङको पर्व भएका कारण रङ छ्यापेर यो पर्व मनाउने गरिन्छ । फागु पर्व चीरसंग पनि सम्वन्धित रहेको छ । भगवान् श्रीकृष्णको गोपिनीसँगको सान्निध्यताको प्रसङ्गसंग जोड्ने समेत गरिएको छ । श्रीपञ्चमीका दिन वसन्त श्रवण गर्दा रतिदेवको अर्चना भएपछि फाल्गुन शुक्ल अष्टमीमा चीर गाडेर भगवान् श्रीकृष्णको गोपिनीसँगको प्रेमभावको संस्मरण गर्ने प्रचलन यो पर्वसँग छ । तसर्थ रंगहरूको पर्व होलीलाई प्रेम र सदभावको पर्वका रूपमा मनाउनेतर्फ ध्यान दिनु जरुरी छ ।

होलीको अवसरमा राष्ट्रपति, पूर्व राष्ट्रपति, प्रधानमन्त्री, लगायत नेताहरूले शुभकामना दिदै होलीले राष्ट्रिय एकता कायम गर्न प्रेरणा प्रदान गर्ने विश्वास गर्नुभएको छ । निश्चित रूपमा यो पर्व धर्म, जाति र क्षेत्रभन्दा माथि उठेर एकैसाथ मनाईने भएकोले यसले राष्ट्रिय एकता अभिबृद्धिमा ठूलो योगदान पु¥याउँछ । एक अर्कालाई रङ लगाई खुसियाली साटासाट गर्दै खेलिने फागु पर्व अर्थात होलीले हामी नेपालीबीच रहेको धार्मिक र सांस्कृतिक सदभावलाई अझै घनिभूत वनाउन सहयोग पु¥याउँछ । अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको फागु पर्वले सबैको घर परिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सक्नुपर्दछ । होली पर्वका अवसरमा हुने विकृतिलाई निरुत्साहित गर्दै सभ्य रूपमा होली मनाउनुपर्दछ । अहिलेपनि होलीलाई बिकृत वनाउने काम हुँदै आएको छ । तसर्थ होलीलाई सामाजिक एकता र सदभावको पर्वका रूपमा मनाउन लोला हान्ने, फोहोर पानीको प्रयोग गर्ने कामलाई निरुत्साहित गर्नु जरुरी छ । रंगहरूको पर्व होलीले नेपालीबीच एकता र सदभाव बढाओस् । शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?