ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

होली उत्सवः रङ्गले ‘विद्यालय चिरिच्याट्ट’

१ चैत्र २०८१, शुक्रबार
१ चैत्र २०८१, शुक्रबार

कपिलवस्तु, ०१ चैत्र ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाको वडा नम्बर २ मा भेला भएका युवा र किशोर किशोरीहरू विद्यालयको सरसफाईमा व्यस्त देखिन्थे । कोही झाडी सफाई गर्दै थिए भने कोही विद्यालय रंग रोगनमा मग्न थिए ।
समूह समूहमा बिभाजित भएका एक समूहका युवा किशोर किशोरीहरू भने आवासिय कार्यक्रमका लागि होलीका स्थानीय परिकार बनाउन खटिएरै लागेका थिए । रंगरोगनको कार्यमा किशोरी किशोरी उत्साहित भएर लाग्दै गर्दा विद्यालयका प्रधानाध्यापक, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारी हौस्याउँदै थिए । प्रसङ्ग हो, होली उत्सवलाई रचनात्मक र सिर्जनशिल बनाउनको लागि आयोजना गरिएको “मुन डे” को । पुर्ण चन्द्र देखिने दिनलाई “मुन डे” को रूपमा परिभाषित गर्दै होली पर्वको पूर्व सन्ध्यामा मनखोरियाको विद्यालय सपार्न किशोर किशोरीको समूह लागिपरेको देखिन्थ्यो ।जिल्लाको मायादेवी गाउँपालिका वडा नं. २ मनखेरियामा रहेको श्री जनता आधारभूत विद्यालयमा भेला भएका विद्यार्थीले बिहीबार र शुक्रबार पूर्ण चन्द्र उत्सवको रूपमा मुन डे मनाउँदै छन् । मायादेवी गाउँपालिकाका युवा समूहमा आबद्ध युवा तथा किशोर किशोरीहरू, युवा अभियान (युथ ईनिसेटिभ) बाट देशका बिभिन्न स्थानबाट आएका अभियन्ता, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, आयोजक र सहयोगी संघ संस्थाका प्रतिनिधिले मुन डेको कार्यक्रममा सहभागिता जनाएका छन् ।
युनाईटेड मिसन टु नेपाल (युएमएन), युएमएन मेडिकल एण्ड डेभलप्मेन्ट ट्रष्ट र दलित सामाजिक बिकास केन्द्रले कार्यक्रम आयोजना गरि सो अवसर जुराएका हुन । देशमै युवाहरूलाई रचनात्मक गतिबिधीमा सरीक गराउने अग्रसरता लिएको युवा अभियान (युथ ईनिसेटिभ) को प्रस्तावका आधारमा आयोजक संस्थाले कार्यक्रमको आयोजना गरेका हुन् । जुन कार्यक्रममा विद्यालयको व्यवस्थापन समिति, शिक्षक र मायादेवी गाउँपालिकाले समेत सहकार्य गरेको छ ।
कार्यक्रममा स्थानीयस्तरको समन्वय गरेका परिर्वतनशील युवा समाज, सुर्या युवा क्लब, लुम्बिनी युवा समाज, जन कल्याण युवा क्लव, सुर्योदय युवा क्लब, लक्ष्मी युवा क्लब र समुदाय युवा समाजका युवाहरूले सक्रीय सहभागिता जनाएका छन । युवा अभियानका १० जना प्रतिनिधी सहित स्थानियस्तरको प्रतिनिधित्व गर्दा ६० जनाको टोली मुन डे मनाउन खटिएको छ । टोलीले विद्यालय परिसरको सरसफाई सगै विद्यालयको दुई कोठामा रंगरोगन पुरा गरेका छन् । त्यसै गरि मुन डेमा खुला युवा बहस, समुदाय भ्रमण, संस्कृति आदानप्रदान र होलीमा खाईने स्थानीय परिकार तयार पारी सो बारेमा जानकारी दिईने छ । यहाँ जम्मा भएका युवालाई दुई दिनसम्म आवासिय रूपमा होली उत्सवमा सरिक गराउने आयोजकको योजना छ ।
घर परिवारबाट टाढा नगएरै मनाइने गरेको होली पर्वमा सामूहिक रूपमा रचनात्मक कार्यमा सरिक भएर मनाउन पाउदाँ खुसी लागेको लुम्बिनी युवा समाजकी सदस्य रहेकी मायादेवी गाउँपालिका वडा नम्बर २ कि किशोरी सुनिता कुमारी कोहारले बताईन । “एक अर्कालाई रंगरोगन गर्नु भन्दा विद्यालयमा रंगरोगन गरेर हामी मुन डे मनाउँदै छौं । बिशेषतहः हामी किशोरीहरूले रचनात्मक कार्यमा सरिक हुँदा धेरै नै खुसी छौं,” उनले भनिन् । मुन डे क्याम्पले युवाहरूलाई एक अर्काको संस्कृती प्रति सामाजिकीकरण गर्ने सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ कि किशोरी आफिया आलमले बताईन । “मेरो समुदायको कुरा ममा मात्रै सीमित छ । तर हामीले गर्ने छलफलले हाम्रा बुझाई, समस्याहरूको समाधान गर्ने सिप र बिबिधता प्रति सहि सन्देश प्रदान गर्छ । यो कार्यक्रम साहैं्र प्रभावकारी हुने देखेकी छु,” आफियाले भनिन ।
देशभरका चार विद्यालय मध्ये आफ्नो विद्यालय छनौट गरि होली उत्सवको अवसरमा विद्यालय रंगरोगन, सरसफाई र संस्कृती साटासाटको कार्यक्रम आयोजना गरिनु सह्रानिय बिषय भएको विद्यालयका प्रधानाध्यापक नुर आलम खानले बताए । युवाहरूलाई होली उत्सवमा सिर्जनशिल बनाउने उद्देश्यका साथ पालिकाका ८ वटा वडाका युवालाई सरिक बनाएर कार्यक्रम गर्न थालिएको दलित सामाजिक बिकास केन्द्र सिवाईसिसी परियोजनाका कार्यक्रम संयोजक जितेन्द्र चौधरीले जानकारी दिए । कपिलवस्तु सहितका चार वटा जिल्लाका सामुदायिक विद्यालयहरूमा रंगरोगन, सरसफाई र सांस्कृती आदान प्रदानका गतिबिधीमा सहकार्य गरेर कार्यक्रम गर्न थालेको युवा अभियानका अध्यक्ष पवन गौतमले बताउछन । पहिलो पटक कपिलवस्तु सहित सुनसरी, सिन्धुपाल्चोक र पर्सा जिल्लामा युवा अभियानले अभियानका युवालाई परिचालन गरि सामुदायिक विद्यालयहरूमा यस्ता रचनात्मक अभियान चलाएको गौतमले जानकारी दिए । पर्वहरूलाई रचनात्मक र सिर्जनशिल बनाउने उद्देश्यको साथ युवा अभियानको प्रस्तावमा सहकार्य गरि मुन डे क्याम्पको आयोजना गरिएको युएमएनकी परियोजना अधिकृत धनी रावतले बताईन । युएमएनको साझेदारीमा डिएसडीसीद्वारा सञ्चालित सिवाईसीसी र शान्तीका लागि स्थानिय समता परियोजनाको उद्वेश्यलाई पुरा गर्ने गरि युवा अभियानको प्रस्तावका आधारमा कार्यक्रम आयोजना गरिएको उनले प्रष्ट पारिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?