ट्रेंडिंग:

>> सुनको भाउ हालसम्मकै उच्च >> अमेरिकाको रेड लिस्टमा चढयो भुटान, हटाउन भुटानको अपिल >> बुटवलमा मिडिया सम्मेलनः के के विषयमा हुँदैछ छलफल ? >> यस्ताे छ अन्तरिक्षयात्री सुनिता बिलियम्सको पारिवारिक जीवन, छिन निः सन्तान >> एनसेल फाउण्डेसनद्वारा २ सय ६० विद्यार्थीलाई झोलासहित शैक्षिक सामग्री >> लागूपदार्थ दुव्र्यसन विरुद्ध अन्तर्क्रिया >> रियलमी सि ७५ छिट्टै बजारमा आउने >> हामीलाई कति वन चाहिन्छ ? >> रोकिएन सेवाग्राहीमाथिको सास्ती >> सल्यानमा अखिल क्रान्तिकारीको तीन, नेविसंघ र अनेरास्ववियुको दुई दुई क्याम्पसमा नेतृत्व >> कपिलवस्तु बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल विजयी >> स्ववियू निर्वाचनः कहाँ कस्ले जिते ? >> बीउ उत्पादक किसानलाई बाधक बन्यो खुल्ला सीमा >> आजदेखि शुक्र अस्त : के गर्नुहुन्छ, के गर्नु हुँदैन ? >> आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> कमल थापाले नवराज सुवेदी समितिलाइ दिए मान्यता, तोके पार्टी प्रतिनिधि >> बुटवल कन्सेप्ट पपले विविध कार्यक्रम गर्ने >> राजेन्द्र लिङ्देनकै नेतृत्वमा राजावादीको आन्दोलन अघि बढाउने राप्रपाको निर्णय >> प्रधानमन्त्री कप क्रिकेटः बागमती र कर्णाली प्रदेश विजयी >> मेयर कप फुटबलमा अन्तिम चारको टुगो >> उदयपुरमा आगलागी हुँदा करोडौंको क्षति >> प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीको दोस्रो जित >> कर्णालीमा एसईईका लागि एक सय ८० परीक्षा केन्द्र >> बागमती प्रदेशमा अस्पतालहरूको दर्ता र नवीकरणका लागि अनलाइन सेवा >> सेयर बजार २७ सय तल झर्यो, कारोबार रकम घट्यो >> महिलाले गरेका योगदानको इतिहास तस्वीरबाट पढ्ने अवसर >> प्राकृतिक कारणले ८ महिनामा २० गैंडा मरे >> नेपाली कांग्रेसको पदाधिकारी  बैठक सुरु >> काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति वाग्लेले शपथ लिए >> १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल खेलतालिका सार्वजनिक >> पुल्चोक क्याम्पसमा १७०० मत खसे, मतदान प्रक्रिया जारी >> एसईईको नतिजा असार ७ गतेसम्म सार्वजनिक हुने >> मोरङमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु, ८ घर जले >> पोखरामा स्वतन्त्र विद्यार्थी युनियन चुनावमा तनाव, इन्जिनियरिङ क्याम्पसमा भिडन्त >> बर्दियाबाट एसइइमा ७ हजार ७ सय ६२ विद्यार्थी सहभागी हुँदै >> आज एकै पटक ६ वटा संसदीय समितिहरूका बैठकहरू बस्दै >> आरजुले अमरेशकुमार सिंहविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दा पेसीमा चढ्यो >> इजरायलले गाजा क्षेत्रमा फेरि हमला: ३४ जनाको मृत्यु, ७० जना घाइते >> सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा १७.९३ प्रतिशत बजेट खर्च गरेको जानकारी >> काठमाडौँमा २० करोड रुपैयाँसहित एक जना पक्राउ >> होन्डुरसको रोआटानमा विमान दुर्घटना, सात जनाको मृत्यु >> बारीमा उम्रिएका च्याउ खाएर तनहुँमा एकजनाको ज्यान गयो >> सुनको भाउमा नयाँ रेकर्डः तोलाको एक लाख ७५ हजार दुई सय रुपैयाँ पुग्यो >> लायन्स सयपत्रीद्धारा दृष्टिविहिनलाई सहयोग >> महिनावारीबारे सही जानकारी र स्वस्थ अभ्यास हुनुपर्ने >> लायन्स क्लब अफ बुटवलमा नयाँ नेतृत्व >> शैक्षिक संस्थाहरूलाई एकै खालको नीति आवश्यक >> रात्रीकालीन बजारको मागसहित चार पालिकाको ज्ञापन >> ‘समाजसेवीहरुलाई सम्मानको खाँचो’ >> कालीकोट वितरण केन्द्रको ट्रास्फर्मरमा समस्या समाधान, विद्युत सेवा सुचारू

सरकारः रेमिट्यान्सको उपयोग गर

२९ फाल्गुन २०८१, बिहीबार
२९ फाल्गुन २०८१, बिहीबार

चालु आर्थिक वर्षको सात महिनामा अर्थतन्त्रको बाह्य क्षेत्र सबल देखिएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार रेमिट्यान्स बढेको छ भने विदेशी मुद्रा सञ्चिती पनि उच्च बिन्दुमा पुगेको छ । चालु आवको पछिल्लो सात महिनामा नौ खर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । मुलुकका लागि यो खुसीको कुरा हो तर रेमिट्यान्सको समुचित उपयोग भएन भने त्यसले समाजमा नकारात्मक अवस्था सिर्जना गर्न सक्छ । यो बिषयमा सरकारको ध्यान जानैपर्दछ । अहिले रेमिट्यान्स बढेर नौ खर्ब ५८ करोड रूपैयाँ पुगेको छ । यही अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ७४ हजार छ सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ९० हजार आठ सय ८६ रहेको छ । यसले के देखाउँछ भने युवाजति नेपालमा नबस्ने अवस्था सिर्जना हुँदैछ । रेमिट्यान्स आयको उत्पादनशील उपयोगका विषयमा निकै चर्चा र बहसहरू हुने गरेपनि सरकारले ठोस कदम चाल्न सकेको छैन । रेमिट्यान्सबाट प्राप्त आयको अधिकांश हिस्सा गैरउत्पादन क्षेत्रमा खर्च भइरहेको छ । रेमिट्यान्स आयको उत्पादनशील र दिगो उपयोगमा जोड दिन नसक्ने हो भने नेपालको अर्थतन्त्रमा भविष्यमा ठूलै समस्या नआउला भन्न सकिन्न । यस विषयमा सरकारले बेलैमा सोच्नुपर्ने देखिएको छ । रेमिट्यान्स आयको आकार बर्सेनि बढ्दो क्रममा छ ।

यसको उपयोग भने अनुत्पादक क्षेत्रमा भइरहेको छ । यदि यस्तै भइरहने र कुनै दिन रेमिट्यान्स आयमा पनि ‘ब्रेक’ लाग्ने अवस्था आयो भने मुलकको आर्थिक क्षेत्रमा नराम्रो असर पर्नेछ । नेपाल राष्ट्र बैंकको पछिल्लो अध्ययनको नतिजाले रेमिट्यान्स प्राप्त गरिरहेका नेपालका ८० दशमलव ८ प्रतिशत घर परिवारको रेमिट्यान्सबाहेक आयको अन्य स्रोतबाट खर्च धान्न नपुग्ने र १८ दशमलज ८ प्रतिशत घरपरिवारले उपभोग खर्चको लागि रेमिट्यान्स आयमा पूर्णरूपमा भर पर्नुपर्ने देखिएको छ । प्राप्त भइरहेको रेमिट्यान्स आयमध्ये २३ प्रतिशत दैनिक उपभोगमा, २५ प्रतिशत ऋण तिर्न, ९ प्रतिशत शिक्षा स्वास्थ्यमा, ३ प्रतिशत सामाजिक कार्यमा, ३ प्रतिशत सम्पत्ति खरिद गर्न, १ प्रतिशत व्यापार व्यवसायमा र ५ प्रतिशत अन्य कार्यमा खर्च भइरहेको अध्ययनबाट देखिएको छ । उक्त खर्चबाट बाँकी रहने करिव २५ प्रतिशत रकममात्रै बचत भएको देखिनु चिन्ताको कुरा हो । यसरी हेर्दा नेपालमा बर्सेनि ठूलो आकारमा रेमिट्यान्स भित्रिने गरेको भए पनि यसको अधिकांश हिस्सा उपभोग र अन्य गैरउत्पादन क्षेत्रमा खर्च भइरहेको छ । त्यसैले यसलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नका लागि सरकारले नीति–नियम बनाउन र योजना तर्जुमा गर्न ढिला गर्नुहुँदैन । मुलुकका अधिकांश ग्रामीण क्षेत्रमा रेमिट्यान्स आय भित्रिने हुँदा निकासीजन्य घरेलु उद्योगहरूमा यस्तो आयको लगानी बढाउन प्रेरित गरिनुपर्छ । यसका लागि रोजगारीमा गएका घरपरिवारका सदस्यहरूलाई कृषि, पशुपालन, घरेलु उद्योगजस्ता व्यावसायिक क्षेत्रहरूमा लगानी गर्न उत्पे्ररित गरिनुपर्छ । यसतर्फ सरकारले बेलैमा कदम चालोस् । कुनै एक देशका नागरिक अर्को देशमा गई आर्जन गरेको रकम स्वदेशमा पठाउने रकम रेमिट्यान्स हो । सामान्य अर्थमा विदेशको कमाइ नै रेमिट्यान्स हो । वैदेशिक रोजगारमा गएर कमाएको रकम स्वदेशमा प्राप्त भएपछि सो रकम रेमिट्यान्स हुन आउँछ । अहिले धेरै नेपाली विदेशमा गएर कमाइ गरिरहेका छन् । उनीहरूले कमाएको पैसा नेपालमा पठाउँछन् । यसबाट उनीहरूको आम्दानी भएको छ र उनीहरूको जीवनस्तर उकासिएको छ । तर, सधैभरी विदेशको कमाई यही रफ्तारमा आउँछ भन्ने छैन । रेमिट्यान्स नआएको अवस्थामा अर्थतन्त्रलाई बचाईराख्ने उपायको खोजीतर्फ सरकारको ध्यान जानैपर्दछ । अतः आगामी दिनमा यसको उपयोग कृषि, पशुपालन वा व्यापार आदि उत्पादनशील क्षेत्रमा लगानी गर्नेतर्फ सरकारको ध्यान जाओस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?