ट्रेंडिंग:

>> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै

राप्ती स्वास्थ्य  विज्ञापन प्रतिस्ठानमा बंगलादेशका बिरामी 

२८ फाल्गुन २०८१, बुधबार
२८ फाल्गुन २०८१, बुधबार
दाङ ,२८ फागुन ।
दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आँखाको उपचारका साथै  सानादेखि ठुला अप्रेसन हुन थालेपछि सेवा थप प्रभाबकारी हुँदै गएको छ । जिल्ला भित्र र बाहिरबाट आँखाको उपचार गर्न प्रतिष्ठानमा आउने संख्या बढ्दै गएको छ   ।  प्रतिष्ठानको सेवा प्रभाबकारी बन्दै गएपछि बंगलादेशबाट आँखाको अपरेसन गराउन बिरामी आएका छन ।
४२ वर्षीय कुञ्जा नाम गरेकी बंगलादेशी महिला विगत २ वर्ष देखि देब्रे आँखा ठूलो र बाहिर निस्किदै आइरहेकोले आफ्नै देशमा आँखाको डाक्टरसंग उपचार गर्न पुग्छिन्। आँखाको गेडीको पछाडि र मस्तिष्क नजिक भएको ठूलो ट्युमर पुरै निकाल्न नसकिने र निकाल्दा आँखाको नशा समेत बिग्रिन सक्ने भन्ने कुरा त्यहाँको डाक्टरले उपचार सेवा परामर्श दिन्छन्। नेपालमा यसको सफल शल्यक्रिया हुन्छ भनेर बाँके जिल्लामा बसोबास गर्ने आफ्नी बहिनी र ज्वाइँले नेपाल आउन सल्लाह दिए अनुसार  नेपालगन्जमा आँखा रोग विषेशज्ञ कहाँ उपचारको लागि बोलाउँछन्।
नेपालगन्ज स्थित आँखा अस्पतालमा कार्यरत आँखा रोग विषेशज्ञले एमआरआई गरी आँखाको गेडी पछाडि र मस्तिष्क नजिक ठूलो ट्युमर रहेको र त्यस्को उपचारको लागि घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान  प्रतिष्ठानमा कार्यरत  अकुलोप्लास्टिक सर्जन तथा आँखा क्यान्सर विज्ञ सह-प्राध्यापक   डा. सुरेश रसाइलीसंग शल्यक्रियाको लागि रिफर गरिदिन्छन्। बिरामीको आवश्यक सम्पूर्ण चेकजाँच गरी शल्यक्रिया गर्नलाई डा. रसाइलीले मंगलबार एनेस्थेसियोलोजीष्टसंगको सहकार्यमा बेहोश बनाई शल्यक्रिया गर्ने सुझाव दिन्छन्।
मस्तिष्क नजिक ठूलो ट्युमर रहेको तर, भास्कुलर ट्युमर भएकोले हड्डीलाई नकाटीकन पनि पुरै निकाल्न सकिने उनले सुझाव दिन्छन्। सोही अनुरूप पुरै बेहोश बनाई डा. रसाइलीको नेतृत्वमा डा हिमाङ, डा. श्रद्धा लगायत एनेस्थेसियोलोजीष्ट डा. राजन शाक्य र स्वास्थ्यकर्मि टीमको सहभागीतामा जटिल शल्यक्रिया सफलतापुर्बक सम्पन्न भएको छ। शल्यक्रिया पश्चात बिरामीको आँखाको ज्योति नर्मल रहेको र कुनै समस्या नभएको जानकारी डा. रसाइलीले दिए ।
विगत पौषमहिनादेखि  प्रतिष्ठानमा अक्यूलोप्लास्टिक सर्जरी तथा आँखाको क्यान्सर सम्बन्धी विशिष्टीकृत सेवा सञ्चान हुँदै आइरहेकोले अनुहार तथा आँखाको कस्मेटिक सर्जरीका साथै आँखाको क्यान्सर सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रियाको सेवा प्रभावकारी भइरहेको उनले बताए। थाइराइड हर्मोनको समस्याले आँखामा पार्ने सम्पूर्ण जटिलताको पनि उपचार र शल्यक्रिया प्रतिष्ठानमा भइरहेको छ।
बन्द भएको आँशु नलिको छालामा चिरफार नगरी नाकभित्रबाट दूरबिनको माध्यमबाट पनि सफल शल्यक्रिया भइरहेको जानकारी डा. रसाइलीले दिए । साथै मोति बिन्दुको अत्याधुनिक प्रविधि फेकाेइँमुल्सिफिकेशन सर्जरीबाट स्वदेशी तथा विदेशी प्रीमियम लेन्स इम्प्लान्ट , सुईबिना, दुःखाइरहित, बिना चिरफार सफल शल्यक्रिया भइरहेको पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?