ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

दीप बोर्डिङमा नमुना निर्वाचन

३० कार्तिक २०७९, बुधबार
३० कार्तिक २०७९, बुधबार

बुटवल, ३० कात्तिक ।

बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा बुधबार नमुना मतदान सम्पन्न भएको छ ।

मङ्सिर ४ गते हुन गइरहेको संघ र प्रदेश तहको निर्वाचनको सन्दर्भमा विद्यार्थीहरूलाई प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । नमुना मतदानमा कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूले संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिक गरी ४ वटा मतपत्रमा मतदान गरेका थिए ।

निर्वाचनमा ५५४ जना विद्यार्थी मतदाताहरूको नाम प्रकाशित भए तापनि जम्मा ५४१ जना विद्यार्थी मतदाताहरूले मतदान गरेका थिए । नमुना मतदानमा ९७.६५ प्रतिशत मतदाताले मतदान गरेको नमुना मतदान कार्यक्रम संयोजक अमर खत्रीले जानकारी गराए ।

मतदानमा नेपाल सरकार मातहतका म्यादी प्रहरी र विद्यालयका स्वयंसेवकले सुरक्षा प्रदान गरेका थिए । प्रत्यक्ष निर्वाचनतर्फ संंघमा एक सिट, समानुपातिकका लागि ३ सिट, प्रदेशतर्फ प्रत्यक्षमा २ सिट, प्रदेश तर्फ समानुपातिकका लागि ३ सिट निर्धारण गरी गरिएको नमुना निर्वाचनमा डाँफे, लुम्बिनी, सगरमाथा, जनकपुर र कर्णाली गरी जम्मा ५ वटा दलले उमेदवारी दिएका थिए भने स्वतन्त्रतर्फ कसैको उमेदवारी परेको थिएन ।

चार वटा मतदान केन्द्रमा सम्पन्न नमुना मतदानमा एक वटा मतदान केन्द्रबाट विद्युतीय मतदान गर्न सकिने व्यवस्था मिलाइएको थियो भने बालकृष्ण पाठक, विकास हमाल, दीपकचन्द्र भुसाल र पुरुषोत्तम पाण्डेयले मतदान अधिकृतको भूमिका निर्वाह गरेका थिए ।

नमुना मतदान कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मतदाता शिक्षाका लागि निर्वाचन आयोगले गर्ने काम दीप बोर्डिङ हाई स्कुलले गरेको र यसले आउँदो मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि विद्यार्थी मार्फत अभिभावकहरूलाई मतदाता शिक्षामा महत्वपूर्ण योगदान पु¥याउने बताए । साथै उनले यसपटक गर्न नसकिए पनि आगामी निर्वाचनको सन्दर्भमा बुटवल उपमहानगरपालिकाले यस क्षेत्रमा रहेका विद्यालयहरूमा नमुना निर्वाचनका लागि सहयोग र समन्वय गर्ने बताए ।

विद्यालयका प्राचार्य तथा नमुना निर्वाचनका प्रमुख निर्वाचन आयुक्त टीकाराम न्यौपानेले नमुना निर्वाचनले संघ र प्रदेशमा प्रत्यक्ष र समानुपातिकतर्फ जनताको प्रतिनिधित्व कसरी हुन्छ ? मतदान कसरी गर्ने ? मतदानमा के कति मतपत्र हुन्छन् ? मत कसरी पट्याउने भन्ने कुरा विद्यार्थीहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

प्रचार्य न्यौपाने प्रमुख आयुक्त रहेको नमूना मतदानमा उपप्राचार्यत्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, प्लस टु संयोजक वसन्त कुमार जोशी, लेखा प्रमुख रेखा श्रेष्ठले निर्वाचन आयुक्त, विज्ञान संकायका संयोजक कमल नेपाल, कक्षा ९ र १० का संयोजक के.बी. खाम्चा, गणित विषय प्रमुख जनक पन्थीले पर्यवेक्षक, एकराज गुरागाईं र अनिल पङ्गेनीले विद्युतीय मतदानको संयोजन, विजय सापकोटाले सुरक्षा संयोजन, सन्दिप बस्याल र रेखा आचार्यले स्थलगत व्यवस्थापन, कृष्ण भुसालले मतदानको कार्यालयीय व्यवस्थापन गरेका थिए ।

नमुना मतदानको मतगणना बिहीबार बिहान १० बजेदेखि गरिने र त्यसको नतिजा दिउँसो २ बजेभित्र घोषणा गरिने प्रमुख निर्वाचन आयुक्त टीकाराम न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?