ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

कार्यान्वयन नजिक पुग्दै प्रदेश राजधानी विकास गुरुयोजना

गुरुयोजना अनुसार गढवा गाउँपालिकाका ३, सितगंगाका १, राप्तीका ९ गरी १४ वटा वडाका जमिनहरूलाई एकीकृत बस्ती विकासमार्फत व्यवस्थित बनाइनेछ । राप्ती नदी सभ्यतामा आधारित सुन्दर शहर निर्माणको योजना समेटिएको छ ।
२७ फाल्गुन २०८१, मंगलवार
२७ फाल्गुन २०८१, मंगलवार

लमही, २७ फागुन ।
नदी सभ्यतामा आधारित व्यवस्थित र सुन्दर लुम्बिनी प्रदेश राजधानी निर्माणको गुरुयोजनालाई कार्यान्वयन गर्न तीव्रता दिइएको छ । त्यसका लागि प्रदेश प्राधिकरणले सरोकारवालाहरूसँग छलफल गर्दै सुझाव लिइरहेको छ ।
सोमबार प्रदेश प्राधिकरणका प्रमुख छविराज पोखरेलले सडक सञ्जाल, ढल निकास, पुल–पुलेसा, हरित पार्क, प्रशासनिक केन्द्र, राप्ती नदी करिडोर, ¥याफ्टिङ सुविधा, धार्मिक–सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकासबारे एक कार्यक्रममा सचित्र प्रस्तुति गरे । गुरुयोजनाअनुसार गढवा गाउँपालिकाका ३, सितगंगाका १, राप्तीका ९ गरी १४ वटा वडाका जमिनहरूलाई एकीकृत बस्ती विकासमार्फत व्यवस्थित बनाइनेछ। राप्ती नदी सभ्यतामा आधारित सुन्दर शहर निर्माणको योजना समेटिएको छ ।

प्रदेश सरकारको बजेटबाट गुरुयोजना निर्माण भइसकेको अवस्था छ । गुरुयोजना कार्यान्वयनका लागि १२ हजार बिगाहा क्षेत्रफलका जमिन प्लानिङ गर्न नेपाल सरकारसँग ३० करोड रूपैयाँ माग गरिएको छ । उक्त बजेटमा आवश्यक संरचना तयार गरी जग्गा फिर्ता दिन सकिने प्राधिकरण प्रमुख पोखरेलले जानकारी गराए । गुरुयोजना पूर्ण रूपमा कार्यान्वयन गर्न २० वर्ष लाग्ने अनुमान गरिएको छ भने लागत १ खर्ब रूपैयाँ पुग्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।

गुरुयोजना कार्यान्वयनका लागि प्रदेशस्तरीय राजनीतिक दलहरूसँग सर्वदलीय छलफल भइसकेको छ भने पत्रकार तथा उद्योग वाणिज्य संघका प्रतिनिधिहरूसँगको छलफल जारी छ । जग्गा एकीकरणसम्बन्धी नियमावलीअनुसार, १४ वडाका रोक्का रहेको जग्गा कित्ताकाट गर्दा न्यूनतम १२ धुर क्षेत्रफल तोकिनेछ । बिकसित घडेरीको ४० प्रतिशत वा ८ धुर सडक तथा पूर्वाधार निर्माणका लागि छुट्याइने भएको छ । पूर्वाधार सम्पन्न गरी लागत कट्टी गरेर जग्गा फिर्ता गरिने योजना रहेको प्राधिकरणले जनाएको छ ।सोमबार देउखुरी क्षेत्रका उद्योग वाणिज्य संघका पदाधिकारी तथा पत्रकारहरूसँग छलफल गरिएको छ । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको आयोजनामा सरोकारवालासँग छलफल तथा सुझाव संकलन लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?