ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

‘देवगाव’ प्राचीन स्थल !

२६ फाल्गुन २०८१, सोमबार
२६ फाल्गुन २०८१, सोमबार

नवलपरासी, २६ फागुन ।
भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तूप वरिपरि रहेको संघरामको खोजीमा रामग्राम विकास कोषले अध्ययन अनुसन्धान शुरु गरेको छ । रामग्राम स्तूप नजिक र बौद्धकालिन प्राचीन सामग्रीहरू समेत फेला पर्ने स्तूपदेखि पूर्वमा रहेको देवगाव नै संघराम भएको अनुमान गर्दै अनुसन्धान थालिएको हो ।बुद्धसँग सम्बन्धित महत्वपूर्ण स्थानमा एक संघराम हुने बौद्ध परम्पराहरूमा भएको हुँदा बुद्धको अस्ति नै रहेको कोलिय राजाद्वारा निर्मित रामग्राम स्तूप नजिकैको वरिपरिमा संघराम हुनुपर्ने हो । त्यसको खोजी कार्यलाई कोषले निरन्तरता दिइने क्रममा रामग्राम १७ देवगावको प्राचीन स्थल नै संघराम हुने अनुमान गरि अनुसन्धान गर्न थालिएको कोषका सदस्य समेत रहेका पुरातत्वका जानकार नारद यादवले भने ।
संघराम नजिकै ठूलो पोखरी, स–साना पोखरी तथा इनारहरू समेत सो क्षेत्रमा देखिएका छन्, उनले भने, बौद्ध भिक्षुहरूलाई विश्राम वा आराम गर्ने गरी बनाइएका प्राचीन आवासहरूको पर्खालहरू भेटिने गरेको छ । अनुसन्धान कार्य निरन्तर भई रहेको छ, उनले थपे, सम्भवतः देवगावकै प्राचीन स्थल संघराम हुनुपर्छ भन्ने हाम्रो अनुमान छ । त्यसको अझै गहिराईसम्म पुगेर पुरातात्विक, ऐतिहासिक अनुसन्धान आवश्यक नै रहेको छ ।

नारद यादव
सदस्य, रामग्राम विकास कोष

बौद्ध संस्कृति र इतिहास अनुसार संघराम (संस्कृतः संघाराम संघाराम) ले “मन्दिर“ वा “मठ“ लाई जनाउँछ । यो त्यो ठाउँ हो, यसको बगैंचा वा ग्रोभ सहित, जहाँ बौद्ध भिक्षु समुदायको संघ बस्छ । तत्कालिन मगधको राजधानी पाटलिपुत्रमा रहेको कुक्कुटुर संघरामको एउटा प्रसिद्ध संघराम थियो । दोस्रो शताब्दीको अशोकवादनका अनुसार, कुक्कुटुर संघराम पछि नष्ट भयो र यसका भिक्षुहरूलाई मौर्य वंशका अन्तिम राजा वृहद्रथको हत्या पश्चात उनका सेनापति पुष्यमित्रले मारे । “त्यसपछि राजा पुष्यमित्रले चार गुणा सेना सज्जित गरे, र बौद्ध धर्मलाई नष्ट गर्ने उद्देश्यले, उनी कुक्कुटराम गए । त्यसैले पुष्यमित्रले संघरामलाई नष्ट गरे, त्यहाँका भिक्षुहरूलाई मारेर गए ।मौर्य वंशका आफ्ना राजा वृहद्रथको हत्याको प्रतिशोध पाटलीपुत्रका प्रजाले लिन सक्ने खत्तरा महसुस गरेर पुष्यमित्र सुंघले आफ्नो राजधानी उज्जैनमा सारेका थिए । सम्भवतः तिनी पुष्यमित्रकै सेनाले रामग्रामको संग्राम भएको देवगावका भिक्षुलाई मारेर भगाएको हुन सक्ने अनुमान अधिवक्ता मनोज नागबंशीले गरेका छन् । उजैनबाट आउने वृहद्रथका सेना रामग्राम स्तूप नजिकै बस्ने हुँदा नजिकै उजैनी गाउँ रहेको अनुमान गर्न सकिन्छ । स्तूप भएको गाउँ देउरवा हो, संघराम भएको गाउँ देवगाव हो । संघरामको पहिचान पछि अब बौद्ध भिक्षुको गतिविधि यहाँ पनि गरिने योजना सुनाएका थिए ।

बौद्धकालिन इतिहासमा संघरामको पनि ठूलो महत्व हुने गर्छ । बुद्धको इतिहाससँग जोडिने संघरामले मूल रूपमा सात बुद्ध र आठ बोधिसत्व महान् धारणी मन्त्र सूत्रमा धर्मका अठार पवित्र रक्षकहरूलाई उल्लेख गरेको थियो । पछि, जेतवनका तीन गुणवान सेवकहरू, कोसलका पसेनदी (संस्कृत नामः प्रसेनजित, पाली नामः पसेनदी), राजकुमार गीता, र अनाथपिण्डिका (अनाथपिण्डिक, जसलाई सुदत्त पनि भनिन्छ, जसको अर्थ “राम्रो अनुदान“ हो) ले जेतवन परिसरको दानको कारणले गौतम बुद्धलाई एउटा रूख दान गरे। सिद्धार्थलाई “जेतवन“ दान गरेको कारणले अनाथपिण्डिक (जसलाई सुदत्त पनि भनिन्छ, जसको अर्थ “राम्रो अनुदान“ हो) गौतम ऋषिहरूमा समावेश गरिएको थियो, जसले गर्दा गौतम ऋषिहरूको संख्या २१ पुग्यो ।

संघरामको उपयुक्त स्थान नहुदा स्तूपमा आउने बौद्ध भिक्षुहरूलाई कुनै उचित स्थानमा भोजनदान पनि गराउन सक्ने अवस्था भेटिदैन । हालै मात्र भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तूप परिसर स्थित उनवछ स्वास्थ्य चौकीमा भिक्षुलाई भोजनदान कार्यक्रम गरिएको थियो । परासी विपश्यना समूहको सक्रियता तथा रामग्राम विकास कोषको समन्वयमा उक्त भोजनदान कार्यक्रम गरिएको थियो । विश्वशान्तिको कामना र नेपालमा थाई वन परम्परालाई प्रचार गर्ने उद्देश्यका साथ नेपाल फोरेस्ट मोनाष्ट्री समूहले शुभारम्भ गरेको एक हप्ते आध्यात्मिक यात्रामा आउने भिक्षुलाई भोजनदान कार्यक्रम गरिएको रामग्राम विकास कोषका सदस्य समेत रहेका विपश्यनका सहायक आचार्य रामप्रसाद पाण्डेले बताए ।
रामग्राम स्तूपमा स्वंम भगवान बुद्धको अस्तुधातु अवस्थित छ । यो अध्यात्मिक अभ्यासकै लागि छ ।

बौद्ध दर्शनका अनुसार भगवानको महापरिनिर्वाण पश्चात धातु वितरण गरी बनेका स्तूप मध्ये यो रामग्राम स्तूप मात्रै आफ्नो मौलिक अवस्थामा अवस्थित छ र अरको देवलोकमा अवस्थित छ । पृथ्वीबासी तथा बुद्धप्रति श्रद्धा राख्नेका लागि यो रामग्राम स्तूप क्षेत्र दुर्लभ स्थान हो । विश्वसम्पदा सूचीको प्रक्रियामा रहेको रामग्राम स्तूप क्षेत्रमा काम गर्नका लागि युनेस्को र पुरातत्व विभागसँग मिलेर थप काम गर्दै अगाडि बढने रामग्राम विकास कोषको लक्ष्य रहेको छ । सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो । त्यसको लगत्तै २ वर्ष पछि डा. डब्लु होयले सन १८९८ मा रामग्राम स्तूपको पत्ता लगाए ।
भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्तुलाई आफ्नो भागमा पाउने मावली तर्फका कोलिय राजाहरूले ल्याएर रामग्राम स्तूपको रूपमा स्थापना गरेका थिए । जुन अध्यात्मिक, पुरातात्विक, ऐतिहासिक र धार्मिक स्थल रामग्राम स्तूपको रूपमा सुरक्षित रहेको छ । आठ भागमा रहेको भगवान गौतम बुद्धको अष्टधातु तत्कालिन मगध सम्राट अशोकले उत्खनन गराई विभिन्न चौरासी हजार स्थानमा वितरण गर्ने क्रममा रामग्राम स्तूपको अस्तु खन्न आउने क्रममा नागबंशीहरूको आग्रहमा रामग्राम स्तूप उत्खनन नगरि फर्केका थिए । त्यो भएर पनि यो रामग्राम स्तूप संसारको एक मात्र प्राकृतिक अवस्थाको स्तूप रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?