© २०२३
पछिल्लो केही दिनयता नेपालका विभिन्न स्थानलाई केन्द्र बनाएर भुकम्प जाने क्रम बढेको छ । त्यसले आगामी दिनमा ठूलो भूकम्प जानसक्ने संभावनाको संकेत गरेको छ । भुगर्भविदहरू समेत पश्चिम नेपालमा ठूलो भुकम्पको संभावना रहेको भन्दै सजग रहनुपर्ने चेतावनी दिदै आएका छन् । शनिवार दिउँसो काठमाण्डौंमा भुकम्पको धक्का महसुस भएको छ भने शनिवार विहानै म्याग्दी केन्द्र भएर भुकम्प गएको छ । त्यसअघि सिन्धुपाल्चोक केन्द्र भएर भुकम्प जाँदा सामान्य क्षति भएको थियो । पश्चिम नेपालका पहाडी जिल्लामा दिनदिनै सानो ठूलो भुकम्पको धक्का महसुस हुँदै आएको छ । भनिन्छ विपत् बाजा बजाएर आउँदैन् । सानो भुकम्पको धक्काले ठूलो भुकम्प जाने संभावनातर्फ सचेत वनाएको छ । यो बिषयमा संघीय सरकार, प्रदेश र स्थानीय पालिकाहरूको ध्यानाकर्षण हुनैपर्दछ । कुनैपनि समय भुकम्पले ठूलो मानवीय क्षति गर्न सक्ने भएकोले उद्धार, राहत र पुनस्र्थापनातर्फ सम्वन्धित निकायको ध्यान जाओस् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत राज्य संयन्त्रको परिचालनका लागि तयारी अवस्थामा राखिनु जरुरी छ । घाइतेलाई समयमै अस्पतालमा पु¥याउन सकिएको अवस्थामा कम क्षति हुने भएकोले सरकारको यो बिषयमा समयमै ध्यान जानु जरुरी छ । प्रकोपप्रति लापरवाही गरियो भने त्यसले धेरै क्षति निम्त्याउने भएकोले पूर्व सजगता आवश्यक छ ।
अहिलेपनि सुदूर पश्चिमका जनताले भूकम्पले घरमा क्षति पु¥याएपछि नागरिक त्रिपालमुनि ओत लाग्न बाध्य छन् । विभिन्न दातृ निकाय तथा सहयोगी दाताले भूकम्पपीडितका लागि ठूलो परिमाणमा आवश्यक राहत सामग्री उपलब्ध गराएपनि प्रभावकारी हुन सकेन् । सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने भनिएपनि वास्तविक पीडितले एक थान त्रिपालसमेत पाउन नसकेको विगतको उदाहरणबाट पाठ सिक्नु जरुरी छ । नेपालमा गएका ठूला भुकम्पमा सरकारी प्रक्रियागत ढिलासुस्ती, पहुँचवाला र उच्चपदस्थ भनिनेहरूले आफ्नो हात जगन्नाथ गरेका हुनाले अधिकांश पीडितले समयमै राहत पाउन नसकेको देखिन्छ । अर्कोतर्फ भुकम्पले तत्काल क्षतिमात्रै गर्दैन, भूकम्पले ठूलो जोखिम समेत संगै लिएर आएको हुन्छ । भूकम्पपछि विभिन्न बस्ती जोखिममा पर्दै आएका छन् । बेला बेला गैरहने पराकम्पले ठूलो समस्या निम्त्याउँदै आएको देखिएको छ । एकपटक जाने भुकम्पले विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको छ । प्रभावित क्षेत्रका विद्यालय भवन अहिलेपनि जोखिममा छन् भने सबै परिवार एउटा पालमुनि बस्नुपर्ने भएकाले विद्यार्थीका लागि पढ्ने वातावरण नै हुँदैन । यो तीतो यथार्थ सम्बोधनमा ढिलाई नहोस् । प्रभावित क्षेत्रमा शौचालय नहुँदा खुला दिसापिसाब गर्ने गरिएकाले सोबाट समेत विभिन्न रोगको संक्रमण हुने खतरा उत्तिकै छ ।
अबको दिनमा भुकम्पबाट हुन सक्ने संभावित जोखिमबाट बच्न पूर्व सुरक्षातर्फ ध्यान दिनैपर्दछ । विगतमाझैँ अव आउने भुकम्पमा राज्यको सामथ्र्य, समन्वय र पहलकदमीको कमजोरी नहोस भन्नेतर्फ ध्यान जाओस् । राज्य सञ्चालनको जिम्मेवारीमा रहेकाहरूको मनोदशा र नियत सतहमै नपोखियोस् । कम्तीमा यो बिषयमा समयमै सरकारको ध्यान जाओस् । निश्चित रूपमा अबको चरण पुनस्र्थापना र नवनिर्माणको हो । पुनस्र्थापना र नवनिर्माणका लागि सरकारको ठोस पहलकदमी र योजना देखिँदैन । ०७२ को विनाशकारी भूकम्प र त्यसबाट उत्पन्न संकटको सामना गरिसकेको नेपालले पाठ सिक्नुपर्ने थियो । सावधानी र पूर्वतयारी गर्नुपर्ने, नवनिर्माणमा कसरी काम गर्ने भन्ने सामथ्र्यको विकास गर्नुपर्ने थियो । तर, सरकारले यसबाट कुनै शिक्षा लिएको देखिएन् । यो गंभीर चिन्ताको बिषय हो । नेपाल सरकार आफैँसँग पुनर्निर्माण प्राधिकरण बनाएर काम गरेको अनुभव छ । त्यस अनुभवका आधारमा संभावित जोखिममा काम गर्नेगरी टिम वनाउन जरुरी छ । विगतमा जाजरकोट र रुकुम भुकम्पमा राज्यको ठूलो कमजोरी देखिएको छ । अवको दिनमा त्यस्तो कमजोरी दोहोरिन दिनु हुँदैन । सरकार प्रभावित जनताप्रति उत्तरदायी र जवाफदेही बनोस् । बेलैमा होस नपु¥याउँदा विपदले ठूलो क्षति पु¥याउने भएकोले राज्यका तिनै तहले विपद पूर्व व्यवस्थापनमा अहिलेदेखि नै सतर्कता अपनाउनु आवश्यक छ ।