© २०२३
दाङ ।
दाङको घोराही उपमहानगरपालिका –५ पाण्डवेश्वर महादेव मन्दिर धारापानीले महाशिवरात्रीको अवसरमा आयोजना गरिएको महाशिवरात्री मेलाको आयव्यय सार्वजानिक गरेको छ ।
मन्दिर व्यवस्थापन समितिले शुक्रवार मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरी आयव्यय सार्वजानिक गरेको हो । महाशिवरात्रीका अबसरमा तीन दिन लागेको मेलाबाट ७ लाख ७३ हजार बढी आम्दानी गरेको छ । दानपेटिका र भेटीबाट २ लाख ९२हजार, मन्दिर सहयोग रसिदबाट २ लाख १२हजार ६० रुपैया, बजार सहयोग रसिद १ लाख ९३ हजार, गाडी पार्किङ शुल्क ७५ हजार ९ सय ६० रुपैया गरि जम्मा सातलाख ७३ हहजार २० रुपैयाँ आम्दानी संकलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिए ।
खर्च तर्फमा ३८ जना जोगी महाराजहरुलाई दान १९ हजार सातसय ५५, भजन मंडली दान १५ हजार, कर्मचारी पुुजारी दक्षिणा आठ हजार ५ सय, अतिथि सत्कार २१ हजार ६ सय २५, भान्सा नास्ता खर्च ६५ हजार १० रुपैयाँ, ईन्धन खर्च ६ हजार एक सय २० , भान्से खर्च १७ हजार , टेन्ट खर्च १६ हजार पाँच सय, जेसिभी खर्च ३५ हजार पाँचसय, विद्युत मर्मत ५ हजार तीन सय ६० , साउण्ड सिस्टम ३५ हजार, सञ्चार खर्च २ हजार ,प्रचार प्रसार ९ हजार, ब्यानर १ हजार ३सय ९० र त्रिशुल सलामी यातायात खर्च १२ हजार गरी जम्मा दुुई लाख ६९ हजार ७ सय ८० रुपैयाँ खर्च भएको मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुुराम आचार्यले जानकारी दिए ।
महाशिवरात्री मेलाको आम्दानीबाट ५ लाख ३ हजार दुुईसय ४० रुपैया बचत गरेको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।