ट्रेंडिंग:

>> गोरखा क्याम्पसमा सत्ता गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारी विजयी >> तिलोत्तमाबासीमा योग मोह >> अबैध २५ करोड माथि छानबिन समिति बनाउन माओवादीको माग >> कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार हुने >> यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्तिप्रति घिमिरेले संसदमा माफी मागे >> सुनको भाउ हालसम्मकै उच्च >> अमेरिकाको रेड लिस्टमा चढयो भुटान, हटाउन भुटानको अपिल >> बुटवलमा मिडिया सम्मेलनः के के विषयमा हुँदैछ छलफल ? >> यस्ताे छ अन्तरिक्षयात्री सुनिता बिलियम्सको पारिवारिक जीवन, छिन निः सन्तान >> एनसेल फाउण्डेसनद्वारा २ सय ६० विद्यार्थीलाई झोलासहित शैक्षिक सामग्री >> लागूपदार्थ दुव्र्यसन विरुद्ध अन्तर्क्रिया >> रियलमी सि ७५ छिट्टै बजारमा आउने >> हामीलाई कति वन चाहिन्छ ? >> रोकिएन सेवाग्राहीमाथिको सास्ती >> सल्यानमा अखिल क्रान्तिकारीको तीन, नेविसंघ र अनेरास्ववियुको दुई दुई क्याम्पसमा नेतृत्व >> कपिलवस्तु बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल विजयी >> स्ववियू निर्वाचनः कहाँ कस्ले जिते ? >> बीउ उत्पादक किसानलाई बाधक बन्यो खुल्ला सीमा >> आजदेखि शुक्र अस्त : के गर्नुहुन्छ, के गर्नु हुँदैन ? >> आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> कमल थापाले नवराज सुवेदी समितिलाइ दिए मान्यता, तोके पार्टी प्रतिनिधि >> बुटवल कन्सेप्ट पपले विविध कार्यक्रम गर्ने >> राजेन्द्र लिङ्देनकै नेतृत्वमा राजावादीको आन्दोलन अघि बढाउने राप्रपाको निर्णय >> प्रधानमन्त्री कप क्रिकेटः बागमती र कर्णाली प्रदेश विजयी >> मेयर कप फुटबलमा अन्तिम चारको टुगो >> उदयपुरमा आगलागी हुँदा करोडौंको क्षति >> प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीको दोस्रो जित >> कर्णालीमा एसईईका लागि एक सय ८० परीक्षा केन्द्र >> बागमती प्रदेशमा अस्पतालहरूको दर्ता र नवीकरणका लागि अनलाइन सेवा >> सेयर बजार २७ सय तल झर्यो, कारोबार रकम घट्यो >> महिलाले गरेका योगदानको इतिहास तस्वीरबाट पढ्ने अवसर >> प्राकृतिक कारणले ८ महिनामा २० गैंडा मरे >> नेपाली कांग्रेसको पदाधिकारी  बैठक सुरु >> काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति वाग्लेले शपथ लिए >> १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल खेलतालिका सार्वजनिक >> पुल्चोक क्याम्पसमा १७०० मत खसे, मतदान प्रक्रिया जारी >> एसईईको नतिजा असार ७ गतेसम्म सार्वजनिक हुने >> मोरङमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु, ८ घर जले >> पोखरामा स्वतन्त्र विद्यार्थी युनियन चुनावमा तनाव, इन्जिनियरिङ क्याम्पसमा भिडन्त >> बर्दियाबाट एसइइमा ७ हजार ७ सय ६२ विद्यार्थी सहभागी हुँदै >> आज एकै पटक ६ वटा संसदीय समितिहरूका बैठकहरू बस्दै >> आरजुले अमरेशकुमार सिंहविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दा पेसीमा चढ्यो >> इजरायलले गाजा क्षेत्रमा फेरि हमला: ३४ जनाको मृत्यु, ७० जना घाइते >> सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा १७.९३ प्रतिशत बजेट खर्च गरेको जानकारी >> काठमाडौँमा २० करोड रुपैयाँसहित एक जना पक्राउ >> होन्डुरसको रोआटानमा विमान दुर्घटना, सात जनाको मृत्यु >> बारीमा उम्रिएका च्याउ खाएर तनहुँमा एकजनाको ज्यान गयो >> सुनको भाउमा नयाँ रेकर्डः तोलाको एक लाख ७५ हजार दुई सय रुपैयाँ पुग्यो >> लायन्स सयपत्रीद्धारा दृष्टिविहिनलाई सहयोग >> महिनावारीबारे सही जानकारी र स्वस्थ अभ्यास हुनुपर्ने

होर्डिङबोर्ड समस्याले बढाएको व्यथा

२३ फाल्गुन २०८१, शुक्रबार
२३ फाल्गुन २०८१, शुक्रबार

बुटवलका उद्योगी व्यवसायीले होडिङबोर्डको करका कारण आफूहरू मर्कामा परेको भन्दै तत्काल यो विवाद समाधान गर्न बुटवल उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन् । पसल अगाडि होडिङ बोर्ड राखेका व्यवसायीहरूले पछिल्लो समयमा होडिङ बोर्ड करका नाममा चीट थमाउने र रकम तिर्न ताकेता गर्ने काम भैरहँदा त्यसबाट आफूहरू आजित भएको भन्दै यो समस्या समाधान नगरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । निश्चितरूपमा मुलुकमा अहिले उद्योग व्यवसाय संचालनको वातावरण छैन् । भएका उद्योग कारखाना जेनतेन चलेका छन् । उद्योग नचलेपछि व्यवसायको अवस्था पनि सहज हुँदैन । त्यसमाथि होडिङबोर्ड करका नाममा उद्योगी व्यवसायीलाई तनाव दिने काम कुनैपनि अवस्थामा राम्रो होइन । होडिङबोर्डको कर उद्योग व्यवसायीले तिर्नैपर्दछ तर कर निर्धारण गर्दा उद्योगी व्यवसायीसंग पहिले नै सहमति गर्नुपथ्र्यो । त्यो नहुँदा अव बुटवल उपमहानगरपालिकाको काँधमा यो समस्या समाधानको जिम्मेवारी आएको छ । व्यवसायीले यो भन्दा पहिला सार्वजनिक स्थानमा रहेका विज्ञापन बापत कर उठाएको भएपनि अहिले व्यवसायिक फार्म, पसल अगाडी समेत राखिएका बोर्डको समेत कर लिन थालेपछि बुटवलका व्यवसायी आन्दोलित हुनुपर्ने अवस्था आएको वताउँदै गर्दा यो समस्याको निकास छिटो खोज्नुपर्ने छ ।
होडिङबोर्ड करबाट आजित भएको भन्दै बुटवलका चारवटा उद्योगी व्यवसायी संघ संस्थाले चरणबद्ध विरोधका कार्यक्रम सुरुवात गरेका छन् । बुटवल उद्योग बाणिज्य संघ, रूपन्देही उद्योग संघ, रूपन्देही व्यापार संघ र बुटवल उद्योग व्यापार संघ–संस्थाहरूले होडिङबोर्ड करको विरोधमा उत्रिएपछि अव यो समस्याको समाधान सहज वातावरणमा खोजिनुपर्दछ । पछिल्लोसमय सरकारका निकायसंग न्याय खोज्दै आन्दोलनका लागि उद्योगी व्यवसायी सडकमा आउने अवस्था हुनु राम्रो होइन् । चार संघ संस्थाहरूले बैधानिक रूपमा दर्ता भई संचालनमा रहेको संघ, प्रदेश तथा स्थानीय सरकारमा कर, राजस्व बुझाएका व्यवसायिक प्रतिष्ठानहरूलाई कार्यस्थलको परिचय पार्टीको कर नबुझाउन समेत अपिल गरेका छन् । बुटवल उपमहानगरपालिकाबाट गणेश एण्ड सन्स कन्ट्रक्सनले कर उठाउने ठेक्का पाएको छ । यदि कन्सट्रक्सनबाट मापदण्ड विपरित कर लिएको छ भने त्यसमा उपमहानगरपालिकाले सोधपुछ गरि बढी कर लिने काम भएको भए कारवाही गर्नुपर्दछ । विभिन्न व्यवसायीक प्रतिष्ठानहरूमा पुगेर कन्सट्रक्सनका मानिसहरूले अशिष्ट र अभद्र व्यवहार गर्नुका साथै तोडफोड समेत गरी ज्यादतिपूर्ण व्यवहार गरेको भन्दै उद्योगी व्यवसायीले घटनाको खेद व्यक्त गरेका छन् ।

अहिलेको परिस्थितिमा उद्योगी व्यवसायीलाई निर्वाध सञ्चालनको वातावरण सिर्जना गर्नुपर्नेमा उल्टो आतंक सिर्जन गर्नु कुनैपनि मानेमा राम्रो होइन् । उद्योगी व्यवसायीले आर्थिक मन्दीले व्यवसायमा देखापरेका समस्या समाधान गर्नुको साटो थप मारमा पर्ने गरी सहमति एवं निर्णय नै नभएको विज्ञापन करको दायरा उल्लेख गरी जबरजस्ती करको नाममा पैसा असुल गर्नु उचित नभएको भनेका छन् । बुटवल उपमहानगरपालिकाभित्रका उद्योगी तथा व्यवसायीक प्रतिष्ठानहरूमाथि लगाइएका परिचय बोर्डहरूको कर असुल्ने सन्दर्भमा ठेकेदारबाट ज्यादती गर्दै व्यवसायीहरूलाई त्रसित बनाउने काम भएकोमा उद्योगी व्यवसायीको चित्त दुखाई छ । जेहोस यो सवै विवाद समाधानको साँचो (चाबी) बुटवल उपमहानगरसंग छ । उपमहानगरले यो समस्याको सहमतिको विन्दु खोजेर ठेकेदार र उद्योगी व्यवसायीलाई एकै विन्दुमा मिलाउने कामको वातावरण निर्माण गरोस् । पछिल्लोसमय सरकारले उद्योग संरक्षण, राहत दिने र प्रोत्साहित गर्ने काम नगरेको आरोप खेप्दै आएको छ । सरकार न आफू उद्योग चलाउन सक्षम छ न त नीजि क्षेत्रका उद्योगीलाई संरक्षण गर्छ । तर, पनि नीजिस्तरमा स्थापना भएका उद्योगले धिपधिप भएपनि उद्योगको दियो बाल्ने प्रयास गरिरहेका छन् । तसर्थ अवको दिनमा बुटवल उपमहानगरपालिकाले उद्योगी व्यवसायीले होडिङ बोर्डको नाममा जुन पीडा भोगेको सुनाएका छन, त्यसमा सहमतिको मिलनविन्दु खोजोस् । उद्योगी व्यवसायीलाई आतंकित गरेर होइन, उनीहरूको भावनाको सम्मान गर्दै होडिङ बोर्ड करको विवाद समाधानको पहल होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?