© २०२३
नवलपरासी, २३ फागुन ।
नवलपरासीमा प्रहरीले ६ लाख बढीको अवैध चल्ला बरामद गरेको छ । ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सरावल १ हरकट्टा पुल नजिकै बाट चल्ला बरामद गरेको जनाएको छ ।
बेवारिसे अवस्थामा फेला परेका ४६ वटा कार्टुनमा रहेका ६ हजार २ सय ५६ गोटा अन्दाजी ६ लाख २५ हजार ६ सय मुल्यका चल्ला बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।
बरामद गरिएका चल्लालाई पशु क्वारेनटाईन महेसपुर पठाई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।खुला सिमाका कारण प्रहरी प्रशासनलाई छलेर विभिन्न मालसामानको तस्करी हुँदै आएको छ ।प्रहरी जनशक्ति अभावमा समेत तस्करी नियन्त्रणमा कठिनाई हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन ।