© २०२३
बुटवल, २३ फागुन । देशभित्र केही छैन भन्ने भाष्य सृजना र युवा पलायनको बेला एक युवाले भने बुटवलमा होटल ब्यवसाय शुरु गरेका छन । बुटवल १७, रानीगंजमा युवा ब्यवसायी केशवराज गैरेले होटल सत्यवती शुभारम्भ गरेका हुन । विगतमा समेत होटल चलाएका अनुभवलाई उनले ब्यवासायिक तवरबाट अघि बढाएका हुन । आफ्नै जग्गामा तयार भएको ढाई तल्ला पुर्वाधारमा होटल शुरु गरेका छन ।
एक कार्यक्रमका बिच होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले उद्घाटन गर्दै युवाहरु स्वदेशमा नै स्वरोजगार हुने गरि ब्यवसाय चलाउनु सकारात्मक भएको बताए । लुम्बिनी प्रदेश पर्यटनको सम्भावना बोकेको क्षेत्र भएको हुदा पनि यसको सम्भावनालाई मध्येनजर गरि गरिएको लगानीबाट सार्थकता मिल्ने उनले बताए ।
कार्यक्रममा संचालक केशवराज गैरेले करीब १ करोड रुपैया लागतमा होटल संचालन भएको बताए । जहाँ खाजाखानाको ब्यवस्था समेत रहेको छ । चार वटा रुम, रेष्टुरेन्ट र बार रहेको छ। दोभानमा समेत होटल चलाएका उनी निर्माण ब्यवसायमा समेत आवद्घ छन ।
कार्यक्रममा संघका द्घितिय उपाध्यक्ष प्रेमप्रसाद पाण्डे, सचिव थम्मन भण्डारी, संघका महासचिव अर्जुन थापा, संचालक गैरेकी माता दुर्गा गैरे, ससुराबुबा ओमप्रसाद पाण्डेले सरकारबाट पर्यटन ब्यवसायलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सुझाव दिए ।