ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

भयरहित निर्वाचनमा सुरक्षा निकायको गम्भीरता

३० कार्तिक २०७९, बुधबार
३० कार्तिक २०७९, बुधबार

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति नजिक आउँदै गर्दा देशका केही स्थानमा निर्वाचनलाई प्रभावित गर्ने छिटफुट तोडफोड र आक्रमणका घटना भएका छन । दैलेखमा उम्मेदवारलाई नै लक्षित गरेर अज्ञात समूहले आक्रमणको प्रयास गरेको समाचार बाहिर आएको छ । चितवनमा पत्रकार रवि लामिछानेको गाडीमाथि आक्रमण भएको छ । निर्वाचनको मुखैमा विभिन्न स्थानमा भैरहेका आक्रमणका घटनाले सुरक्षा संवेदनशीलतालाई अझै सतर्कताका साथ हेरिनुपर्ने अवस्था उत्पन्न भएको छ । निर्वाचनकै समयमा विगतमा समेत संक्रमणकालको फाईदा उठाएर अपराधिक तत्वहरुले हत्या, हिंसा र लूटपाटका घटना मच्चाउने गरेको नौला होइन । पछिल्लोपटक भएका घटनाले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्ने सवालमा आशंका उत्पन्न भएको छ । सरकारले समयमै सुरक्षा व्यवस्थातर्फ ध्यान नदिने हो भने भोलीको दिनमा उम्मेदवारमाथि नै आक्रमण र त्यसले निम्त्याउने अनिश्चितताको भुमरी उत्पन्न नहोला भन्न सकिदैन । सोमवार रातीमात्रै पश्चिमको टिकापुरमा श्रृखलावद्ध तोडफोडका घटना भएको छ । तोडफोडबाट टेकबहादुर साउद स्मृति पार्कको पर्खाल भत्किएको छ भने नागरिक उन्मुक्ति पार्टीको कार्यालयका गेटमा ढुङ्गा प्रहार भएको छ ।
२०७२ साल भदौ ७ गतेको हिंसात्मक घटनाका दिन घरैमा गोली लागेर ज्यान गएका बालक टेकबहादुरको स्मृतिमा पार्क बनिरहेको छ । पार्कमा कात्तिक २१ गते राति पनि अज्ञात समूहले पर्खाल भत्काएको थियो । २०७२ सालको घटनासँग जोडिएको पार्क र त्यही घटनालाई राजनीतिक मुद्दा बनाएर स्थापना भएको नागरिक उन्मुक्ति पार्टीको कार्यालयमा भएका घटनाप्रति स्थानीय स्तरमा चिन्ता र शंका व्यक्त गरिएको छ । अहिलेपनि पर्दाभित्रबाट सद्भाव भड्काएर निर्वाचनलाई भाँड्ने प्रयास भएको प्रति सुरक्षा निकाय संवेदनशील वन्नुपर्ने खाँचो देखिएको छ ।
२०७२ साल भदौ ७ र ८ गते भएको हिंसात्मक र ध्वंसात्मक घटनाबाट त्राण नपाएको टीकापुरमा सोही घटना निकटका क्षेत्रमा निर्वाचनको मुखमा भएका तोडफोडका गतिविधिले त्यहाँ त्रास बढाएको छ ।

अहिले निर्वाचन सफल वनाउने अभियानमा मुलुककै ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र तल्लिन छन । सरकारले शान्ति सुरक्षामा कुनै कमी हुन नदिने भन्दै जनतालाई आश्वस्त वनाउने काम गरेको छ । निर्वाचनमा भाग नलिने केही दलहरुको अभिव्यक्ति भ्रामक छन । सरकारले निर्वाचन नै गराउन नचाहेको भए निर्वाचनको वातावरण नै तयार हुने थिएन । त्यसकारण विना आधार सरकारलाई आरोप मात्र लगाउने काम भन्दा सरकारले गरिरहेको सुरक्षा सतर्कताका पक्षहरुमा समेत सकारात्मक हुनु जरुरी छ । निश्चित रुपमा अहिले देशका विभिन्न स्थानमा भैरहेका केही घटनाले जनतालाई त्रसित वनाउने प्रयास भएको छ । जनताले असुरक्षाको महसुस गरिरहेका छन । प्रहरी प्रशासनले देशमा नै अस्थिरता उत्पन्न गराउने कृयाकलाप नियन्त्रणमा कुनै कसर बाँकी राख्नु हुँदैन । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने सवालमा सरकारले सुरक्षा व्यवस्थालाई थप मजवुद वनाउनु जरुरी छ । छिटफुट घटनाले पनि निश्चितरुपमा प्रहरी प्रशासनमाथि थप चुनौति थपिएको छ । र, आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति हुन नदिन फेरिपनि प्रहरी प्रशासन गंभीर हुनु जरुरी छ । सरकारका साथै त्यसका अंगहरु, नागरिक समाज र समस्त जनताले निर्वाचनको सफलताका लागि आफ्नो क्षेत्रवाट गर्नुपर्ने सहयोग र दायित्वमा कुनै कमी हुन नदिनेतर्फ सचेतता थप आवश्यक छ । लोकतन्त्रको प्रमुख सर्त आवधिक निर्वाचन हो । निष्पक्ष, भयरहित र स्वच्छ प्रतिस्पर्धाचाहिँ निर्वाचनका सर्त हुन् । तसर्थ निर्वाचन आउन अव चार दिनमात्र बाँकी रहेकोले निर्वाचनलाई भयरहित तरिकाले सम्पन्न गर्ने अभियानमा सुरक्षा निकाय गंभीर वनोस् । निर्वाचन महासंग्रामको यो अवस्थामा छिटफट घटनालाई सामान्यीकरण नगरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?