ट्रेंडिंग:

>> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने

बुटवल ग्लोरीमा ज्येष्ठ नागरिक सम्मान अभियान

२२ फाल्गुन २०८१, बिहीबार
२२ फाल्गुन २०८१, बिहीबार

बुटवल, २२ फागुन ।

बुटवल–१३ बेलबासमा अवस्थित बुटवल ग्लोरी इङ्गलिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुका ज्येष्ठ अभिभावकलाई विद्यालयले सम्मान गर्ने अभियानको थालनी गरेको छ । विद्यालयले ८० वर्षभन्दा माथिका ज्येष्ठ अभिभावकहरुलाई घर घरमै पुगेर सम्मान गरेको हो ।

बिहीबार बुटवल १३ बँदेलपोखरीका १०२ वर्षीय शोभु गिरीलाई विद्यालय व्यवस्थापन समिति तथा विद्यालयका शिक्षक शिक्षिकाहरुसहितको टोलीले घरमै पुगेर सम्मान गर्दै अभियानको थालनी गरेको हो । दोसल्ला ओढाउनुका साथै मायाको चिनो, कोसेलीसहित उनलाई विद्यालयले सम्मान गर्दा उनी र उनको परिवार हर्षविभोर भएका थिए । उनका पनाति, पनातिनीले विद्यालयको कक्षा १ र २ मा अध्ययन गरिरहेका छन् ।

समुदायप्रतिको हाम्रो दायित्वलाई बहन गर्दैैैैै बच्चाहरुका हजुरबा, हजुर आमाहरुलाई सम्मान गर्ने कार्यक्रम गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर हमालले बताए । उनले भने, “ज्येष्ठ नागरिकलाई हिंड्डुल गर्न समस्या हुने भएकोले घर घरमै पुगेर सम्मान गर्न लागिएको हो ।”

विद्यालयले संस्कारसहितको शिक्षालाई अगाडि बढाइरहेको सन्दर्भमा बालबालिकाहरुसँगै राखेर ज्येष्ठ अभिभावकलाई सम्मान गर्ने कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्राचार्य शंकरप्रसाद गौतमले बताए । “आफ्ना अग्रज बाबाआमा, हजुरबा, हजुरआमा, जिजुबुबा–आमाहरुलाई जहिले पनि आदरसत्कार र सम्मानसहित माया गर्नुपर्छ भन्ने कुरा अहिलेका बालबालिकाहरुलाई सिकाउन जरुरी छ”, उनले भन्नुभयो । यसैका लागि नै ‘ज्येष्ठ नागरिकसँग बुटवल ग्लोरी’ भन्दै सम्मान कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
बिहीबारदेखि सुरु भएको ज्येष्ठ अभिभावक सम्मान कार्यक्रम फागुन महिनाभर सञ्चालन गरिने विद्यालयले जनाएको छ । विद्यालयमा प्लेग्रुपदेखि कक्षा १२ सम्म पठनपाठन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?