ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

नदी दोहन नियन्त्रण गर

२२ फाल्गुन २०८१, बिहीबार
२२ फाल्गुन २०८१, बिहीबार

नदी दोहन गर्न पल्किएकाहरू फेरी एकपटक सल्बलाउन थालेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । रूपन्देहीका विभिन्न नदीका घाटबाट जेसीवी र ट्रयाक्टर, टिप्परसहित तस्करहरू पक्राउ पर्ने क्रम पनि बढेको छ । पछिल्लोपटक रूपन्देहीको अमुवा, मर्चवारी तथा बुटवल र तिलोत्तमाकै विभिन्न घाटबाट नदीजन्य पदार्थको दोहन गर्ने क्रम बढेको छ । हरेक बर्ष ठिक यही समयदेखि नै नदीजन्य पदार्थको चोरी निकासी गर्ने बढ्ने गरेको छ । यो हरेक बर्षको निरन्तरता हो र यो बर्षपनि यसले निरन्तरता पाएको छ । नदी दोहनका घटना नियन्त्रण गर्न स्थानीय पालिकाको ध्यान नगएको गुनासो आएको छ । नदी किनारका स्थानीय बासिन्दाहरूले रूपन्देहीका धेरै क्षेत्रबाट नदी दोहन भएको र पालिका तथा प्रशासनले नियन्त्रणमा ध्यान नदिएको गुनासो गर्दै आएका छन् । पछिल्लोपटक तिलोत्तमा, सियारी, मर्चवारी लगायतका स्थानबाट नदी दोहन भएको सार्वजनिक भएको छ । टिप्पर र जेसीवी दिउँसै नदीमा पसेर जथाभावी दोहन गर्दा समेत प्रशासन निष्कृय देखिनु चिन्ताको कुरा हो । नदीको रेखदेख गर्ने जिम्मा पाएकाहरूलाई धम्की दिएर नदीजन्य पदार्थको दोहन हुनु भनेको राज्यको ध्यान नपुगेको भन्दा अत्युक्ति हुँदैन । यस्तै प्रकृतिको घटना पश्चिम नवलपरासीको तुरिया खोलामा पनि दोहोरिएको छ तर स्थानीय निकाय पनि गैर जिम्मेवार बनेको छ । उसो त देशका धेरैजसो नदीहरूमा सरकारले ब्यापारीको मिलेमतोमा बालुवा, ढुंगा, गिट्टीजस्ता पदार्थ उत्खनन् गर्न दिई बाढी, पहिरो, भूक्षयजस्ता बिपत्तिलाई प्रश्रय दिइरहेको छ । विशेषगरी भित्री मधेश र तराई क्षेत्रमा नदीबाट यस्ता वस्तु निरन्तर निकालिएका छन् । केही व्यापारीको मिलेमतोमा नदीजन्य बस्तु भारतमा निकासी भैरहेको देखिएको छ । प्राकृतिक स्रोत–साधन दोहन गरी तस्कर मोटाउने खालका यस्ता काम कदापि स्वीकार्य हुनुहुन्न । खासगरी स्थानीय पालिकाहरूले यो बिषयमा गंभीरताका साथ ध्यान दिनुपर्ने हो तर जनप्रतिनिधिहरू समेत बेलाबखत यिनै तस्करहरूसंग मिलेर रजगज मच्चाईरहेको सुन्नुपर्ने अवस्था आउनु चिन्ताको कुरा हो ।
सरकारले नदीजन्य पदार्थ ठेक्का लगाउने न्यूतनतम कार्यविधि लागू गरेको छ । स्थानीय पालिकाहरूले नदीजन्य पदार्थको ठेक्का लगाउने अधिकार पाएका छन् । कतिपय पालिकाहरूले स्थानीय तहको आम्दानीको श्रोत बन्दै आएको नदीजन्य पदार्थको ठेक्का लगाएर आम्दानी समेत गर्दै आएका छन तर कतिपय पालिका भने ठेक्का नलगाई तस्कर मौलाउने कामलाई निरन्तरता दिने काम गरिरहेका छन् । त्यसो त राज्यका तर्फबाट चुरे संरक्षणका लागि भन्दै हरेक वर्ष योजनाहरू बनाउने गरिएको छ । हरेकजसो नदीबाट गिट्टी, बालुवा तथा ढुंगा उत्खनन् गरी प्राकृतिक स्रोत–साधन दोहन भएको कुरा बेलाबेलामा संसदमा उठेपछि सरकारले पनि नदी दोहन नियन्त्रणका लागि मातहतको निकायलाई ताकेता गरेको थियो । तर, अहिलेपनि दिनदहाडै नदी दोहन भैरहेको छ । पालिकाहरूले नदी दोहनका घटना नियन्त्रणमा चासो नदिएको घटनाहरूले पुष्टी गर्दै आएका छन् । गिट्टी, बालुवा, ढुंगाजस्ता पदार्थ चोरी गरि नदीबाट उत्खनन गर्न सरकारलाई राजस्वमा ठूलो नोक्सानी हुँदै आएको छ । यस बिषयमा सरकारको ध्यान जानुपर्दछ । पछिल्लोपटक रूपन्देहीमा भएको नदीजन्य पदार्थको दोहन नियन्त्रणका लागि स्थानीय पालिका र प्रहरी प्रशासनको गंभीर ध्यानाकर्षण होस् । होइन भने यसैगरी छुट दिदै जाने हो भने नदीजन्य पदार्थको दोहनले चुरेको बिनास नियन्त्रण गर्न असम्भव हुनेछ । अव प्रि मनसुनको समय सुरु हुन लागेको छ । तसर्थ खोला दोहनमा प्राथमिकता दिएर नदी तटीय क्षेत्रलाई जोखिममा नधकेलियोस् । यो बिषयमा संघीय सरकारका साथै प्रदेश सरकार र पालिकाहरूको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?