ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

दाङमा पत्रकार र मानअधिकार टोलीबीच निर्वाचनबारे छलफल

३० कार्तिक २०७९, बुधबार
३० कार्तिक २०७९, बुधबार

दाङ, २९ कात्तिक ।

आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनका लागि आचारसंहिता पालनाको अवस्था तथा निर्वाचन सुरक्षाको विषयमा राष्ट्रिय मानवअधिकार आयोगको टोलीले दाङमा छलफल गरेको छ । घोराहीमा मंगलवार एक कार्यक्रमको आयोजना गरी जिल्लास्थितअ धिकारकर्मी, नागरिक समाज, पत्रकार र सरोकार नियकायसँग जिल्लाको निर्वाचनको पछिल्लो अवस्था तथा आचारसंहिता पालनाका बारेमा आयोगले जानकारी लिएको हो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले निर्वाचनको समयमा हुने गतिबिधिलाई सम्बन्धित स्थानमा पुगेर अध्ययन गर्ने गरेको बताए । सोही कार्यक्रममा थारु आयोगका सदस्य सुवोधसिंह थारुले सबै नागरिकले सहज रुपमा मतदान गर्न पाउनुपर्ने बताए । निर्वाचन आयोगसँग हालसम्म गरिएको समन्वयात्मक कामका बारेमा जानकारी गराउँदै दाङबाट आएका सुझावलाई सम्बन्धित निकायमा पुर्याउन सहयोग हुने बताए ।

छलफलमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले निर्वाचन गराउने मात्रै नभई निर्वाचनको समग्र प्रकृया र यसका आयामबारे आयोगले सोँच्न जरुरी रहेको बताए । अहिले राजनीतिक दल, नागरिक समाज, सुरक्षा अंगबाट निर्वाचनको प्रकृयामा धेरै कुराको अभाव देखिएकाले मतदान केन्द्रसम्म मतदाताको अधिकतम उपस्थिति बढाउन विशेष ध्यान दिनुपर्ने बताए ।

प्रेस काउन्सिल सदस्य शरद अधिकारीले निर्वाचनको प्रकृयामा नै पुनर्विचार गर्नुपर्ने बेला आएको बताए । मतदाता शिक्षादेखि मतदान गर्ने प्रकृया बोझिलो र झन्झटिलो बन्दै गएकाले कागजी प्रकृयाबाट डिजिटल बनाउन सुझाव दिए । मतदान केन्द्रमा हुनुपर्ने आधारभुत सुविधाका बारेमा सम्वेदनशील नहुँदा विगतमा मतदाताले धेरै दुख पाएकाले आयोग यो विषयमा गम्भीर हुनुपर्ने उनले बताए ।

नागरिक समाज दाङका निवर्तमान संयोजक चन्द्रराज पन्तले निर्वाचन प्रणाली विगतभन्दा सुधारको अवस्था बन्दै गएपनि सबै पूर्ण भई नसकेको बताए । निर्वाचनकै कारण हुने भवितव्यमा निगरानी तथा सुरक्षामा सुधारका संकेत देखा पर्दै गएको बताउँदै नीति निर्माण, लोकतन्त्र बलियो बनाउन उम्मेदवारको भूमिका के हुने भन्ने बारेमा भने आम मतदाताको चासो कम देखिएको हुँदा सचेतना बढाउन राजनीतिक दल र निर्वाचन आयोग गम्भीर बन्नुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?