© २०२३
बुटवल, २१ फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघको स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान गरि बुटवल सुनचादी व्यवसायी संघले मनाएको छ । संघको सचिवालयमा आयोजित कार्यक्रममा व्यवसायीहरुले ईलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भएर आउनु भएका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानालाई स्वागत तथा भेटघाट कार्यक्रम समेत गरेको छ ।
कार्यक्रममा नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय सदस्य दिपक कुमार विकले सुनचादी व्यवसाय पछिल्ला समयमा व्यवस्थित बन्दै गएको उल्लेख गर्दै केही चोरीका घटनाहरु हुने गरेको भन्दै त्यसलाई अन्त्य गर्न प्रहरी प्रशासन र व्यवसायीक संस्थाहरुवीचको सहकार्य जरुरी रहेको बताए । शान्तिसुरक्षाको दरिलो व्यवस्थापन गर्दै व्यवसाय चलायमान बनाउने बातावरण सिर्जना गर्न प्रहरी प्रशासनसंग उनले आग्रह गरे ।
कार्यक्रममा प्रहरी नायव निरिक्षक इन्द्र बहादुर रानाले शान्ति सुरक्षा कायम गर्न र अवैध कारोवार नियन्त्रण गर्ने विषयमा प्रहरी प्रशासनबाट कानुन पालनामा कुनै सम्झौता नगर्ने बताउदै प्रहरी नागरिकसंगै मिलेर अगाडी बढ्ने बताए । रानाले व्यवसाय सञ्चालनका क्रममा आउने समस्यालाई कानुनी र व्यवहारिक पक्ष हेरेर नै आफ्नो दायित्व पुरा गर्ने हुदा त्यसमा सुनचादी व्यवसायीहरु जिम्मेवार बनेर नियोजित रुपमा अबैद्य कारोवार प्रोत्साहन गर्ने तर्फ नलाग्न अनुरोध गरे ।
कार्यक्रममा बुटवल सुनचादी व्यवसायी संघका अध्यक्ष गकुल विश्वकर्माले बुटवल क्षेत्रमा रहेको सुनचादी व्यवसायको अवस्था र भोग्नु परेका अप्ठ्याराहरुका बारेमा जानकारी गराए । सुनचादी व्यवसायमा हुने अवैद्य कारोवारलाई नियन्त्रण गर्न संघ सधै प्रहरी प्रशासनसंग सहयोगी बन्ने प्रतिवद्धता जनाउदै ग्राहकबाट गरिने गलत काममा व्यवसायी भागीदार हुने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।
कार्यक्रममा महासघका प्रदेश उपाध्यक्ष हरिबहादुर सुनार, संघका सल्लाहाकार हर्षबहादुर विक, संघका निर्वतमान जिल्ला उपाध्यक्ष यस रत्न वज्राचार्य, उपाध्यक्ष कृष्ण बहादुर सुनारले सुनचादीको व्यवहासय निकै सम्बेदनशिल व्यवसाय भएका कारण यसको नियमन र सञ्चालनमा दुबै पक्ष जिम्मेवार भएर सहमति र सहकार्यका लागि संवेदनशिल बन्नुपर्ने धारणा राखे । महासंघको स्थापना दिवसमा केक काटेर शुभकामना आदानप्रदान गरिएको संघ सचिव चुरामणी विकले बताए ।