© २०२३
बुटवल, २१ फागुन ।
क्यान महासंघ रूपन्देहीले बुटवलमा फागुन २६ र २७ गते बिजनेस कस्टमर समिट २०२५ आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर क्यानले यसबारे जानकारी दिएको हो । क्यान रूपन्देही अध्यक्ष जीवन अधिकारी ब्रान्ड लक्षित कार्यक्रमलाई यो प्रदशर्नीमा ध्यान दिइएको बताए । आइटिको चासो राख्नेलाई जतिसक्दो सहभागी गराउने लक्ष्य रहेको तर यसमा आर्थिक कारोबारको कुनै लक्ष्य नरहेको उनले बताए । ‘प्रदर्शनी भन्ने, आफ्नो सामानको जानकारी दिन टिकट लिने विषय उचित नभएकोले यसलाई निःशुुल्क प्रवेशको व्यवस्थापन गरिएको छ, लक्षित समूहलाई यसमा सहभागी गराउने मुख्य लक्ष्य हो’ उनले भने ।
समिट संयोजक तथा वरिष्ठ उपाध्यक्ष विरबहादुर क्षेत्रीले बिगतमा क्यान इन्फोटेक गर्दै आएकोमा अहिले नयाँखालको कार्यक्रम ल्याएको बताए । अवलोकनकर्तालाई निःशुल्क प्रवेश दिइने, विश्व बजारका प्रविधिको विषयमा जानकारी दिने मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।
क्यान महासंघका केन्द्रीय सदस्य तथा रूपन्देहीका पूर्व अध्यक्ष नारायणप्रसाद श्रेष्ठले नयाँ प्रविधि के हो ? भन्ने विषयमा नयाँ कन्सेप्ट लिएर कार्यक्रम गर्न लागेकोले सबैलाई सहभागिताका लागि आग्रह गरे ।अवलोकनकर्तालाई निःशुल्क प्रवेश दिइने, विश्व बजारका प्रविधिको विषयमा जानकारी दिने मुख्य उदेश्य रहेको छ ।
इन्फोटेकको रूपान्तरण हो, आइटी पढ्ने, चासो राख्ने र यसको नीति बनाउनेलाई सहभागी गराउने मुख्य लक्ष्य रहेको क्यान लुम्बिनी प्रदेश अध्यक्ष नारायण खनालले बताए । उनले प्रदेशका सबै जिल्ला केन्द्रीकृत रहेर यस्ता कार्यक्रम ध्यान दिइएको जनाए ।
क्यान महासंघ रूपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईले कार्यक्रमको सन्चालन गर्दै आइटी सम्बन्धि अध्ययन गरेका विद्यार्थी र व्यवसयीहरूलाई लक्षित हुनेगरी बुटवलमा यो कार्यक्रम सुरु गरिएको र करिब ५ हजारले अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।