ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

लमही बसपार्कः सकस ट-यो, चिटिक्क कहिले ?

लमही नगर समितिले निर्माण गरेको नयाँ बसपार्कमा पार्किङ, शौचालय, बाथरूम, आराम कक्ष, टिकट काउण्टर, चमेना गृह लगायतका सुविधा छन् । साना तथा छोटो दूरीका गाडीका लागि छुट्टै बसपार्क निर्माण भएपनि एक वर्षअघि मात्र लामो दूरीका बसपार्क सञ्चालनमा आएको हो ।
२१ फाल्गुन २०८१, बुधबार
२१ फाल्गुन २०८१, बुधबार

लमही, २१ फागुन ।
जिल्लाको राजमार्गमा रहेको लमही बसपार्क आकर्षक रूपमा विकसित हुँदै गएको छ । केही वर्ष अघिसम्म बसपार्कको अभावका कारण बजारसँगै राजमार्गको उत्तरी छेउमा नै गाडी पार्किङ गर्नुपर्ने अवस्था थियो । जसले दुर्घटनाको जोखिम बढाउनुका साथै यात्रुहरूलाई असहज बनाएको थियो । तर अहिले, लमही नगर विकास समितिले व्यवस्थित बसपार्क निर्माण गरेपछि स्थानीयवासी र यात्रुहरूले सहज यात्राको अनुभव गर्न पाएका छन् । यो लुम्बिनी प्रदेशको राजधानी देउखुरी नजिकको बसपार्क समेत हो ।

लमहीमा व्यवस्थित बसपार्क नहुँदा लामो तथा छोटो दूरीका सवारीसाधन राजमार्गमै पार्किङ गर्नुपर्ने बाध्यता थियो । स्थानीयवासी श्याम कुंवर भन्छन्, “पहिले बसपार्क नहुँदा सिधै राजमार्गमै गाडी राख्नुपर्ने अवस्था थियो । जहिल्यै ठूलो दुर्घटना होला कि भन्ने चिन्ता मात्र थियो । अहिले भने लमहीबासीले गर्व गर्ने खालको बसपार्क बनेको छ ।”पाँच वर्षअघि साना तथा छोटो दूरीका गाडीका लागि छुट्टै बसपार्क निर्माण भए पनि लामो दूरीका बसका लागि पार्किङको व्यवस्था थिएन । करिब एक वर्षअघि मात्र लामो दूरीका बसपार्क सञ्चालनमा आएपछि नेपालगन्ज, काठमाडौं, पोखरा, धनगढी, महेन्द्रनगर जस्ता गन्तव्यका यात्रुहरूलाई सहज भएको छ ।लमही–घोराही छोटो रुटमा दस वर्षदेखि गाडी चलाउँदै आएका रा २ ख ९५९६ नम्बर बसका चालक तथा गाडीधनी अमर वली भन्छन्, “बसपार्क निर्माण भएपछि निक्कै सहज भएको छ । पहिला पार्किङका लागि खाली जग्गा खोज्नुपर्ने बाध्यता थियो, तर अहिले बसपार्कमा व्यवस्थित रूपमा बस राख्न पाइन्छ ।”

जोगराज चौधरी
नगरप्रमुख, लमही नगरपालिका, दाङ

बसपार्कमा यस्ता छन् सुविधा:
लमही नगर समितिले निर्माण गरेको नयाँ बसपार्कमा पार्किङ, शौचालय, बाथरूम, आराम कक्ष, टिकट काउण्टर, चमेना गृह लगायतका सुविधा छन् । बसपार्कको व्यवस्थापन समितिले टेन्डरमार्फत ठेकेदारलाई दिइएको छ, जसले दैनिक सञ्चालन तथा सुरक्षा व्यवस्थापनको जिम्मेवारी लिएको छ ।लमही नगर विकास समितिका ओभरसियर अर्यालका अनुसार, “सानो बसपार्कमा ५०–६० वटा गाडी अट्ने क्षमता छ भने लामो दूरीका बसपार्कमा २ सय बस पार्किङ गर्न सकिन्छ ।”
त्रिदेश्वरी यातायात प्रालिका सचिव ऋषिराज रावत भन्छन्, “बसपार्क नहुँदा सडकमै पार्किङ गर्नुपथ्र्यो । अहिले बसपार्क बनेपछि गाडी व्यवस्थापन सहज भएको छ । तर यात्रुहरूका लागि अझै आराम कक्षको अभाव छ ।”यात्रुहरू पनि नयाँ बसपार्कबाट लाभान्वित भएका छन् । नेपालगन्ज जाँदै गरेकी सम्झना भन्छिन्, “पहिले यात्रा गर्दा राजमार्गमै बस कुर्नुपथ्र्यो । अहिले बसपार्क बनेपछि सुरक्षित रूपमा बस चढ्न सकिन्छ । बस कुर्दा आराम गर्न सकिन्छ, चिया–खाजा पनि पाइन्छ ।”

अझै छन् व्यवस्थापनका चुनौती:
लमही नगरपालिकाको बस्ती विकास योजनामा बसपार्क समेटिए पनि फोहोर व्यवस्थापनका लागि जग्गाको अभाव रहेको छ । नगर प्रमुख चौधरीका अनुसार, ‘नगरपालिकाको स्वामित्वमा पर्याप्त जग्गा नहुँदा बजेट नै फिर्ता हुने समस्या छ । जग्गाको व्यवस्थापन भएपछि थप संरचना निर्माण गर्न सकिन्छ ।’स्थानीयबासीहरूले रातिको समयमा बसपार्कमा पर्याप्त उज्यालोको व्यवस्था नभएको र फोहोर व्यवस्थापन प्रभावकारी रूपमा हुन नसकेको गुनासो गरेका छन् ।

आधुनिक बसपार्कको परिकल्पना:
लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले बसपार्कलाई आधुनिक बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । सीसीटीभी क्यामेरा, यात्रु प्रतीक्षालय सुधार, फोहोर व्यवस्थापन प्रणाली, २४ सै घण्टा पानीको सुविधा, डिजिटल सूचना प्रणाली, व्यवस्थित टिकट काउण्टर, ई–टिकटिङ व्यवस्था जस्ता विषयलाई समेटेर बसपार्कलाई आधुनिक बनाउन योजना अघि बढाइने उनले बताएका छन् ।स्थानीय व्यवसायीहरूका अनुसार, बसपार्क व्यवस्थित भएपछि आर्थिक गतिविधि बढेको छ । होटल, रेस्टुरेन्ट तथा किराना पसलहरू सञ्चालनमा आएपछि व्यापार फस्टाएको छ ।लमही बसपार्कको व्यवस्थापनमा अझै केही चुनौती बाँकी भए पनि यो क्षेत्रका नागरिक तथा यात्रुहरूका लागि सुरक्षित र सुविधा सम्पन्न बन्दै गएको छ । यदि नगरपालिकाले प्रभावकारी योजनाहरू कार्यान्वयन गर्न सके, लमही बसपार्क लुम्बिनी प्रदेशकै उत्कृष्ट बसपार्क बन्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?