© २०२३
काठमाडौं ।
अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरूको लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा गर्ने निर्णय गरेका हुन्।
यस रकममा स्वास्थ्य बीमा बोर्डलाई ३ अर्ब रुपैयाँ, ज्येष्ठ नागरिकहरूको उपचारका लागि ६० करोड रुपैयाँ, र मुटु रोगका बिरामीलाई निशुल्क उपचारका लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ प्रदान गरिएको छ।