© 2026
बुटवल, १९ फागुन। विश्वमा नै होम डेकोरमा नाम कमाएको सेरा ब्राण्डको लुम्बिनी प्रदेशको डिलर फाईभ स्टार होम सोलुसन बुटवलमा औपचारिक शुभारम्भ गरिएको छ । उपभोक्तालाई गुणस्तरीय घर निर्माण सामग्री र सेवा प्रदान गर्ने उदेश्यका साथ पाच जना युवाहरुको लगानीमा सोलुसन खोलिएको हो ।
एक कार्यक्रमका बिच सेरा कम्पनीका सिनियर जनरल म्यानेजर दिलिप कुमार जदेवजी ठक्करले शोरुमको औपचारिक शुभारम्भ गरे । विश्वका ३० देशमा बजार रहेको शेरा नेपालमा केही ढिला गरि प्रवेश गरेको उनले बताए । विश्वभर ४ हजार कामदार रहेको उनले बताए । उनले शेरा स्टाईल ग्यालरी शुभारम्भ गरेर उत्कृष्ट शुरुवात भएको भन्दै आगामी दिनमा सहयोग गर्ने प्रतिवद्घता जनाए ।
कार्यक्रममा सोलुसनका अध्यक्ष गणेश प्रसाद भट्टराईले आम उपभोक्तालाई शेरा कम्पनीको उत्पादन सहज रुपमा उपलब्ध गराउन मध्यस्थताको रुपमा काम गर्दै आएको बताए । बिसं २०७४ सालमा विधिवत रुपमा दर्ता भएर अध्यक्ष गणेश प्रसाद भट्टराई, महेश पाण्डे, नेत्र प्रसाद पाण्डे, मनोज भण्डारी, बालकृष्ण अर्याल गरि पाच जना युवाहरुको लगानीमा शुभारम्भ गरिएको थियो । जहाँ सेराको सेन्सर बाल हङ टैक लेस सहितका अत्याधुनिक धारा तथा सेनिटरी सामग्री, वरियन्ट बेल ब्राण्डका टायल्स, ग्रेनाइटसहित घर निर्माणका सम्पुर्ण सामग्रीहरु उपलब्ध हुँदै आएको छ । यस क्षेत्रमा नै पहिलो र उत्कृष्ट शोरुम शुभारम्भ भएको आगामी दिनमा सहयोग र साथको जरुरी रहेको उनले बताए ।
कार्यक्रममा सोलुसनका म्यानेजिङ डाईरेक्टर नेत्र प्रसाद पाण्डेले करिब एक दशकदेखि सोलुसनबाट सेवा दिदै पछिसमय शेराको डिलर प्राप्त गरेको बताए । सोलुसनमा १० जना युवाहरुले रोजगार पाएका छन भने अप्रत्यक्ष रुपमा सयौ जना जोडिएको उनले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका वडा नं १० का कार्यवाहक अध्यक्ष रमेश अधिकारी, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका टिकाराम बन्जाडे, कालिका टोल विकास समितिका अध्यक्ष चन्द्र कला बुढाथोकीले आर्थिक मन्दीको वर्तमान समस्यामा समेत ब्यवसायमा लगानी गरि आर्थिक चलायमान गराउने काम गरेको बताए । कार्यक्रममा कम्पनीका सेल्स म्यानेजर दिपक राज अधिकारीले कम्पनीबाट सधै भरि साथ सहयोग गर्दै जाने प्रतिवद्घता जनाए ।