Butwal Today

इटालियन गोलकिपर बुफोनसँग प्रधानमन्त्री ओलीको चियानास्ता

१९ फाल्गुन २०८१, सोमबार
अ+
अ-

काठमाडौं, १९ फागुन ।

इटालियन गोलकिपर जियान लुइगी बुफोनले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन्। केपी ओली कप फुटबल प्रतियोगितामा सहभागी हुन आइतबार नेपाल आइपुगेका बुफोनले सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको निजी निवासमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्। सो अवसरमा इटाली र नेपालको सम्बन्धका साथै फुटबल खेलबारे विचार विमर्श भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

‘नेपाल आउनु भएका जियान लुइजी बुफोनसँग आज बिहान सँगै चियानास्ता गर्ने अवसर मिल्यो। उहाँको नेपाल बसाइ सुखद् रहोस्,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।

राष्ट्रिय युवा संघले आयोजना गरेको केपी ओली कपको आज फाइनल खेल हुँदैछ। बुफोन सोही कार्यक्रममा सहभागी हुनेछन्। फाइनलमा मच्छिन्द्र र नेपाल आर्मी बीच उपाधि भिडन्त हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?