© २०२३
काठमाडौँ, १९ फागुन ।
फायरफ्लाइ एयरोस्पेसको चन्द्र अभियान ब्लू घोस्ट सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गर्न सफल भएको छ। यो अवतरण चन्द्रमाको मारे क्रिसियम क्षेत्रमा भएको हो।
ब्लू घोस्ट मिसन जनवरी १५, २०२५ मा स्पेसएक्सको रकेट फाल्कन ९ द्वारा प्रक्षेपित गरिएको थियो। पृथ्वीको परिक्रमा गर्दै लगभग एक महिना बिताएको यो अन्तरिक्ष यान मार्च २, २०२५ मा चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गर्यो।
फायरफ्लाइ एयरोस्पेसले एक विज्ञप्ति जारी गर्दै अवतरणको सफलता जनाएको छ। यस मिसनसँगै, फायरफ्लाइ एयरोस्पेस चन्द्रमामा अन्तरिक्ष यान अवतरण गर्ने पहिलो निजी कम्पनी बनेको छ। यसले चन्द्रमाको अन्वेषणमा ठूलो कदम पुर्याएको छ।
फायरफ्लाइ एयरोस्पेसले यस अभियानलाई नासाको सहयोगमा सम्पन्न गरेको हो। नासाले आफ्नो कमर्सियल लुनार पेलोड सर्भिसेज कार्यक्रमअन्तर्गत ब्लू घोस्टसँग १० वटा पेलोड पठाउँदै छ। यस मिसनको मुख्य उद्देश्य चन्द्रमाको वायुमण्डल र ताप प्रवाहको बारेमा महत्त्वपूर्ण जानकारी सङ्कलन गर्नु हो। यसले वैज्ञानिकलाई चन्द्रमामा तापको उत्पत्ति र यसको प्रवाहको अध्ययन गर्न मद्दत गर्नेछ।
ब्लू घोस्ट मिसन लगभग १४ दिनसम्म चल्नेछ, जुन चन्द्रमामा एक दिनको बराबर हो। यस सफल मिसनले चन्द्रमामा मानव पहुँच बढाउने प्रयासलाई थप प्रोत्साहन दिनेछ।