ट्रेंडिंग:

>> ताइवानको सिमा नजिक चीनले गर्यो युद्द अभ्यास >> मोबाइल बैंकिङ र वालेटमार्फत ५ सय रुपैयाँसम्मको रकम ट्रान्सफरमा शुल्क नलाग्ने >> राहत सामाग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ (फोटोफिचर) >> स्कलर्समा विद्यार्थी बिदाई तथा सम्मान >> नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमाः प्रधानमन्त्री ओली >> फुलबारी खानेपानीमा पदस्थापन >> प्रधानमन्त्रीको भ्रमणको क्रममा थाइल्याण्डमा आधा दर्जन सम्झौता सम्पन्न >> नेपालगञ्ज पुगे प्रचण्ड, तराइ मधेस अभियानमा पुनः सुरू हुदैँ >> लोरेन्स बिस्नोईको नाम लिएर फिरौती रकम माग्ने पक्राउ >> शंकरनगर वनबाटिकामा चुनावी माहौलः अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा >> संवैधानिक अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति विर्सन मिल्दैनः राष्ट्रपति >> अमेरिकाले इरानको परमाणु कार्यक्रममा बमबारी गरे रक्षामा रूस उभिने >> ओली र मोदी बीच शुक्रबार बैंककमा ‘साइडलाइन’ भेटवार्ता हुने >> हेटौँडाबाट मिनी ट्रकसहित १५ गाई र ३ जना नियन्त्रणमा >> नेपाल र थाइल्याण्डबीच दुईपक्षीय सम्झौता (फोटोफिचर) >> कुलमान र हितेन्द्रदेवकाे सुनवाइ जारी >> अल्लु अर्जुन पहिलो पटक अबकाे नयाँ फिल्ममा दोहोरो भुमिकामा देखिने >> अन्तरिक्षमा कहाँबाट आउँछन् अनौठो रेडियो सिग्नल, वैज्ञानिकले पत्ता लगाए रहस्य >> ऊर्जा मन्त्रालयको हटलाइनमा उजुरी दिनेको सङ्ख्या उल्लेख्य >> युएईका मुस्लिम गोरो देखिन लगाइरहेका छन् खोप, जसकाे ब्यापार नै २२.९ मिलियन >> मानव किन स्वार्थी र घमण्डी बन्दै छ ?  >> बन्द उद्योग पुनः सञ्चालन गर्ने प्रदेश सरकारको तयार छः मन्त्री न्यौपाने >> उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै >> असल अभिभावकको दायित्व र जिम्मेवारी >> प्रदुषित सहरको सूचीमा कहिलेसम्म ? >> ‘देव,दह’ को विकास जोड्दै धार्मिक महोत्सव >> वन डढेर सकिदै गर्दा प्रदेश सरकार बैठकमा व्यस्त >> खानेपानीको आयोजनाः सरकारले करोडौं दियो, समुदायबाट जुटेन >> प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै >> पहिलोपटक सहकारी कन्क्लेभ, आर्थिक उन्नतिको सशक्त माध्यम सहकारी >> चोरीको सुन खरिद गर्ने व्यवसायी र चोरीमा संलग्न तीन जना पक्राउ >> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

सामुदायिक वनमा करको विरोध

लुम्बिनी सामुदायिक वन उपभोक्ता महासंघद्वारा लुम्बिनी प्रदेश मुलगेटमा धर्ना र प्रदर्शन
१८ फाल्गुन २०८१, आईतवार
१८ फाल्गुन २०८१, आईतवार

लमाही , १८ फागुन ।

लुम्बिनी प्रदेश सरकारले सामुदायिक वनबाट विक्री वितरण हुने काठमा कर लगाउने निर्णय गरेपछि सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश आन्दोलित भएको छ।

सरकारले आन्तरिक खपतमा १० प्रतिशत र बाह्य खपतमा २५ प्रतिशत कर लगाउने प्रावधान ल्याएपछि महासंघ विरोधमा उत्रिएको हो। चालु आर्थिक वर्षमा पनि लुम्बिनी प्रदेश सरकारले सामुदायिक वन उपभोक्ता समूहले आफ्ना सदस्यलाई विक्री वितरण गर्दा प्राप्त हुने आम्दानीमध्ये २५ प्रतिशत वन पैदावार शुल्क प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्ने व्यवस्था ल्याएको थियो।

यसविरुद्ध महासंघ अदालत गएको थियो, जसका कारण अन्तरिम आदेश जारी भई प्रावधान लागू हुन सकेन। तर, प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि पुनः सोही कर प्रणाली ल्याएपछि सामुदायिक वन उपभोक्ताहरू सडकमा उत्रिएका छन्।

मूलगेटमा धर्ना, प्रदर्शन र आन्दोलनको चेतावनी

आइतबार लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र मूलगेटमा सामुदायिक वन उपभोक्ता महासंघले धर्ना, प्रदर्शन र कोणसभा आयोजना गर्यो।

कार्यक्रममा सम्बोधन गर्ने वक्ताहरूले सामुदायिक वनमा लगाइएको कर नहटाए आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिएका छन्। आजबाट सांकेतिक रूपमा सुरु भएको आन्दोलन भोलिदेखि थप सशक्त हुने र माग पूरा नभए प्रशासनिक भवनको पर्खाल भत्काउने तथा मन्त्रालयका फाइल च्यात्नेसम्मको संघर्ष गर्ने चेतावनी दिएका छन्।

वन ऐन र आर्थिक ऐनबीचको द्वन्द्व

२०७८ सालमा जारी वन ऐनमा समूहका सदस्यलाई सालजन्य काठ विक्री वितरण गर्दा सरकारलाई कुनै राजस्व तिर्नुपर्ने प्रावधान छैन।

तर, समूहबाहिर काठ विक्री गर्दा २५ प्रतिशत कर बुझाउनुपर्ने व्यवस्था ऐनमा उल्लेख गरिएको छ।

यसै आधारमा सामुदायिक वन उपभोक्ता महासंघले लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक ऐन २०८१/८२ को धारा १३ खारेज गर्नुपर्ने माग गरेको छ।

लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक ऐनमा साल प्रजातिको काठ उपभोक्ता समूहले आफ्ना सदस्यलाई विक्री गर्दा १० प्रतिशत र बाह्य विक्री गर्दा २५ प्रतिशत सेवा शुल्क संकलन गर्नुपर्ने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?