ट्रेंडिंग:

>> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे

बुटवलमा जलन अस्पताल कहिले ?

१८ फाल्गुन २०८१, आइतबार
१८ फाल्गुन २०८१, आइतबार

बुटवलमा विरामीका लागि सरकारी तथा नीजिस्तरमा सुविधा सम्पन्न अस्पतालमार्फत सेवा उपलब्ध भैसकेको छ । हरेक प्रकारका विरामीको परिक्षण तथा स्वास्थ्य उपचार सेवाको उपलब्धता भैरहँदा बुटवलमै जलन अस्पतालको अभाव छ । केही महिनाअघि स्वास्थ्य मन्त्री प्रदिप पौडेलले देशका सातै प्रदेशमा जलन अस्पताल बनाउने सरकारको प्रतिवद्धता दोहो¥याउनु भएको थियो । त्यो प्रतिवद्धता केवल देखावटी वा सस्तो लोकप्रियतामात्रै नबनोस् । बुटवल आएपछि विरामी अन्यत्र जानुपर्दैन भन्ने बुटवलमा उपलब्ध स्वास्थ्य सेवाले प्रमाणित गरिरहेको सन्दर्भमा अव गंभीर प्रकृतिका जलन भएका विरामीको सेवा पनि बुटवलमा भयो भने त्यो लुम्बिनी प्रदेशवासीका लागि अर्को गौरवको कुरा हुनेछ । स्वास्थ्य मन्त्रीले सरकारले जलन अस्पताल स्थापना गरेको अवस्थामा बुटवलमा नै अस्पताल वन्ने बताईसक्नुभएको छ । किनभने बुटवलमा हरेक प्रकारका परिक्षणको सुविधा रहेको छ । त्यो हिसावले बुटवल जलन अस्पतालको लागि उपयुक्त छ । लुम्बिनी प्रदेशकै सवैभन्दा पुरानो इतिहास बोकेको लुम्बिनी प्रादेशिक अस्पताल १२ सय शैयामा विस्तार हुँदैछ । अत्याधुनिक सेवा सुविधा सम्पन्न यो अस्पताललाई पनि जलन अस्पतालको एक युनिटका रूपमा विकास गर्नपनि सकिन्छ । लुम्बिनी प्रादेशिक अस्पताल विपन्नदेखि सम्भ्रान्त विरामीको लागि आस्थाको धरोहर बनेको छ । निश्चितरूपमा त्यति ठूलो अस्पताल वन्नु भनेको बुटवल स्वास्थ्य क्षेत्रमा देशकै पहिलो सुविधायुक्त शहरको रूपमा स्थापित हुनु हो । यो बुटवलको गौरव पनि हो । लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण सम्पन्न भएर संचालनमा आउँदा बुटवलको चहलपहल यही अस्पतालले बढाउनेछ । निश्चितरूपमा बुटवलको समग्र विकासमा यो अस्पताल कोशेढुंगा सावित हुँदैछ, त्यसमाथि जलन अस्पतालको सेवा र सुविधा थपिँदा बुटवल स्वास्थ्य पूर्वाधारका हिसावले सुविधा सम्पन्न हुने विश्वास गरिएको छ ।

बुटवलमा जलन अस्पतालको आवश्यकता पहिल्यैदेखि खटकिएको हो । गंभीर प्रकृतिका जलनका विरामीको उपचार सुविधा बुटवलमा नहुँदा विरामीलाई अहिलेपनि काठमाण्डौं नै जानुपर्ने बाध्यता छ । जलन अस्पताल स्थापना हुँदा लुम्बिनी प्रदेशका मात्रै होइन, गण्डकी र कर्णाली प्रदेशका विरामीले समेत सुविधा पाउन सक्छन् । तसर्थ यो अत्यन्त आवश्यकताको बिषय हो । एक महिनाअघि काठमाडौंको कमलपोखरीस्थित सानदार मःमः पसलमा भएको ग्यास विस्फोटको घटना यहाँपनि हुने हो भने घाईतेले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था आउन सक्छ । आर्थिक हैसियत भएकाहरू काठमाण्डौं र भारतसम्म पुग्लान तर विपन्न बर्गले उपचारको अभावमा ज्यान गुमाउनु पर्ने अवस्था आउन सक्छ । तसर्थ जलन अस्पताल अहिलेको आवश्यकतामात्रै होइन, अत्यन्त जरुरीको विषय पनि हो । यद्यपि जलनको उपचार अत्यन्त महंगो छ । जलन अस्पतालको सुविधाले धेरै जलन विरामीका लागि भरोसाको आधार बन्नेछ । काठमाण्डौं कमलपोखरी ग्याँस दुर्घटनामा परेका घाईतेहरू अझैपनि अस्पतालको शैयामा छटपटाइरहेका छन्, कोहीले ज्यान गुमाइसके । काठमाण्डौंमा पनि जलनको उपचारमा आधुनिक सुविधा छैन् । विपन्न मजदुरको उपचारमा राज्यको कुनै चासो छैन् । उनीहरूलाई थप उपचारका लागि भारत लैजानुपर्ने आवश्यकता छ तर सरकारले गरिवको पीडा सुनेको छैन् । जेहोस स्वास्थ्य मन्त्री प्रदिप पौडेलले सातै प्रदेशमा जलन अस्पताल खोल्ने जुन उद्घोष गरेका छन, अत्यन्त सराहनीय काम हो । अव स्वास्थ्य मन्त्रीको प्रतिवद्धता कार्यान्वयनमा आउनुपर्दछ । यति ठूलो अभियानमा स्वास्थ्य मन्त्रीमात्रै होइन प्रधानमन्त्री र मन्त्रिपरिषदका सवै सदस्यहरूको ऐक्यबद्धता प्रकट हुनु जरुरी छ । हरेक बर्ष दूरदराजका नागरिक जलन अस्पतालको सुविधा नहुँदा मृत्युबरण गर्न बाध्य हुनुपर्ने अवस्थाका बीच जलन अस्पताल अहिलेको सवैभन्दा ठूलो आवश्यकता हो । क्यान्सर, मृगौला र मुटु रोगका विरामीको उपचार देशका विभिन्न स्थानमा उपलब्ध छ तर जलनको छुटै अस्पतालबाट उपचार सुविधा नरहेकोले सरकारले यो विषयमा निर्णय गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?