ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

मल कारखाना आश्वासनमै सीमित

१५ फाल्गुन २०८१, बिहीबार
१५ फाल्गुन २०८१, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी एकपटक मल कारखाना खोल्ने काममा बिलम्ब नगर्न कृषि मन्त्रालयलाई निर्देशन दिएका छन् । यसअघि पनि प्रधानमन्त्रीको कुर्सीमै रहँदा ओलीले यस्तै निर्देशन दिएका थिए तर त्यो निर्देशन पालना भएन । प्रधानमन्त्रीबाट यसपटक पुनः अर्को निर्देशन आएको छ । विगतका निर्देशन सुन्दा यस पटकको निर्देशन पनि केवल निर्देशनमै सीमित हुने हो कि भन्ने आशंका छ । किनभने प्रधानमन्त्रीदेखि मन्त्री र प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीसम्म सवैले मल कारखाना खोल्ने प्रतिवद्धता, आश्वासन र निर्देशन थुप्रैपटक दिएर औपचारिकता पूरा गर्दै आएका छन् । यसपटक पनि यो निर्देशनकै अर्को निरन्तरता हो । यो निर्देशनको विश्वास गरिहाल्ने अवस्था छैन् । त्यसो त प्रधानमन्त्री र मन्त्रीहरूले मात्रै होइन, दलहरूको घोषणापत्रमा पनि प्राथमिकताका साथ यो बिषय पर्ने गरेको छ । जब चुनाव सकिन्छ दलहरूको प्रतिवद्धताबाट यो बिषय बिस्मित हुन्छ । धेरै भयो नेपाल सरकारले मुलुकमै रासायनिक मल कारखाना स्थापनाका लागि गृहकार्य थालेको । बर्षौदेखिको यो प्रयासले सार्थकता पाउने अवस्था कहिले आउने हो ? सायद प्रधानमन्त्री र मन्त्रीहरूसंग पनि यसको उत्तर छैन् । विडम्वना सवै राजनैतिक दलको प्रमुख घोषणापत्रमा प्राथमिकतामा पर्दै आएको यो बिषय ओझेलमा पर्दै आएको छ । जब नीति तथा कार्यक्रम बनाउने बेला हुन्छ, अनि नेताहरूले सम्झिन्छन मल कारखाना स्थापना गर्ने बिषय । त्यसपछि नीति तथा कार्यक्रममा समेटिन्छ । नेताहरूका लागि भाषण गर्ने थलो बन्छ । चुनाव सकिएपछि बिस्मृतिमा पर्छ यो विषय । नेपाल कृषि प्रधान मुलुक हो तर हरेक बर्ष किसानले मलको अभावमा उत्पादन कटौतीमा चित्त बुझाउनु परिरहेको छ । समयमै मलको सहज आपूर्ति नहुँदा धेरै किसानले गरेको मेहनत खेर जाने गरेको छ । अव फेरी किसानहरूले बर्षे खेतीको तयारी गर्ने बेला भैसकेको छ । हरेक बर्ष जस्तै गत वर्ष पनि किसानले मलको अभाव सामना गर्नुपरेको हो । तर, मल कारखाना स्थापना गर्ने कुरा उही घोषणापत्रमा सीमित बन्दै आएको छ । संघीय सरकार र लुम्विनी प्रदेश सरकारले धेरैपटक नीति तथा कार्यक्रममा उल्लेख गरिएको यो बिषय अघि बढाउने आँट कुनैपनि सरकारले गरेनन् । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले एकतिहाई योगदान पु¥याएको छ । मुलुकको झन्डै दुईतिहाइ श्रमशक्ति पनि कृषिमै निर्भर छन् । यसैले नेपाली अर्थतन्त्रको आधार भनेकै कृषि हो । तर, नेपाल अझैपनि परम्परागत कृषिमै निर्भर छ र यसको वैज्ञानिकीकरण अहिलेसम्म नारामा मात्र सीमित रहेको कटु यथार्थ हो । कृषिलाई आधुनिकीकरण वा वैज्ञानिकीकरण गर्न राज्यको प्रबद्र्धनात्मक नीतिसँगै यस क्षेत्रतर्फ लगानी पनि उत्तिकै जरुरी छ ।
सरकारले मल खरिद गर्न यो बर्ष पनि आधा अर्ब बढी रकम विनियोजन गर्दैछ । त्यति हुँदा पनि किसानलाई मल नपुग्दा हाहाकारको अवस्था उत्पन्न हुने गरेको छ । एकातिर समयमा मल नपाउने अर्कोतिर देशको अर्बौ रकम बाहिरिने अवस्था छ । त्यसकारण पनि मल कारखाना नेपालका लागि अपरिहार्य छ । तर, पञ्चायतकालदेखि सरकारको प्राथमिकतामा पर्दै र नेताहरूको नजरमा पर्दै आएको यो बिषयले किन किनारा पहिल्याउन सकेन ? चिन्ता स्वाभाविक छ । देशलाई खाद्यान्नमा आत्मनिर्भर वनाउने हो भने पहिलो सर्त सिंचाई हो भने दोश्रो सर्त उत्पादनका लागि आवश्यक वीउपल र मल नै हो । समयमा मल नआउँदा उत्पादनमा भारी कटौती हुने गरेको छ भने खेती गरिसकेपछि मात्र मल आउने जुन बाध्यता छ, त्यसको अन्त्य गर्नैपर्दछ । अव मल कारखाना स्थापनाका लागि धेरै पहिलेदेखि भन्दै आएको प्रतिवद्धता व्यवहारमै देखियोस् । सरकारले त्यसका लागि छिटो काम अघि बढाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?