ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

पञ्चेबाजा सीपले हौसिएका आमाहरू

१५ फाल्गुन २०८१, बिहीबार
१५ फाल्गुन २०८१, बिहीबार

बुटवल, १५ माघ ।

बुटवल उपमहानगरपालिका वडा नं. ११, बुद्धनगरकी एमी बगाले सानैबाट नाच्ने गर्छिन्। गाउँघरमा बिहे पूजाआजामा पञ्चेबाजाको धुन बजेपछि उनी नाच्ने गरेको बताउँछिन्। नाच्न मात्र होइन, उनलाई सानैबाट बाजा बजाउन धोको थियो। पञ्चेबाजा बजाउने उनको यो धोको भने अहिले आएर पुरा भएको छ। बुटवल उपमहानगरपालिकाले महिलाहरूलाई स्वरोजगारसँगै संस्कृति जर्गेना गर्ने उद्देश्यका साथ १५ दिने पञ्चेबाजा बाजा बजाउने तालिममा उनी सहभागी भइन्। समूहमा बसेर बाजा बजाउन सिक्दा धेरै रमाइलो भएको उनी बताउँछिन्।

तालिममा कर्नाल बजाउन सिकेकी ६८ वर्षीया निर्मला कुवर अहिले दंग छिन्। सहभागीमध्ये बढी उमेरकी उनी निक्कै राम्रो बाजा बजाउँछिन्। उनी आफनो सिकाइबाट स्याबासी पाउँदा धेरै खुशी छिन्। ‘मलाई ऊर्जा मिलेको छ।’ – उनले भनिन्। बुढेसकालमा बाजा बजाउने सिप सिकेर यसैबाट आयआर्जनमा जोड्ने गरी उपलब्धिमूलक काम भएको उनले बताइन्। १५ दिनमा नगरा, मंगल धुन, नाच्ने धुन लगायत बजाउन सिकेको उनले बताइन्। ‘शुरुमा ताल मिलाउन धेरै कठिन भयो,’– उनले भनिन्। अहिले भने व्यवसायीक बन्ने अठोटका साथ समूह लागेको छ।

प्रशिक्षार्थी ईश्वरा पन्त बश्यालले आमा समूहलाई आयआर्जनमा जोड्ने गरी इतिहास रच्ने काम पालिकाबाट भएको बताइन्। सीपसँगै व्यवसायिक रूपमा अघि बढ्न बाजा सेट नै पाउँदा धेरै खुशी भएको उनले बताइन्। ‘ऊर्जा थप्ने काम भएको छ,’– उनले भनिन्। आगामी दिनमा थप रचनात्मक तालिमहरूको व्यवस्था गर्न समेत आग्रह गरिन्। तालिम केवल बाजा बजाउन सिक्नेमात्र नभई एउटा समाजमा सबै जातजाती र समुदायमा मिलेर बस्ने र व्यवहार गर्ने व्यवहारिक ज्ञान पाएको उनले बताइन्। मौलिक लोक संस्कृति जगेर्ना तथा संस्कृति संरक्षणसँगै बुटवलका गृहिणी महिलाहरूलाई आयआर्जनसँग जोड्ने गरी बुटवल उपमहानगरपालिकाले आफनो स्थापना दिवसको दिनदेखि १५ दिने पञ्चेबाजा बजाउने तालिम दिइएको हो। तालिममा ३० देखि ६५ वर्ष उमेर समूहका महिलाहरू सहनाई, कर्नाल, ढोलकी, ट्याम्को, दमाहा, झ्याली बजाउन सिकेका छन्।

नगरका विभिन्न वडामा रहेका आमा समूहमा आवद्ध ६५ जना महिलाहरूलाई ५ समूह बनाई मुख्य प्रशिक्षक सुरेश सेन्चुरी र प्रशिक्षक अनिल पहारीले तालिम दिएको सामाजिक विकास महाशाखा प्रमुख तथा संयोजक दामोदर ज्ञवालीले बताए। पालिकाबाट गरिएको नयाँ योजना सफल रहेको उनले बताए। समुदायलाई समेटेर प्रभावकारी भएको हुदा आगामी दिन थप ५ वटा आमा समूहलाई तालिम दिने तयारी भएको उनले बताए।

यसैबीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख साबित्रा देवी अर्यालले पाँच वटै समूहलाई मंगलबार नौमति बाजा सेट हस्तान्तरण गरेका छन्।

महिला समूहको माग र चाहना अनुसार चलाइएको यो तालिम प्रभावकारी भएको नगरप्रमुख खेलराज पाण्डेयको दाबी छ। ‘समाज परिवर्तनको अभियानका रूपमा तालिम सफल रहेको छ।’ – उनले भने। घरायसी काममा समय बिताउने गृहिणी महिलाहरू अब आम्दानीमा जोडिने सुनिश्चित भएको उनले बताए। तालिमलाई अवसरका रूपमा लिएर महिला समूह लागेको उनले बताए। महिला स्वावलम्बनका रूपमा तालिम उपलब्धिमूलक भएको उनले बताए। केवल एउटा जाति विशेष नभई सबै जातिका लागि बाजामा सहभागी गराएर लोकसंस्कृति जगेर्ना गर्ने गरी कार्यक्रम गरिएको बताए।

महिलाहरूलाई सीप सिकाएर व्यवसायिक रूपमा आयआर्जन गर्न सक्ने बनाउन तालिम दिइएको उपमेयर साबित्रा देवी अर्यालले बताइन्। महिलाहरूलाई आर्थिक रूपमा सबल र सक्षम बनाउन पहिले सीप जरुरी हुने भन्दै सिकेको कुरा व्यवहारमा लागू गर्न सके आफूहरू सफल हुने बताइन्। सिक्न र पढ्न उमेर बाधा हुँदैन भन्ने उदाहरण दिन आमा समूहका सहभागीहरू सफल भएको भन्दै निरन्तर आत्मनिर्भर बन्न यसले बल पुग्ने उनले दाबी गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?