ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

रुस युक्रेन युद्ध दुई बर्ष अति भयो, युद्ध अन्त्यको घोषणा गर

१४ फाल्गुन २०८१, बुधबार
१४ फाल्गुन २०८१, बुधबार

रुस र युक्रेन तथा इजरायल र हमासबीच भैरहेको युद्धले सिर्जना गरेको बाछिटा प्रत्यक्ष अप्रत्यक्ष रूपमा नेपालमाथि पर्दै आएको छ । रुस युक्रेन युद्धको मोर्चामा नेपालीहरूपनि भर्ना भएर नेपालले ठूलो मानवीय क्षति बेहोरेको छ । रुस र युक्रेन तथा इजरायलमा रहेका करिब पाँच सय नेपाली सैनिकको विषयलाई लिएर अहिलेपनि चिन्ता उत्पन्न भैरहेको छ । उता हमास इजरायल द्वन्द्वका क्रममा हमासले बेपत्ता बनाएका विपिनको बिषय भने अझै रहस्यकै गर्भमा छ । इजरायल र हमासवीच युद्धविराम पछि बन्दी रिहाईको काम भैरहेको छ तर नेपाली युवा विपीन जोशीको रिहाई अझै सुनिश्चित भैसकेको छैन । पछिल्लोसमय युक्रेनमा फसेका नेपालीहरू सुरक्षित अवतरण भैरहँदा विदेशका अन्य स्थानमा बसेका नेपालीको सुरक्षाको चिन्ता थपिएको छ । कोही पनि नेपाली नागरिक विदेशमा अनाहकमा मृत्युको मुखमा पर्ने अवस्था नआओस् भन्नेतर्फ सरकारको ध्यान जाओस् । पछिल्लोसमय रुस र युक्रेन तथा इजरायल तथा हमास युद्धका कारण भैरहेको नरसंहारबाट नेपालीहरू आफै पनि सतर्क हुनु जरुरी छ । यसबीच रुसले युक्रेनमाथि आक्रमण गरेको दुई बर्ष पूरा भएको छ । दुई देशबीच कायम तनाव युद्धमा परिणत भएपछि सारा विश्व अझैपनि युद्धले पु¥याएको असर र प्रभावबाट मुक्त हुन सकिरहेको छैन् । २०७९ फागुन १२ गते बिहानैदेखि रुसी सेनाले युक्रेनमाथि हमला थालेपछि सुरु भएको तनावले दुई बर्षको बीचमा विश्वलाई नै नराम्रोसंग प्रभावित वनाएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेमा रुसमाथि आर्थिक नाकाबन्दी लगाउने र युक्रेनलाई हतियार तथा सैनिक सहयोग गर्न आफू बाध्य हुने चेतावनी अमेरिकालगायत पश्चिमा मुलुकले रुसलाई दिएका थिए तर त्यो चेतावनीका बाबजुद रुसले युक्रेनमाथि आक्रमण ग¥यो । रुस युक्रेन युद्धका कारण हजारौं नागरिकको मृत्यु भएको छ । लाखौं मानिस प्रभावित भएका छन् । विशेषगरि विश्व आर्थिक क्षेत्रमा गंभीर असर परेको छ । युक्रेन कुनै बेला सोभियत संघकै हिस्सा थियो तर रुसको होइन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पूर्व सोभियत संघ फर्काउने सपना हो भने त्यो अब सम्भव छैन । त्यो ठूलो मूल्य चुकाउने हुनसक्छ । अहिले मिखाईलकै बाटोमा भ्लादिमिर पुटिन हिँड्ने प्रयास गरिरहेका छन् । यदि त्यो हो भने अव त्यो उनको दिवास्वपना बन्ने निश्चित छ । युद्ध उन्माद त्याग नगर्ने हो भने उनको पनि मिखाईलकैजस्तै पतन निश्चित छ ।
विगत २५ वर्षदेखि शासन सत्ता सम्हाल्दै आएका राष्ट्रपति भ्लादिमिर पुटिनले अब युद्ध अन्त्यको घोषणा गर्नुपर्दछ । युक्रेनमाथि रुसले नै पहिलो आक्रण गरेको थियो । तसर्थ रुसले नै यसको सुरुवात गर्नुपर्दछ । अस्थिर अर्थतन्त्रलाई स्थिर बनाउन सफल भएसँगै पुटिनको आत्मविश्वास बढ्दै गएको र विश्व जगतमा रुसले गुमाएको साखलाई ब्युताएर अमेरिकासँग पुनः टक्कर लिने रणनीतिका साथ पुटिन अग्रसर रहेपनि अमेरिकामा नयाँ राष्ट्रपतिको रूपमा ट्रम्प आईसकेपछि पुटिन अमेरिका सामु नतमस्तक भैसकेको अवस्था छ । यद्यपि रुस र युक्रेनबीचको वर्तमान सवाल युद्ध आक्रमण नभएर रुसको ‘सुरक्षा चिन्ता’ मात्र भएको पुटिनले बताउँदै आएका छन् । युक्रेनमाथि युद्ध गर्ने चाहनामा आफू नरहेको रुसले बताइरहे पनि युक्रेन र पश्चिमा मुलुक यसमा आश्वस्त छैनन् । आफूसँग टाढा र पश्चिमा मुलुकसँग नजिक बन्दै गएको युुक्रेनका कारण चिढिएको रुसले आफ्नो राष्ट्रिय सुरक्षाको सवाल सम्बोधन नभएको भन्दै युद्धमा होमिएको दावी गर्दै आएको छ । अव रुससंग युद्ध अन्त्यको विकल्प छैन् । रुसको युक्रेनमाथिको ज्यादतीको विरोधमा चीन र उसका सहयोगी राष्ट्र बाहेक सारा विश्व एकजुट भएका छन् । पछिल्लोपटक ट्रम्प रुसतिर नजिक भएको देखिएपनि त्यो कुटनीतिक चालबाजी मात्रै हो । तसर्थ रुस युक्रेन युद्ध अन्त्य गरेर मध्यपूर्वमा शान्तिको सन्देश फैलाउने कुरामा पुटिनले त्याग गर्नैपर्दछ । युक्रेनका राष्ट्रपति भेलोदेमोर जेलेन्सकीले युद्ध अन्त्यको चाहना ब्यक्त गरिरहेको सन्दर्भमा रुसले पनि युद्ध अन्त्यका लागि पहल गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?