Butwal Today

नेप्सेमा सामान्य वृद्धि

१२ फाल्गुन २०८१, सोमबार
अ+
अ-

काठमाडौँ ।

यो साता कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ५८ दशमलव ७५ को विन्दुमा कायम भएको हो।

आज तीन सय १० कम्पनीको दुई करोड ११ लाख १० हजार कित्ता शेयर एक लाख ३ हजार २६२ पटक खरिदबिक्री हुँदा रू ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार ७५८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा बैंकिङ १.२२, लगानी १.०९, उत्पादन तथा प्रशोधन ६९.८० र अन्य समूह ५८.१४ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ।

आज गार्डियन माइक्रो लाइफइन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ५९ करोड ३५ लाख ३८ हजार ९५ बराबरको कारोबार भएको छ।