© २०२३
बुटवल, ११ फागुन ।
गजल सागर नेपालको आयोजानमा शनिबार काव्य मञ्जर २ आयोजना गरिएको छ । कार्यक्रममा अग्रजदेखि अनुज गजलकारहरूले आ–आफ्नो रचना बाचन गरेका थिए ।न्यु होराईजन मावि कालिकानगरमा आयोजना गरिएको कार्यक्रमको संयोजक दिप मिलनले गरेका थिए । कार्यक्रमको सहजीकरण गजल सागर नेपालका सचिव तथा प्रगतिशील लेखक संघ रूपन्देहीका अध्यक्ष कृष्ण घिमिरेले गाउँलेले गरेका हुन । कार्यक्रममा रूपन्देहीको देवदह नगरपालिका स्थायी बासिन्दा तथा अग्रज साहित्यकार तथा स्रष्टा, शिक्षक निर्मल ढुंगाना र पोखराका अग्रज साहित्यकार आवाज शर्मालाई सम्मान गरिएको छ ।
विगत लामो समयदेखि साहित्यक्षेत्रमा क्रियाशिल स्रष्टाहरूलाई उनीहरूको साहित्यको योगदान प्रति उच्च सम्मान गर्दै प्राध्यापक डा. हिरणन्यलाल ज्ञवाली, कार्यक्रम संयोजक दिप मिलन सहितका अतिथिहरूलाई सम्मान गरेका हुन ।
कार्यक्रममा गजलकार गणेश खनाल, पुजा जिज्ञासु, रमेश सर्मथनले आ अपाm्नो रचना बाचन गरेका थिए । साहित्यकार तथा न्यु होराईजन माविका शिक्षक, होराईजन साहित्य समाजका अध्यक्ष हरिप्रसाद पौडेलले साहित्य अनुरागीहरूलाई स्वागत तथा सम्मान गरेका थिए । गजल ईन्द्रेणी प्रकाशन समुहको सह आयोजनामा भएको कार्यक्रमको मुख्य आयोजक गजलसागर नेपाल रूपन्देही रहेको थियो ।