ट्रेंडिंग:

>> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै
दोस्रो मेयर कप छात्र/छात्रा फुटबल प्रतियोगिता २०८१

छात्रतर्फ स्कलर्स र छात्रातर्फ कालिकालाई उपाधि

१० फाल्गुन २०८१, शनिबार
१० फाल्गुन २०८१, शनिबार

बुटवल, १० फागुन ।
बुटवलमा सम्पन्न दोस्रो मेयर कप छात्र/छात्रा फुटबल प्रतियोगिता २०८१ मा छात्रको उपाधि स्कलर्स होम बोर्डिङ स्कुलले चुमेको छ । शनिबार भएको फाईनलमा न्यू होराईजन माबिलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसंगै स्कलर्स होमले नगद एक लाख रुपैया, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता न्यु होराईजन भने नगद ६० हजार पुरस्कार, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझायो । स्कलर्सको यो दोस्रो ठुलो उपाधि हो । यसअघि भएको क्यानन कपमा समेत स्कलर्स विजयी भएको थियो ।

चारपाला खेलमैदानमा भएको निक्कै प्रतिस्पर्धात्मक खेलको शुरुवातमा स्कलर्सका सुसान्त थापा क्षेत्रीले गरेको एकमात्र गोल निर्णायक भयो ।
प्रतियोगितामा स्कलर्स होमका सुसान्त सर्वोत्कृष्ट खेलाडी घोषित भए । यसैगरि नबिन मस्र्यागी उत्कृष्ट गोलकिपर, क्याप्टेन सन्जु थापा उत्कृष्ट डिफेन्स, सुमित पुलामी उत्कृष्ट स्टाईकर, न्यू होराईजन होम बहादुर थापा उत्कृष्ट मिडफिल्डर, प्रतिक थापा हाई स्कोररबाट पुरस्कृत भए ।

छात्रातर्फ भने कालिका मानवज्ञान माविले फाईनलमा गार्गी एकेडेमीलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसंगै कालिका नगद ५० हजार रुपैया नगद, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत भयो भने उपविजेताले गार्मी भने नगद ३० हजार रुपैयासहित कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझायो । कालिकाको जितमा कृति पराजुलीले दुई तथा रोशनी सारु मगरले गोल गरे । पाचौ मिनेटमा रोशनीले गोल गर्दै टिमलाई खेलमा अग्रता दिलाईन तर १० औ मिनेटमा गार्गीकी अनुस्का पल्लीले बराबरी गोल फकाईन । दोस्रो हाफमा कृति र रोशनीले विजयी गोल गरे ।

प्रतियोगितामा कालिकाका सृजना कडायत सर्वोत्कृष्ट खेलाडी घोषित भए । यसैगरि मुस्कान चौधरी उत्कृष्ट गोलकिपर, प्रस्था खनाल उत्कृष्ट डिफेन्स, कालिकाकै कृति पराजुली हाई स्कोरर तथा गार्गीकी गृष्मा पाठक उत्कृष्ट मिडफिल्डर, नमिता भुषाल उत्कृष्ट स्टाईकरबाट पुरस्कृत भए ।
एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, बुटवल नगर खेलकुद विकास समिति अध्यक्ष बोनिन पिया, नगर खेलकुद विकास समितिका सदस्य सेरजंग गुरुङले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन । प्रतियोगितामा छात्रतर्फ २५ तथा छात्रातर्फ १० टिमले प्रतिस्प्रर्धा गरेका समितिका सदस्य सरोज सिंहले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?