ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

लुम्बिनी प्रदेश सरकारले पर्यटन नीति ल्याउँदै

९ फाल्गुन २०८१, शुक्रबार
९ फाल्गुन २०८१, शुक्रबार

बुटवल, ०९ फागुन ।
लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटनमैत्री नीति निर्माणको तयारीलाई तीव्रता दिएको छ । यसै सन्दर्भमा बिहीबार बुटवलमा पर्यटन नीति निर्माणसम्बन्धी अन्तरक्रिया गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री प्रचण्ड विक्रम न्यौपानेले पर्यटन नीतिलाई पर्यटनमुखी बनाउने, युवासँग रोजगारी जोड्ने र आर्थिक समृद्धि ल्याउने खालको नीतिको मस्यौदा तयार भइरहेको जानकारी दिए । उनले भने, “पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवाला निकायको सहकार्य अपरिहार्य छ । यस नीतिले प्रदेशभर पर्यटनको समृद्धिको ढोका खोल्नेछ।” मन्त्री न्यौपानेले लुम्बिनी प्रदेशलाई देशकै नमुना पर्यटकीय हब बनाउने लक्ष्यसहित १२ वटै जिल्लाबाट एक वा दुई ठूला परियोजना छनोट गरी प्राथमिकताका साथ अघि बढाइने बताए ।
मन्त्री न्यौपानेका अनुसार, पर्यटन नीति निर्माणका लागि विभिन्न जिल्लाबाट सुझाव संकलन भइरहेको छ। उनले भने, “पर्यटन नीतिलाई कसरी पर्यटनमुखी बनाउन सकिन्छ र कस्तो खालको नीति बन्यो भने प्रदेशको पर्यटन विकासमा फड्को मार्न सहज हुन्छ भन्ने उद्देश्यले सुझाव लिने काम भइरहेको छ ।” मन्त्री पदभार ग्रहण गर्दा पर्यटन नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका उनले अहिले लुम्बिनी प्रदेशलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन पर्यटन नीति निर्माणमा जुटेको बताए । मन्त्री न्यौपानेले भने, “लुम्बिनी प्रदेश सातै प्रदेशमध्ये देशकै उत्कृष्ट पर्यटन गन्तव्यका रूपमा परिचित छ, यसको प्रचारप्रसार गर्न आवश्यक छ ।”

पर्यटन नीति निर्माणका सहजकर्ता पूर्वसहसचिव तथा पर्यटन विज्ञ रमेशकुमार अधिकारीले लुम्बिनीमा पर्यटनको सम्भावना, आवश्यकता र चुनौती विषयमा कार्यपत्र प्रस्तुत गरे । अधिकारीले पर्यटन क्षेत्रको पहिचान र विकासका लागि सबै सरोकारवालाको समान सहभागिता सुनिश्चित गर्ने नीति निर्माणको तयारी भइरहेको जानकारी दिए । उनले भने, “पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवाला निकायको सहकार्य अपरिहार्य छ ।”लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. सुदन वलीले पर्यटन नीति निर्माणले आर्थिक गतिविधिमा वृद्धि गर्ने विश्वास व्यक्त गर्दै यस क्षेत्रमा व्यापक बहस आवश्यक रहेको बताए । उनले भने, “पर्यटन विकास भौगोलिक अवस्था अनुसारको र रोजगार सृजना गर्ने तथा आर्थिक समृद्धि गर्ने खालको हुनुपर्छ ।”कार्यक्रममा रुकुम पूर्वको सिस्ने हिमशृंखला, रूपन्देहीको मर्चवार क्षेत्र, शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, राष्ट्रिय निकुञ्ज (बाँके–बर्दिया), गुल्मीको रेसुङ्गा, प्युठानको स्वर्गद्वारी, पाल्पाको रानीमहल जस्ता प्रचलित एवं सम्भावित पर्यटकीय स्थलहरूको दीर्घकालीन विकासका सम्भावनाबारे छलफल भएको थियो ।

गुल्मी, रूपन्देही, पाल्पा, नवलपरासी, कपिलवस्तु जिल्ला समन्वय समितिका प्रमुख, जनप्रतिनिधि, उद्योगी–व्यवसायी, पत्रकार तथा पर्यटन व्यवसायीहरू सहभागी उक्त अन्तक्र्रियामा पर्यटन नीतिमा समावेश गर्न सकिने विषयहरू, पर्यटन प्रवद्र्धनका लागि आवश्यक कदमहरू र पर्यटनमैत्री नीति ल्याउन आवश्यक उपायहरूबारे सुझाव संकलन गरिएको थियो ।उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका मन्त्री प्रचण्ड विक्रम न्यौपानेको अध्यक्षतामा सम्पन्न अन्तक्र्रियामा प्रदेशका १२ वटै जिल्लाका प्रमुख पर्यटकीय स्थल, तिनको महत्व र प्रवद्र्धनका सम्भावनाबारे छलफलसँगै सुझाव संकलन गरिएको थियो ।यसरी, लुम्बिनी प्रदेश सरकार पर्यटन नीति निर्माणमा सक्रिय रूपमा जुटेको छ । विभिन्न जिल्लाबाट सुझाव संकलन गर्दै प्रदेशको पर्यटन क्षेत्रको दिगो विकासका लागि प्रयासरत छ। गाउँपालिका राष्ट्रिय महासंघ नेपालको सहकार्यमा लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको आयोजनामा बुटवलमा सम्पन्न यस अन्तरक्रियाले पर्यटन नीति ल्याउन महत्वपूर्ण योगदान पु¥याउने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?